डाक्टरी अक्षर भन्नासाथ सामान्य व्यक्तिले बुझ्न सक्दैनन् भन्ने गरिन्छ ।
तर, वीर अस्पतालका डाक्टरले भने अक्षर सुधार्दै छन् । सबैले बुझ्ने गरी
अंग्रेजी ठूला अक्षरमा औषधिको नाम लेख्न अस्पताल प्रशासनले डाक्टरलाई
निर्देशन दिएको छ ।
अस्पताल प्रशासनले बिरामीलाई दिने औषधिका नाम लेख्दा बुझिने गरी लेख्न डाक्टरहरूलाई निर्देशन दिएको हो । बिरामीको रिपोर्टकार्डमा औषधि खाने मात्रा र समय पनि नेपाली अक्षरमा स्पष्ट बुझिने गरी लेख्न डाक्टरलाई निर्देशन दिइएको छ ।
बिरामी र उनीहरूका आफन्तले औषधिको नाम र औषधि कम्पनी स्पष्टसँग बुझ्न सकून् भनेर डाक्टरका अक्षरमा सुधार ल्याउन लागिएको अस्पतालले जनाएको छ । तीन महिनादेखि डाक्टरका अक्षरमा सुधार ल्याउने प्रयास थालिएको वीर अस्पतालका निर्देशक डा. बुलन्द थापाले जानकारी दिए । निर्देशनपछि सुधार हुँदै गएको उनले दाबी गरे ।
डाक्टरहरूले रिपोर्टकार्डमा जेलिएका अंग्रेजी अक्षरमा लेख्ने औषधिको नाम चिन्न अंग्रेजी जान्ने व्यक्तिलाई पनि गाह्रो हुने गरेको छ । औषधिपसलमा बस्ने फर्मासिस्टले समेत उनीहरूका अक्षर नबुझ्दा बिरामीलाई दिइने औषधिसमेत फरक पर्ने गरेको छ ।
निर्देशक थापाले औषधिका नाम र खाने मात्रासँगै सकेसम्म गुणस्तरीय कम्पनीका औषधि सिफारिस गर्नसमेत निर्देशन दिइएको बताए । डाक्टरले लेखेकै नामका बिरामीलाई औषधि उपलब्ध गराउन पनि नजिकका फार्मेसीलाई निर्देशन दिएको उनको भनाइ छ ।
यसअघि डाक्टरका अक्षर नबुझ्दा बिरामी समस्यामा परेको गुनासोपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीको रिपोर्टकार्डमा स्पष्टसँग बुझिने गरी अंग्रेजी ठूला अक्षरमा नाम लेख्न मौखिक निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशनपछि उपत्यकाका ठूला भनिएका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेजलगायतका अस्पतालले आफ्ना डाक्टरलाई औषधिका नाम बुझिने गरी लेख्न निर्देशन दिएका थिए ।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. भगवान कोइरालाले डाक्टरहरूलाई बुझिने गरी औषधिका नाम रिपोर्टकार्डमा लेख्न लगाएको बताए । खाने मात्रा भने फार्मेसीबाटै विस्तृत रूपमा जानकारी लिनुपर्ने कोइरालाको भनाइ छ । उनले भने, ‘डाक्टरले फर्मासिस्ट नझुक्किने गरी प्रेस्क्राइब गर्नुपर्छ, फर्मासिस्टले पनि बिरामीलाई तोकिएकै कम्पनीको औषधि दिनुपर्ने र खाने मात्रा पनि राम्ररी बुझाउनुपर्छ ।’
मन्त्रालयका सहप्रवक्ता कविराज खनालले औषधिजस्तो संवेदनशील कुरामा चिकित्सकहरू नै जिम्मेवार हुनुपर्ने बताए । मन्त्रालयले केही महिनाअघि स्वास्थ्य सेवा विभागमार्फत अस्पतालबाट डाक्टरलाई औषधिको नाम बुझिने गरी लेख्ने निर्देशन दिन लगाएको बताए । कम्तीमा औषधिका नाम र खाने मात्रा रिपोर्टकार्डमा बुझिनेसँग लेखे बिरामी गलत औषधिको सिकार हुन नपर्ने उनको भनाइ छ । उता, वीर अस्पतालका निर्देशक थापाले फार्मेसीवालाले कतिपय चिकित्सकको प्रेस्क्रिप्सनभन्दा भिन्न कम्पनीका औषधि बिरामीलाई भिडाउने गरेको भन्दै त्यसको नियन्त्रण गर्न औषधिका नाम बिरामीका आफन्तले नै बुझ्ने गरी लेख्न लगाएको बताए ।