खिलराज रेग्मीको नेतृत्वमा ११ सदस्यीय मन्त्रिपरिषद गठन भएको आज जेठ १ गते ६० दिन पूरा भएको छ । सरकारले दुई महिनामा गरेको १४ बुँदे प्रगति रेग्मी सरकारले सार्वजनिक गरिसकेको छ । तर, ६० दिनभित्र प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण गोरखापत्रमा प्रकाशित गर्नुपर्ने प्रचलनबारेमा चाँहि रेग्मी सरकारले सुनेको नसुन्यै गरेको छ ।
विसं. ०४६ को परिवर्तनपछि मन्त्रीहरुको सम्पत्ति विवरण गोरखापत्रमा प्रकाशित गर्ने र सरकारको आधिकारिक वेभसाइटमा समेत राख्ने प्रचलन शुरु भएको हो । लोकमानसिंह कार्कीलाई अख्तियारमा नियक्ति गरेपछि भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुने अपेक्षा गरेको सरकार आफैंले चाँहि सम्पत्ति विवरण लुकाएर जनताको सूचनाको अधिकारमाथि ठाडो चुनौती दिएको छ । हेरौं, लोकमानले सरकारलाई सम्पत्ति विवरण सार्वजनिक गर्न लगाउँछ या छुट दिन्छ ।
रेग्मी सरकारले आफ्नो सम्पत्ति विवरण जनताबाट लुकाए पनि ९ मन्त्रीहरु बसोबास गर्ने घरचाँहि यस्ता रहेछन् :
तस्वीर सौजन्यः मिरर न्यूज