न्युयोर्क । ह्याकिङ्ग गरेर साढे चार करोड डलर (झण्डै पाँच अर्ब रुपैयाँ
चोरी) गर्ने एउटा समूहलाई अमेरिकाले पर्दाफास गरेको छ । साइबर अपराधीको यो
समूहले डेबिट कार्डको डाटाबेसलाई ह्याकिङ्ग गरेर विश्वका दुई दर्जन देशका
एटिएम मेशिनबाट करोडौं रुपैयाँ चोरी गरेको थियो । अमेरिकाले यो २१ औं
शताब्दीको सबैभन्दा ठूलो चोरी भएको दावी गरेको छ ।

चोरी गिरोहमा संलग्न सात जनालाई न्युयोर्कबाट पक्राउ गरिएको छ, आठौं व्याक्तिको संदिग्ध अवस्थामा मृत्यु भएको छ । यो अपराधका विषयमा अहिले जापान, क्यानडा, बेलायत, रोमानिया, जर्मनी लगायत विश्वका १२ देशमा एकसाथ जाँच भैरहेको छ । बिहिवार अमेरिकी अदालतमा अभियोग पत्र दर्ता गर्दै अमेरिकी सरकारी वकिलले ह्याकर समूहले ओमान र संयुक्त अरब इमिरेट्सका बैंकलाई निशाना बनाएको जानकारी दिए ।
कसरी भयो चोरी ?
बन्दुक र मास्कको सट्टा साइबर अपराधीले करोडौं डलर चोरी गर्न ल्यापटप र इन्टरनेटको उपयोग गरेका थिए । यो चोरी एक ठाउँ, एक देशमा नभएर विश्वका कम्तिमा पनि दुई दर्जन देशमा भएको थियो ।

साइबर ह्याकरको यो समूहले सबैभन्दा पहिले बैंकको सफ्टवेयरमा ह्याकिङ्ग गरेका थिए, त्यहाँ उनीहरुले प्रिपेड डेबिट कार्डको डाटा चोरेका थिए, उनीहरुले त्यसपछि एटिएम चिप्सको प्रयोग गरी खातामा भएको पैसा निकाल्ने सिमालाई हटाइदिएका थिए । यो सूचना उनीहरुले दुनियाँभर फैलिएका आफ्ना साथीहरुलाई दिए, जसलाई यो समूह क्यासर्सका रुपमा चिन्थ्यो ।
क्यासर्सको यो सूचनाका आधारमा उनीहरुले म्याग्नेटिक स्ट्राइप कार्डमा चोरेको डाटा राखे, र त्यही कार्ड प्रयोग गरी धेरैभन्दा धेरै पैसा निकाले । यो काण्डमा डिसेम्वरमा संयुक्त अरब इमिरेट्सको ¥याक बैंकमा पहिलो छापा परेको थियो । साइबर अपराधीको यो समूहले २७ देशमा साढे चार हजार कारोवारबाट साढे चार करोड डलर निकालेका थिए । यो समूहको जानकारी फ्रेबुअरी महिनामा ओमानको बैंक अफ मस्कटबाट पाइएको थियो, उनीहरुले दश घण्टामा यो बैंकको न्युयोर्क शाखाका सयौं एटिएम मेशिनबाट करोडौं डलर निकालेका थिए ।
न्युयोर्कमा यस्तो गरे
अमेरिकी सरकारी वकिलले दायर गरेको अभियोगपत्र अनुसार अमेरिकामा साइबर अपराधीको यो समूहमा आठ जना क्रियाशिल दिए । उनीहरुले फ्रेबु्रअरी महिनामा तीन हजार एटिएम मेशिन प्रयोग गरेर न्युयोर्कबाट दश घण्टामा दुई करोड ४० लाख डलर चोरी गरेका थिए । त्यसमध्ये सात जना चोर पक्राउ परेका छन् भने आठौंको मृत्यु भएको छ ।

न्युयोर्क प्रहरीले जायल माजिया कोलाडो, जोअन लुइस मिनिर लारा, इभान जोश पेना, जोस फ्यामिलीया रोएस, यलभिस राफेल रोर्डिगेज, अरिम यासेर येजे र चुङ यु हालगुइन छन् । अर्का एक साइबर अपराधीको डोमिनिकन प्रहरीले हत्या गरेको छ । अल्बर्टो लाजुद पेना नाम गरेका उनलाई डोमिनिकन रिपब्लिकमा अप्रिल २७ मा चोरी गर्दा गर्दै हत्या गरिएको हो ।
२३
वर्षका उनलाई डोमिनिकन रिपब्लिकको राजधानीबाट सय माइल टाढा एउटा घरमा चोरी
गर्दा प्रहरीले उनलाई हत्या गरेको हो । उनको साथबाट प्रहरीले एक लाख डलर,
एम १६ राइफल, नौ एमएमको दुईवटा पिस्तोल, बारुदसमेत बरामद गरेको छ । पेना
नाम गरेका यी साइबर अपराधी यो समूहको नाइके भएको विश्वास गरिएको छ ।
जर्मनीमा दुई गिरफ्तार
यो काण्डमा जर्मन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ, ३५ वर्षका एक युवा र ५६ वर्षकी एक डच महिलालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु दुवै जनालाई प्रहरीले बैंक अफ मस्कटबाट फ्रबु्रअरी १९ मा एक लाख ७० हजार युरो झिक्दै गर्दा पक्राउ गररेको हो । जर्मनीका सात शहरबाट विभिन्न बैंक उपयोग गरी दुई करोड ४० लाख डलर झिकिएको जर्मन प्रहरीले जानकारी दिएको छ ।
महँगा गाडी र घडीका शौखिन

प्रहरीले साइबर अपराधीहरुले चोरेको पैसाबाट महँगा गाडी र घडी खरिद गरेको जानकारी दिएको छ । प्रहरीले साइबर अपराधीसँग बरामद सामाग्रीको तस्वीर पनि जारी गरेको छ । जहाँ उनीहरुलाई महँगो गाडी, गुच्चीका व्याग, रोल्स रोयस घडी र क्यासका बण्डलसहित देखाइएको छ । द डेली मेलबाट साभार