नेपालमा बर्षेनी सयौं बिदेशी आरोहीले सगरमाथाको आरोहण गर्छन् । यसरी
आरोहण गर्नेमा शौखिन, व्यवसायिक आरोही र कतिपय सैनिक अधिकारीहरुसमेत
हुन्छन् ।
हालै एक अमेरिकी मासिक पत्रिका ‘वायर्र्ड’ले छापेको रिपोर्टमा यसरी आरोहण गर्नेमा विदेशी जासुसी निकायका मान्छेहरु पनि हुने गरेको र आरोहणका नाममा जासुसी उपकरण जडान गर्ने प्रयत्न भएको खुलासा गरेको छ । रोबर्ट बेकहुसेनले एक पुस्तकमा आधारित रहेर गरेको खुलासाले अमेरिकी खुफिया एजेन्सीले हिमाल आरोहणका नाममा कसरी जासुसी गर्दोरहेछ भन्ने खुलाएको छ । हामीले उनको सो रिपोर्टलाई भावानुवाद गरेका छौं -
‘त्योबेला अमेरिकी जासूसहरुसँग अहिलेको जस्तो अन्तरीक्षबाटै पृथ्वीका हरेक कुराको ठ्याक्कै पहिचान गर्ने अनुगमनकारी भूउपग्रह थिएनन् । त्यसैले अमेरिकी गुप्तचर एजेन्सीले जासूसी गर्नका लागि अन्य उपायमा भर पर्नुपथ्र्यो र त्यस्तो उपायमध्येको एउटा उपाय थियो-नेपालका हिमालको आरोहण गर्नु ।
सिद्धान्ततः नेपालका हिमालहरु अमेरिकी गुप्तचरहरुका लागि सेन्सर उपकरण राखेर चीनको जासूसी गर्नका लागि निकै उपयुक्त ठाउँ बनेका थिए । यद्यपि यस्तो प्रयास लगभग पूर्णरुपमा असफल भयो ।
सन् १९६५ को कुरा हो । अमेरिकी रक्षा मन्त्रालय र गुप्तचर एजेन्सी सिआइए निकै चिन्तित थियो । भियतनाम युद्ध चर्किँदै थियो र त्यहीबेला चीनले पहिलो आणविक परीक्षण गर्यो । सामरिक घटनाक्रमहरु निकै तिब्र भैरहँदा अमेरिकी गुप्तचर एजेन्सी भने असफल बनिरहेको थियो । चीनले हिमालय क्षेत्रको केही सय माइल उत्तरस्थित गोप्य स्थानमा आणविक परीक्षण गर्यो । तर, चीनले गरेको आणविक परीक्षणको ठाउँ, आणविक हतियारको क्षमतालगायतका कुरा अमेरिकी जासूसहरुले पत्ता लगाउन सकेनन् ।
हिमालय चुचुरोले जमीनमा राखेका अमेरिकी गुप्तचर एजेन्सीका सेन्सरहरुलाई छेक्यो र त्यस्ता सेन्सरले चिनियाँ भूमिमा हुने घटना पत्तो पाउन सकेन । अझ त्यसैबेला पाकिस्तानले अमेरिकी जासूसी जहाजलाई आफ्नो आकाशमाथि उड्न नदिएपछि अमेरिकी गुप्तचर एजेन्सीको बेहाल नै भयो ।
तर, अमेरिकाले अर्को विकल्प खोज्यो । दुई वर्ष अघिमात्र अमेरिकी आरोहण दलले केही शेर्पा आरोहीको सहयोगमा पहिलोपटक सगरमाथाको आरोहण गरेको थियो । उक्त अमेरिकी आरोहण दलको लागि केही रकम समेत उपलब्ध गराएका अमेरिकी वायु सेनाका उच्च अधिकृत जनरल कर्टिस ली मेले तत्कालीन अमेरिकी आरोहण दललाई सहयोग गरेका शेर्पा आरोहीलाई फेरि चुचुरोमा पठाउने सोच बनाए ।
पहिलोपटक सगरमाथा आरोहण गरेको अमेरिकी टोली । जहां केही सदस्य अमेरिकी जासुसी संस्था सीआईएका अधिकारीहरु पनि थिए । त्यसमध्ये एक थिए डेभ डिङम्यान (बायांबाट पहिलो घुंडामा हात लगाइरहेका) ।
शेर्पा आरोहीमार्फत् स्नापसट नामक प्लुटोनियम जेनेरेटर र सेन्सर उपकरण सगरमाथाको चुचुरोमा पठाएर त्यहाँ स्थापित गरी चीनका जासूसी सूचना संकलन गर्ने उद्देश्यअनुरुप शेर्पा आरोहीहरुलाई उनले उक्त सेन्सर चुचुरोमा लैजान प्रस्ताव राखे र शेर्पा आरोहीहरु त्यसमा तयार पनि भए । सगरमाथाको चुचुरोमा उक्त सेन्सर राखेपछि त्यसबाट चिनियाँ भूमिमा चीनले उडाउने मिसाइलहरुको अनुगमन हुने र पूर्ण तथ्यांक र सूचना प्राप्त हुने अभिलाषा थियो उनको ।
यद्यपि सगरमाथाको चुचुरोमा सेन्सर पुर्याउनका लागि हुने आरोहण सफल हुन सकेन । अमेरिकाका लागि जासूसी केन्द्रका रुपमा सगरमाथा पहिलो रोजाइमा भए पनि आखिर भारतीय गुप्तचर एजेन्सीको सहयोगमा भारतको नन्दादेवी हिमालमा उक्त सेन्सर जडान गर्ने निर्णय अमेरिकाले गर्यो । सहमतिबमोजिम उक्त सेन्सर बोकाएर केही आरोहीलाई नन्दादेवीको चुचुरोतिर पठाइयो तर व्यापक हिमपात भएपछि आरोहीहरुले उक्त सेन्सर नन्दादेवी हिमालको चुचुरोमा पुर्याउन सकेनन् । आरोहीहरुले सेन्सरसहितको उपकरणलाई हिमालको एक भागमा गाडेर ओर्लिए, ता कि अर्को वसन्त ऋतुमा फेरि आरोहण गरी त्यसलाई चुचुरोमा पुर्याउन सकियोस् ।
तर बिडम्बना उक्त सेन्सरको अनुगमन गर्न गएको आरोहण दलले सेन्सर उपकरण खोज्दा त्यो फेला परेन । हिमपहिरोले उक्त सेन्सरलाई बगाएर पुरिसकेछ । त्यसको खोजीमा अमेरिकाले नेपालका केही शेर्पा आरोहीहरुलाई पनि खटायो । तर, कुनै पत्तो लागेन । सन् १९६६ मा अमेरिकी वायुसेनाको टोलीले सैनिक हेलिकप्टरमार्फत अत्याधुनिक न्युट्रोन डिटेक्टरको सहायताले नन्दादेवी हिमालमा हराएको सेन्सर खोज्यो । तर, फेला नपरेपछि अन्ततः त्यसको खोजी कार्य रोकियो ।
‘दी भास्ट अननोउन: अमेरिकाज फस्र्ट एसेन्ट अफ एभरेष्ट’ पुस्तकका लेखक ब्रगटन कोबर्न भन्छन्, ‘त्यो सेन्सर भारतीय गुप्तचर एजेन्सीले चोरेको अनुमान गरियो । अमेरिकी आरोहण दलको वसन्त अभियान सुरु हुनुअघि नै भारतीय गुप्तचर एजेन्सीले हिमालमा गाडिएको त्यो सेन्सर अपहरण गर्यो र त्यसमा भएको प्लुटोनियम चोर्यो ।’
नन्दादेवी हिमालमा चीनको जासूसीका लागि सेन्सर राख्ने पहिलो योजना असफल भएपछि अमेरिकाले सन् १९६७ मा अर्को प्रयास गर्यो र नन्दादेवी हिमालको २२ हजार ५ सय १० फिटको उचाइमा सिआइएले सेन्सर स्थापित गर्यो । यद्यपि त्यो सेन्सरलाई हिउँले पुरेपछि ३ महिना भन्दा बढि काम गरेन । ३ महिनाभित्रमा सिआइएले थोरै भए पनि निकै महत्वपूर्ण सूचना प्राप्त गर्न सफल भयो ।
हिमालमा गाडिएको उक्त सेन्सर उपकरणले संकलन गरेका तथ्यांकबाट त्यसबेला अमेरिकी गुप्तचर एजेन्सीले थाहा पायो कि चीनसँग त्यसबेलासम्म लामो दूरीका आणविक हतियार छैनन् भन्ने कुरा ।
यद्यपि भु-उपग्रहको अहिलेको युगमा अमेरिकाले विश्वको जासूसी गर्नका लागि यस्ता भुरेटाकुरे उपकरणमा भर पर्नुपर्दैन । तथापि विभिन्न अनुसन्धानका नाममा नेपालका हिमालमा अहिले पनि सेन्सर लगायतका उपकरण राखिएको हुनसक्ने शंकालाई भने बल पुर्याएको छ ।