भारतको कुम्भमेलामा नक्कली शंकराचार्य एवं विवादित सन्तलाई प्रवेश गर्न
नदिने सशक्त माग उठेको छ । चर्चित धार्मिक हस्तीहरू निर्मल बाबा, राधे माता
र आशाराम बाबुसहित केही विवादित अनुहारविरुद्ध आवाज उठेको छ ।
कुम्भको क्रममा १४ देखि १७ जनवरीसम्म आशारामको प्रवचन, दीक्षा र अन्य कार्यक्रम छ । भक्तजन र प्रचारक निर्मल बाबालाई पनि मेलामा ल्याउन आतुर छन् । स्टाइलिस राधे माताको मेलामा सहभागी हुने सम्भावना प्रवल छ । ठाउँठाउँमा यी सेलिब्रेटी साधुहरू र माताको पोस्टर लगाइएको छ । जिल्ला प्रशासनले आशारामलाई जग्गा पनि उपलब्ध गराइसकेको छ । तर, निर्मल बाबा र राधे माताका तर्फबाट न त ठाउँ उपलब्ध गराउनुपर्ने माग गरिएको छ, न त उनीहरूलाई अहिलेसम्म ठाउँ दिइएको छ ।
केही संस्थाहरूले उनीहरूलाई मेलामा प्रवेश गर्न नदिने अडान लिएका छन् । केहीले सामान्य श्रद्धालुझैं आएमा आपत्ति नहुने जनाएको छ । सनातन धर्मको परम्परा र प्रतिष्ठालाई विकृत बनाउने उनीहरूजस्ता धार्मिक व्यापारीलाई आउन दिन नहुने धर्माचार्य, तीर्थपुरोहित र संस्थाले स्पष्ट गरेका छन् ।
संन्यासी परिषद्का महामन्त्री नरेन्द्र गिरीले कथावाचकलाई सन्त लेख्ने अधिकार नभएको र उनीहरूलाई मेलामा ठाउँ उपलब्ध गराउन नसकिने बताएका छन् । सन्त समाजलाई बदनाम गराउने कथित एवं ढोंगीहरूलाई मेलामा आउन नदिने दृढता व्यक्त गरेका छन् । उनले यस्ता फेसनेबल माता एवं गुरुलाई सन्त समाजको नाउँमा कलंक बताएका छन् । नारी अस्मिताको मानमर्दन गर्ने विवादित धार्मिकगुरु आशारा बापुलाई पनि मेलामा प्रवेश गर्न नदिइने निर्णय भएको छ ।
प्रतिष्ठित स्वामी अभिमुक्तेश्वरानन्दले मेलामा नवशंकराचार्यलाई पनि बस्न नदिने बताएका छन् । शंकराचार्य स्वामी स्वरुपानन्द सरस्वतीका प्रतिनिधि रहेका उनले यो सूचीमा हालै सामेल फेसन आइकन राधे मातालाई पनि सहभागी हुन नदिने बताएका छन् । सामान्य श्रद्धालुझैं मात्र उनी मेलामा आउन पाउँछिन् ।
अखिल भारतीय सन्त महासभाका संयुक्त सचिव आचार्य कुशमुनिले सन्तको मर्यादा विपरीत बलात्कार पीडित युवतीबारे बयान दिने आशाराम बापुले आफ्नो बयान नफेरेसम्म मेलामा आउन नपाउने बताएका छन् ।
सनातन संस्कृति र मर्यादाको गलत व्याख्या गर्ने आशाराम बापु जस्ताको कडा विरोध गरिने भारतीय तीर्थ महासभाका विधि संयोजक मधु चकहाले स्पष्ट गरेका छन् ।
समाज विरोधी बयान दिने जोकोही भए पनि आफूहरूको कडा विरोधको सामना गर्न तयार रहनुपर्ने भारतीय तीर्थ पुरोहित महासंघका प्रदेश महामन्त्री अमित आलोक पाण्डेयले बताएका छन् ।