लण्डन । ‘बादा किया तो निभाना पडेगा’, नभन्दै आइतवार आफ्नो बाचा पुरा गर्दै
विश्वकै प्रभावशाली र बेलायतका धनीमध्येका एक रिचर्ड ब्रासनले एयर एशियाको
‘स्टेवार्ड’(एयरहोस्टेस) बनेका छन् । दुई वर्ष अघि हारेको बाजी पुरा गर्न
रिचर्डले शनिवार राती अनुहारभरि मेकअप गरे, स्कर्ट लगाए, विमानमा जुस र
चिया अफर गर्दै हिंडे । जसका कारण उनी अहिले बेलायतमा हजारौं जोकका एक
पात्र बनेका छन् ।

दुई वर्ष अघि फर्मुला वान रेसिङ्गमा रिचर्डले एयर एशियाका मालिक टोनी फर्नान्डेजसँग बाजी थापेका थिए । चार सय कम्पनीका मालिक रिचर्ड ब्रासनको कम्पनीमा कुनै समय एकाउण्टेन्ट भएर काम गरेका टोनीसँग बाजी थाप्दा उनीहरुको शर्त थियो, फर्मुला वान जसले हार्छ, त्यसले विपक्षको एयरलाइन्समा, उसैको डे«स लगाएर, रौं खौरिएर, एयर होस्टेस भइ एक दिन यात्रीलाई सर्भ गर्ने ।

फर्मुला वानमा ब्रासनले हार खाए, तर बाचा त बाचा हो, उनले दुई वर्षपछि अहिले आएर एयर एशियामा स्टेवर्डको काम गरेर त्यसलाई पूरा गरे । भर्जिनका मालिक ब्रासनले एयर एशियाको स्टेवार्ड बन्नका लागि आफ्नो खुट्टाका रौं खुर्किएका थिए भने त्यसमाथि स्टकिङ्ग लगाएका थिए । ब्रासनले विमानमा ड्रिंक्स सर्भ गरे भने फोहोर ट्वाइलेट सफा गर्न लगाए, उनी एयर एशियाको रातो स्कर्ट र स्वीट तथा सेतो सर्टमा थिए ।

ब्रासनले रातो लिपिस्टिक लगाएका थिए भने आँखामा गाजल र आइलाइनर पोतेका थिए । ६२ वर्षका ब्रासनले भने, व्यस्तताका कारण यो जिम्मेवारी चाँडै पुरा गर्न सकिन् । हामी दुवैको ग्रान्ड पिक्स टीम छ, म यसपटक पूर्ण विश्वस्त छु, म जित्नेछु । त्यतिवेला केही गलत भयो, अवश्य पनि त्यतिवेलाका ड्राइभर हामीसँग छैनन्, मैले यो जिम्मेवारी पन्छाउने लामो प्रयास गरें तर मलाई थाहा थियो, यो जिम्मेवारी अझ लामो समय पन्छाउन सकिंदैन्, उनले भने । यो उडानबाट प्राप्त हुने आम्दानी स्टारलाइट फाउण्डेशनलाई जानेछ्, जुन फाउण्डेशनले अस्वस्थ बच्चाको उपचारमा सहयोग गर्दछ ।

फ्रेन्चकट शैलीको दाह्री–जुँङ्गामा स्टेवार्ड भएका ब्रासनलाई छ घण्टा लामो उडानका लागि विमानमा चढ्दै गर्दा पत्रकारले सोधेका थिए, किन क्लिन सेभ छैन् अनुहार, जवाफमा उनले उल्टो सोधे, के तपाईले कहिल्यै दाह«सहितको स्टेवार्ड देख्नुभएको छैन् ? मलेसियामा जन्मेका टोनी जसले एक रिंगेटमा बजेट एयरलाइन्स लिएर सञ्चालन गरेका थिए, जुन अहिले मलेसियाको सफलताको कथामध्ये एउटा हो । ब्रासनसँगै उपस्थित एयर एशिया प्रमुख टोनीले भने, हाम्रो एयरलाइन्सको एउटा मापदण्ड छ, त्यो मापदण्डअनुसार खुट्टामा रौं हुनुहुँदैन्, हाइहिल लगाउनुपर्दछ, अनुहारमा केही मेकअप हुनुपर्दछ र एयर एशियाको ड्रेसमा हुनुपर्दछ ।

उहाँ स्टेवार्डको जिम्मेवारी सफलतापूर्वक निभाउन सफल हुनुभएको छ, उहाँले कफि, चिया र खानाको अफर गर्नुभएको छ, पर्थबाट क्वालालमपुरको छ घण्टा लामो विशेष उडानपछि टोनीले भने । उडान हुनु केही समयअघि टोनीले ट्विट गर्दै भनेका थिए, पर्थबाट क्वालालम्पुरसम्म निशुल्क जाने कोही छ, जसलाई रिचर्ड ब्रासनले सर्भ गर्नेछन्, मसँग त्यसको दुईवटा टिकट छ । मैले जीवनमा केही रमाइला कामहरु गरेको छु, त्यसमध्ये यो एउटा रमाइलो काम हो, ब्रासनले उडान सुरु केही अघि भने, मैले सबैभन्दा पहिले हाइ हिलमा कसरी हिड्नुपर्दछ, त्यसको तालिम लिनुछ ।