काठमाडौं । एफवान सफ्टको सबसिडरी कम्पनी ‘फोन पे’ले ‘मोवाइल वालेट’ सेवा
सुरु गर्ने भएको छ । माघ दोस्रो साताबाट सुरु हुने यो सेवाबाट उपभोक्ताले
मोवाइललाई नै ‘वालेट’का रुपमा प्रयोग गर्न सक्नेछन् । यसको आधारभूत अवधारणा
तपाईंको मोवाइल नै तपाईंको बैंक हो, यसमा पैसा राख्न, झिक्न, सेवा र वस्तु
खरिद गरेवापत भुक्तानी गर्न सक्नुहुनेछ, एफवान सफ्टका अध्यक्ष विश्वास
ढकालले भने, यो नेपालका लागि नौलो र उदाहरणीय उत्पादन हो ।
‘फोन पे’ सेवा लिएका उपभोक्ताले मोवाइलबाटै एउटा बैंकबाट अर्को बैंकमा पैसा जम्मा गर्न सक्नेछन्, रेमिट्यान्सको भुक्तानी लिन सक्नेछन्, सेवा र वस्तु खरिद गरेवापत नगद, कार्ड र चेकविना मोवाइलबाटै भुक्तानी दिन सक्नेछन्, अध्यक्ष ढकालले जानकारी दिए ।

विश्वास ढकाल, अध्यक्ष एफवान सफ्ट
यो सेवा सञ्चालन हुन्छ कसरी ?
मोवाइललाई ‘वालेट’ बनाउन सबैभन्दा पहिले ग्राहकले ‘फोन पे’मा आफूलाई दर्ता गराउनुपर्दछ । मोवाइल नम्वर ‘फोन पे’मा दर्ता भएपछि त्यहाँ ग्राहकको बैंक खाता खुल्छ र मोवाइल नम्वर नै ग्राहकको पहिचान बन्छ ।
ग्राहकले ‘फोन पे’मा आफ्नो बैंकमा भएको खाताबाट एसएमएस गरेको भरमा पैसा सार्न सक्छन्, त्यो पैसालाई उनीहरुले चाहेको स्थानमा र अवस्थामा एउटा एसएमएसको भरमा प्रयोग गर्न सक्छन्, एफवान सफ्टका उपाध्यक्ष असगर अलीले जानकारी दिए । उनले भने, ‘फोन पे’ उपभोक्ता, बैंक, सेवा र वस्तु विक्री गर्ने कम्पनीका लागि नेटवर्कका रुपमा रहनेछ, यसले मोवाइलबाट हुने सबै कारोवारलाई व्यवस्थापन गर्नेछ ।

फोन पेका लागि मोवाइलमा डाउनलोड गर्न सकिने मोवाइल एप्लिकेशन
कसरी बन्ने ‘फोन पे’को सदस्य
मोवाइलबाट ‘आरइजी’ लेखेर २१२१ मा एसएमएस गरेपछि ‘फोन पे’ले एमपिन पठाउनेछ । त्यसपछि मोवाइलमा ‘इसेवा’ एप्लिकेशन डाउनलोड गरेर त्यही एप्लिकेशनबाट कारोवार सुरु गर्न सकिनेछ । ‘फोन पे’ खातामा आवश्यकता अनुसार रकम राख्न सकिनेछ र खर्च पनि गर्न सकिनेछ ।
ठूलो कारोवारका लागि भने उपभोक्ताले ‘नो योर कस्टमर’ केवाईसी फर्म भर्नुपर्नेछ । तस्वीर र नागरिकताको प्रतिलिपीका आधारमा खोलिने खातामा ‘फोन पे’ले डेभिड कार्ड पनि जारी गर्नेछ, जुन कार्ड नेपाल र भारतका एटिएम बुथ र पसलमा स्वीप गर्न सकिनेछ ।
अहिलेका लागि ‘फोन पे’मा भएको खाताबाट पैसा राख्न र झिक्न, विद्युत र खानेपानीको पैसा तिर्न, हवाई टिकट खरिद गर्न, पत्रिका किन्न, नेपाल टेलिकम र एनसेलको पोष्टपेड मोवाइलको विल भुक्तानी गर्न र प्रिपेडको रिचार्ज गर्न, स्कुल र कलेजको फिस तिर्न, इन्टरनेटको विल तिर्न र क्रेडिट कार्डको रकम तिर्न सकिनेछ ।
कहाँ हुन्छ पैसा ?
‘फोन पे’ खातामा भएको पैसाको ‘व्याकअप’ खाता अहिलेका लागि नविल बैंकसँग हुनेछ । हामीले भच्र्युल पैसाको कारोवार गर्ने हो, पैसाको प्रत्यक्ष कारोवार नविल बैंकसँग हुनेछ । ‘फोन पे’बाट भएको कारोवार ‘रियल टाइम’(तत्कालका तत्काल) हुनेछ । केही समयपछि ‘फोन पे’ले ग्राहकको खातामा पैसा डिपोजिट रहे त्यसमा व्याज समेत दिनेछ । ‘फोन पे’ सेवा उपयोग गरेवापत उपभोक्तामाथि थप आर्थिक दायित्व भने पर्ने छैन्, बरु उल्टै ‘रिवार्ड’ पाउनेछन् ।

फोन पेको थप जानकारीका लागि (www.fonepay.com)
ढकालले भने, ‘फोन पे’बाट उपभोक्ताले यती एयरलाइन्सको हवाई टिकट किन्छ भने उसले पाँचदेखि १५ प्रतिशतसमम प्रतिफल पाउनेछ, उनले भने मोवाइल रिचार्ज लगायतका अन्य ठाउँमा पनि उपभोक्ताले यस्तो सुविधा पाउनेछ । ७० भन्दा बढी बैंक तथा वित्त संस्थालाई सफ्टवेयर सेवा दिएको एफवान सफ्टको ‘फोन पे’ सेवा भने माछापुच्छ्रे, सनराइज र नविल बैंकबाट सुरु गर्दैछ । सुरुमा यी तीन बैंकका ग्राहकले त्यहाँ भएको खाताबाट ‘फोन पे’मा पैसा सार्न सक्नेछन् । अर्को महिना थप तीन-चार वटा बैंक यो सञ्जालमा जोडिने र तीन महिना भित्र २७ भन्दा बढी बैंकबाट यो सुविधा सुरु हुने, अध्यक्ष ढकालले जानकारी दिए । एक वर्ष भित्र यो सेवालाई दश हजार आउटलेट र १५ लाख ग्राहकमा पुर्याइने जानकारी पनि उनले दिए ।
रेमिट्यान्स पनि मोवाइलमै
‘फोन पे’ले वेष्टर्न युनियनसँगको सहकार्यमा मोवाइल रेमिट्यान्स सेवा समेत सुरु गरेको छ । वेष्टर्न युनियनबाट मोवाइलमा पठाएको रेमिट्यान्स सेवा देशका १३ बैंकको रेमिट्यान्स सञ्जालबाट झिक्न सकिने, अध्यक्ष ढकालले जानकारी दिए । उनले भने, मोवाइलमा आएको रेमिट्यान्स, अरु रेमिट्यान्स जस्तै गरी एजेण्टकहाँबाट झिक्न सकिन्छ, तर पठाउँदा यो अरुभन्दा सस्तो पर्छ ।
कति सुरक्षित ?
‘फोन पे’ सेवा सुरक्षित रहेको उपाध्यक्ष अलीले बताए । उनले भने यो अन्तराष्ट्रिय स्तरमै तोकिएका मापदण्डमा रहेर सुरक्षित तवरबाट विकसित गरिएको छ । जति पेपाल, भिसा र मास्टर कार्ड सुरक्षित छन्, त्यति नै फोन पे पनि । मोवाइल हराएमा पनि पैसा सुरक्षित रहन्छ त ? उनले भने डेबिट-क्रेडिट कार्ड हराए स्वीप गरेर वस्तु तथा सेवाको भुक्तानी तिर्न सकिएला तर एमपिन नहालेसम्म मोवाइलबाट कारोवार हुने अवस्था नै रहँदैन् ।