बार्सिलोनाका अजेन्टिनी स्टार लिओनल मेस्सी लगातार चौथो पटक सर्वश्रेष्ठ फुटबल खेलाडी घोषित भएका छन् ।
मेस्सीले फिफाको सर्वश्रेष्ठ खेलाडी
पुरस्कार बलोन डी ओर २०१२ को उपाधी जितेका हुन् । उनले आफ्नै क्लब
बार्सिलोनाका स्पेनिस आन्द्रे इनिष्टा र रियल मडि्रडका क्रिष्टियानो
रोनाल्डोलाई पछि पारे ।
जुरिचमा सोमबार राति भएको कार्यक्रममा
बलोन डी ओर जितेपछि मेस्सीले भने-’साँचै भन्ने हो भने यो अविश्वसनिय नै छ ।
लगाचार चौथो पटक उो उपाधी जित्नु ठूलो हो ।’ मेस्सीले बार्सिलोना र
अर्जेन्टिाका सबै खेलाडी, प्रशिक्षक, अन्य स्टाफ, आफूसँग खेल्ने सबै,
परिवार, आफ्नो श्रीमती र छोरालाई सम्झिए ।
फुटबल पत्रकार, राष्ट्रिय प्रशिक्षक,
कप्तान र तीन दावेदारले गरेको मतदानमा मेस्सीले ४१ दशमलव ६ प्रतिशत मत पाए
भने रोनाल्डोले २३ दशमलव ६८ र इनिष्टाले १० दशमलव ९१ प्रतिशत मत पाए ।
लगाचार चार पटक फिफा प्लेयर अफ दि इयर उपाधीबाट सम्मानित हुने उनी पहिलो
खेलाडी समेत बनेका छन् । गत वर्ष उनले युइएफएका वर्तमान अध्यक्ष एवं
जर्मनका मिचेल प्लाटिनीको कीर्तिमानसँग बराबरी गरेका थिए ।
मेस्सीले गार्ड मुलरको नाममा रहेको
क्लालेण्डर वर्षमा सर्वाधिक गोलको ४० वर्ष पुरानो कीर्तिमान तोडेका थिए ।
२५ वर्षीय मेस्सीले सन् २०१२ मा ९१ गोल गरेका थिए । उनको ७९ वार्सिलोनाका
लागि थियो भने १२ अजेन्टिनाका लागि । जसमा उन ला लिगामा ५० गोल हानेका थिए ।
तर, गत सिजन बार्सिलोना ला लिगा र च्याम्पियन्स लिगको उपाधी रक्षा गर्न
असफल भएको थियो ।