लोडसेडिङ दैनिक १४ घण्टा पुगेकै बेला
राजधानीमा नवीकरणीय उर्जा सप्ताह शुरु भएको छ । आइतबारदेखि शुरु भएको
प्रदर्शनीमा लोडसेडिङको बेला काम लाग्ने र देशमा उर्जा संकट टार्न सक्ने
थरीथरीका सामान राखिएका छन् । वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको आयोजनामा
भएको प्रदर्शनीमा वैकल्पिक उर्जाको क्षेत्रमा काम गर्ने संघसंस्था र
कम्पनीले भाग लिएका छन् । भृकुटीमण्डपमा आइतबार र सोमबार भएको प्रदर्शनीमा
अवलोकनकर्ताको थामिनसक्नुको भीड थियो ।
मंगलबारदेखि राजधानी बाहिरका मुख्य
शहरहरुमा प्रदर्शनी गर्ने तयारी छ । केन्द्रका सहायक निर्देशक राजु
लौडारीका अनुसार गाउँ र शहर सबैतिर काम लाग्ने थरीथरीका वैकल्पिक उर्जाका
उपकरण बजारमा आइसकेका छन् । धनीका लागि हुने महंगो र गरीबले खोज्ने सस्ता
खालका उपकरण पनि छन् । जसले उर्जा संकट समाधानका लागि सहयोग पुर्याउन
सक्छन् ।
कस्ता र कति दामका ?
१. सौर्य उर्जा -
सूर्यको किरणबाट बत्ति बाल्न, तातो दिन र
खानेकुरा पकाउन -कुकर) मिल्ने उपकरण बजारमा छन् । सोलार त धेरैले प्रयोग
गरिरहेका छन् । विस्तारै कुकर अर्थात हिटरको प्रयोग पनि बढिरहेको छ । कुकर र
हिटर उच्च पहाडी क्षेत्रमा उपयोगी मानिएको छ । यसको मूल्य तीन/चार
हजारदेखि १७/१८ हजारसम्म पर्ने विक्रेताहरुको भनाइ छ ।
यस्तै ४ वटा बत्ती बाल्न मिल्ने २० वाटको
सोलार १३/१४ हजार रुपैंयामै जडान गर्न सकिन्छ । टेलिभिजन, ल्यापटप चलाउन
तथा १०/१२ वटा बत्ति बाल्न मिल्ने सोलार जडान गर्न ६०/६५ हजार रुपैंया खर्च
हुन्छ । २ सय वाटको सोलार जडान गर्न डेढ लाख रुपैंयाभन्दा बढी लाग्छ ।
२. बायो ग्यास
गाउँमा मलमूत्रबाट र शहरमा फोहोरबाट ग्यास
निकाल्न मिल्ने दुईथरि प्रविधि भित्रिएका छन् । शहरी क्षेत्रमा भान्साबाट
निस्केको फोहोरलाई सदुपयोग गरेर ग्यास निकाल्ने प्रविधि भर्खरै भित्रिएको
हो । यो प्रविधि जडान गर्न झण्डै २५ हजार रुपैंया खर्च हुने वैकल्पिक उर्जा
प्रवर्धन केन्द्रले जनाएको छ ।
यसमा सरकारले अनुदानको व्यवस्था समेत
गरेको छ । त्यसो गर्दा १५ हजार रुपैंयामा यो बनाउन सकिन्छ । राजधानीका
कतिपय घरमा अहिले यस्तै प्रविधिबाट उर्जा निकाल्ने गरिएको छ ।गाउँघरमा
गोबरग्यास बनाउन पनि सरकारले अनुदान दिँदै आएको छ । ४ घनमिटरको गोबरग्यास
निर्माण गर्न झण्डै ३५ हजार रुपैंया लाग्छ ।
३. सुधारिएको चुल्हो
भान्साभित्र धुवाँमुक्त बनाउने माटो र
धातुका चुल्होको प्रयोग पनि बढेको छ । माटोको चुल्हो बनाउन बढीमा एकहजार
रुपैंया खर्च हुन्छ । धातुको चुल्होलाई ६/७ हजार रुपैंया पर्छ ।सुधारिएको
चुल्होबाट आधा घण्टामा सातआठ जना परिवारको लागि भात पकाउन सकिन्छ । यसमा कम
दाउराबाट समेत धेरै उर्जा निकाल्न सकिन्छ ।
४. लघु जलविद्युत्त
गाउँठाउँमा पछिल्लोपटक लघु जलविद्युत्त
आयोजना निर्माणको काम तीव्र रुपमा भैरहेको छ । लघु जलविद्युत्त भएका ठाउँमा
लोडसेडिङ पनि हुँदैन । १ किलोवाट लघु जलविद्युत्त बनाउन ४/५ लाख रुपैंया
खर्च हुन्छ ।अहिले देशका सबै ठाउँमा गरी २५ सय लघु जलविद्युत्त संयन्त्र
स्थापना भएका छन् ।
यसबाट २० हजार किलोवाट बिजुली उत्पादन हुँदै आएको छ । २ लाख जनसंख्याले लघु जलविद्युत्तबाट बिजुली बालेका छन् ।
५. विद्युत्तीय मोटर
पेट्रोल र डिजेलको बढ्दो परनिर्भरता हटाउन
विद्युत्तीय गाडीको प्रयोग पनि विस्तारै बढ्दैछ । प्रदर्शनीमा विद्युत्ती
साइकल, स्कुटर, कार र सानो खालको मिनीबस समेत राखिएको छ । स्कूटरको ७० हजार
तथा विद्युत्तीय कारको १० लाखदेखि १९ लाख ५० हजारसम्मको मूल्य पर्ने
विक्रेताको भनाई छ ।
यस्तै १४ सिट क्षमताको विद्युत्तीय
मिनीबसको मूल्य १४ लाख रुपैंया छ । सानो खालको विद्युत्तीय कार राजधानीका
सडकमा अहिले पनि देख्न पाइन्छ । एकपटक चार्ज गरेपछि ७० किलोमिटरसम्मलाई
हुन्छ । त्यसभन्दा बढी दूरी पार गर्न बीचमा रोकेर फेरि चार्ज गर्नुपर्ने
हुन्छ ।
६. वायु उर्जा