दीपक दाहाल, काठमाडौं, माघ २ - टेलिभिजनका पर्दा हुन या खुल्ला चौरहरुमा
सवेरै सुरू हुने योगले ल्याएको केही सुधार देखेर औषधि छोड्न हतारिनेहरु
स्ट्रोक वा ह्दयघातले हानेपछि पछुताउँछन्।
बल्ल उनीहरु भन्छन्, 'औषधि चाहिँ छोडिहाल्न नहुने रहेछ।' चिकित्सकको अनुभवमा योगले केही सुधार देखाउने वित्तिकै उच्चरक्तचाप, मधुमेह, मोटोपन र मुटु रोगको औषधि चटक्कै छोड्दा खतरा हुन्छ।
योग गुरूहरुको सल्लाहमा लागेर गम्भीर रोगका विरामीले समेत औषधि बीचमै छाडेर योग मात्रै गर्नेको संख्या बढ्दै छ। बाल्मिकी क्याम्पसका योग विभाग प्रमुख हरिप्रसाद पोखरेलका अनुसार योगले मात्रै सबै रोग निर्मुल बनाउन सक्दैन।
'रोगमा योग सहायक मात्रै बन्न सक्छ। सबै रोग योगले निर्मुल गर्दैन', पोखरेलले भने, 'नभुल्नुस् योगले धेरै गर्न पनि सक्छ।'
पछिल्ला वर्षमा वैज्ञानिक चिकित्साले पनि नियन्त्रण राख्ने तर निर्मुल गर्न नसक्ने रोग बढ्दैछ। चिकित्सकले पनि योग तथा जीवनशैली परिवर्तनका लागि सुझाब दिन थालेपछि योग स्वास्थ्य सँस्कृति बन्दै गएको छ। तर तरिका नपुर्याई गरिने योग र योग मात्रैले सबै गर्नसक्छ भन्ने भ्रम खतराको रुपमा देखिएको पोखरेल बताउँछन्।
योग गुरुसमेत रहेका पोखरेलका अनुभवमा योगले शरिरलाई विषादीमूक्त (डिटक्सिफाइ) बनाउँछ। शरीरभित्रका विजातीय पदार्थ निकाल्ने र प्राणायमहरुको माध्यमबाट शरीरमा अक्सिजन मात्रा बढाएर प्रतिरक्षा बढाउँछ। उच्चरक्तचाप, मधुमेह, कोलस्ट्रोल जस्ता रिक्स फ्याक्टरका समस्यामा सुरुकै अवस्थामा योग मात्रैले पनि नियन्त्रण गर्न सक्छ।
'त्यो चरण पूरा गरेपछि रोग औषधि पनि खाने, योग पनि गर्ने र विस्तारै औषधि छोड्न सकिन्छ', उनले भने।
पोखरेलका अनुसार योगभित्र व्यायाम र प्राणायाम मात्रै नभएर सम्पूर्ण जीवनशैली परिवर्तनको कुरा पर्छन्। 'केही वर्षअघिसम्म योग जोगी, घर छोडर हिँडेका दारीवालको विषय थियो', उनले भने 'अब चिकित्सक नै नै हाम्रोमा रिफर गर्छन्, चिकित्सककोमा हामी रिफर गर्छो।'
अहिले एलोप्याथीको प्रमुख सहायक चिकित्सा ठानिएपनि प्यारालाइसिस्, नसा च्यापिने, हार्ड जोर्नीका समस्यामा योग निर्विकल्प रहेको प्राकृतिक चिकित्सक सुनिल पौडेल बताउँछन्। योग प्याकेजभित्र शरीरलाई विशाषीमुक्त गर्नुका साथै चारित्रिक सदाचार, तनाव व्यवस्थापन कला हुनाले निरोधात्मक र उपचारात्मक दुबै काम गर्छ।
'योग तरीका नपुर्याइ र जथाभावी गर्दा हानी पनि उत्तिकै छ', पौडेलले भने। रोग र आफूलाई चाहिएको सुधारका आधारमा योगका आसन रोज्नु पर्ने विज्ञहरु बताउँछन्।
६०० किसिमका आसन भए पनि ३२ देखि ३५ आसन बढी प्रचलनमा छन्। ५० प्रकारका प्रणायामहरुमा पाँच प्रकारका बढी चल्तिमा छन्। जानकारहरुका अनुसार नेपालमा झण्डै २० को हाराहारीमा प्राज्ञिक कोर्स गरेका र ३० को हाराहारीमा पुराना पाठ्यक्रम पढेका योग चिकित्सक छन्। देशभर सयको संख्यामा योग केन्द्र छन्।
योग पूर्वीय चिकित्सा प्रणालीमा वर्षोदेखि चलिआएको विषय भएपनि सन् १९७५ तिर अमेरिका र यूरोपमा केही चर्चित मुटुरोग विशेषज्ञले अध्ययनबाट यसको औचित्य पुष्टि गरेपछि यो लोकप्रिय हुने बाटोमा छ। बाइपास सर्जरी नै नगराई हृदयघात सम्बन्धि रोग, मुटुको रक्तनलि साँगुरिने रोगलाई कसरी ठिक पार्न सकिएला भन्ने चिन्तन सुरु गर्ने अमेरिकाकी डाक्टर डिन ओर्निशले गरेका हुन्।
राजा विरेन्द्रलाई हृदयाघात भएपछि डा. मृगेन्द्रराज पाण्डेको प्रयासमा डा. ओर्निश २०५५ सालमा नेपाल आएका थिए। तीनले एउटा कार्यक्रम नै राखेर जीवनशैली परिवर्तन, खानपान, ध्यान र योगबाट मुटुरोग उल्टाउन सकिने तथ्य प्रस्तुत गरेको मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मी बताउँछन्।
'उनले शाकाहार, चिल्लोमुक्त आहार, धूम्रपान त्याग, योगासन, ध्यान, तनाव व्यवस्थापन, सकारात्मक चिन्तन र मायाप्रेमलाई सूत्रवद्ध रुपमा रोग उल्ट्याउन सकिने ज्ञान दिएका थिए', डा.रेग्मीले भने।
डा.रेग्मीका अनुसार सबै खाले मुटुका रोग औषधी र चिरफार बिना निर्मूल पार्न सकिन्न। जीवनशैलीसँग सम्बन्धित मुुटु रोगहरु उच्चरक्तचाप, मधुमेह, उच्चरक्त कोलस्ट्रोल, यूरिक एसिड, करोनरी मुटुको रोग, हृदयघात आदिलाई डा. डिन ओर्निशले सिकाएको बाटोमा हिँडेको खण्डमा धेरै हदसम्म औषधी र चिरफार विना उल्टाउन सकिन्छ।
मुटुले राम्रोसंग काम गर्न मुटुका मांशपेशीमा रक्तञ्चार राम्रो हुनु पर्छ। मुटुमा रक्तसञ्चार गराउने प्रमूख ३ नलीका भित्री भागमा चिल्लो पदार्थ (कोलस्ट्रोल ) जम्मा हुन गए रक्तनली साँगुरीदै जान्छ र कुनै अवस्थामा बन्द हुन सक्छ।
यस्तो भए मुटुका मांशपेशीमा रक्त सञ्चारमा कमि आउँछ, मांशपेशी क्रमिक रुपले मर्न थाल्छन् र हार्ट फेल हुन्छ। यो रोगलाई कोरोनरी मुटुको रोग भनिन्छ। रक्तनलि पुरै बन्द भएमा हृदयाघात हुन्छ। धेरै साँगुरिएको वा बन्द भएको रक्त नलिलाई एञ्जियोप्लाष्टि वा वाइपास सर्जरीबाट उपचार गरिन्छ।
'प्रशस्त शारिरीक व्यायाम गरेमा शरिरमा भएको बोसो पग्लिन्छ र रगतमा चिल्लो पदार्थको मात्रा घट्दछ', डा.रेग्मीले भने। उनका अनुसार चूरोट, सूर्ति नखाने, सागपात र फलफूल धेरै खाने, मानिसक तनाव कम हुने भए रक्तनलि भित्र बोसो जम्मा भई रक्तनलि साँगुरिदै जाने र बन्द हुने प्रक्रिया कमजोर हुन्छ।
'एकदमै प्रयास गर्दा ९० प्रतिशत साँगुरिएको रक्तनलीलाई ७० प्रतिशत वा त्यो भन्दा कमसम्म पनि खुलाउन सकिन्छ', डा.रेग्मीले भने, 'क्याल्सियम जमेर कडा भैसकेको रहेछ भने त्यो नशा खुल्दैन।'
व्यायाम, योग र प्राणायाम पनि गरेमा रक्तनलिमा पहिलेदेखि जमेर बसेको चिल्लो पग्लिन थाल्छ र साँगुरिएको नलि खुल्न थाल्छ। बोसो भरेर मुटुको साँगुरिएको रक्तनलिलाई शाकाहार, ब्यायाम र तनाव मुक्तिबाट सफा गरि साँगुरोपन घटाउँदै लैजान सकिने चिकित्सक बताउँछन्। मुटुका जन्मजात रोगहरु (प्वाल परेको, मुटुको बनावटमा वित्रृ्कती भएको, नशाहरु एल्टा भएको आदी) लाई जीवशैली परिवर्तन गरेर उल्टाउन नसकिने र एलोपेथिकै सहारा लिनुपर्ने चिकित्सक बताउँछन्।