Friday, May 3, 2013

विश्व युद्धमा बेलायती प्रधानमन्त्री चर्चिल चढेको गाडी साढे पाँच करोडमा लिलामी (तस्वीरसहित) - bizmandu




काठमाडौं । दोस्रो विश्वयुद्धमा तत्कालीन बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले चढेको डेम्लर गाडी चार लाख ७० हजार युरो (झण्डै पाँच करोड रुपैयाँ)मा लिलाम भएको छ । चर्चिल सन् १९४० देखि १९४५ र १९५१ देखि १९५५ सम्म दुई पटक बेलायतको प्रधानमन्त्ती बनेका थिए । उनै चर्चिलले चढेको यो डम्लर गाडी अनलाइन सपिङ्ग बेवसाइट इबेमा लिलामी भएको हो ।


चर्चिल चढ्दा यस्तो थियो यो गाडी

गाडीका विक्री जर्मनीको एउटा डिलर फैर्वकले बेचेको हो । डिबी १८ नम्वरको यो डेम्लर गाडी १९३९ मोडलको हो, सिल्भर र कालो रंगको यो गाडीलाई एतिहासिक गाडी मानिन्छ । डेम्लरले सुरुमा यस्तै २३ वटा गाडी बनाउने घोषणा गरेको थियो तर दोस्रो विश्वयुद्ध सुरु भएपछि कम्पनीले जम्मा आठ वटा गाडी मात्रै बनाउन सक्यो । आठ गाडीमा चार गाडी युद्धको बमबारीमा परेर नष्ट भएका थिए भने एउटा गाडी यति धेरै क्षतीग्रस्त भएको थियो की त्यसलाई कवाडमा विक्री गरिएको थियो । त्यसबाहेकका दुई गाडीका वारेमा कसैले पत्तो पाउन सकेका थिएनन् ।


यसपछि जम्मा एउटा मात्र डेम्लर बाँकी थियो, जुन चर्चिलसँग थियो । यो गाडीको पहिलो बोली एक युरोमा लगाइएको थियो, दश दिनमा यो बढेर चार लाख ७० हजार युरोपमा पुगेको हो । कारमा बोली लगाउन हरेक देशका नागरिक सामेल थिए ।


कारको बनोटमा एउटा स्पिकर पनि लगाइएको थियो, जहाँबाट चर्चिल त्यतिवेला भीडलाई सम्वोधन गर्दथे, कारको सिट हरियो रंगको छालाबाट बनाइएको छ भने चक्लेटी रंगको छतलाई फोल्डिङ्ग गर्न मिल्छ ।