अबको दुइ वर्षभित्रमा कारमा चढेर आकाशमा
उड्न सकिनेछ । विश्वको पहिलो उड्ने कार आउँदो दुइ वर्षमा बजारमा उपलब्ध
हुने बताइएको छ । यो उड्ने कारको निर्माता अमेरिकी कम्पनी टेराफुजियाले सन्
२०१५ को सुरु सम्ममा उड्ने कार बजारमा पठाइने बताएको छ । कम्पनीले यो
उड्ने कारको मनै लोभ्याउने मोडेल समेत सार्वजनिक गरेको छ ।
कार र जहाजको वर्णशंकर जस्तो देखिने टिएफ
एक्स नामको उक्त उड्ने कारमा दुइ सिट हुनेछन् भने चारवटा पांग्रा तथा पखेटा
रहनेछन् । यो कार ग्यारेजमा थन्काउन सकिने र उडाउनका लागि धावनमार्ग
नचाहिने कम्पनीको दाबी छ ।
गएको वर्ष कम्पनीले यो उड्ने कारको
परीक्षण उडान गर्दै १४ सय फिट सम्म उडाएको थियो । यो उड्ने कारको मूल्य भने
निकै महंगो हुनेछ । यसको मूल्य ३ लाख अमेरिकी डलर हुने बताइएको छ ।
यो उड्ने कारका विशेषता निम्न छन् :
यो कारको गति जमिनमा ७० माइल प्रतिघण्टा र हावामा ११५ माइल प्रतिघण्टा हुनेछ ।
यो कारमा २३ ग्यालोन क्षमताको इन्धन
ट्यांकी हुनेछ । इन्धनको खपत हावामा प्रतिघण्टा ५ ग्यालोन र जमिनमा
प्रतिघण्टा ३५ ग्यालोन हुनेछ ।
यसमा चालक सहित दुइ यात्रु हुनेछन् ।