१९
पुस, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डलाई एकातिर देश र पार्टीको
चिन्ता छ भने अर्कातिर परिवारमा एकपछि अर्को समस्या थपिएको छ । सीताको
उपचार गरे पनि छोरीको उपचार कसरी गर्ने भन्ने चिन्तामा छ यतिबेला प्रचण्ड
परिवार । नेता प्रचण्ड आफ्ना परिवारका सदस्यमा देखिएको स्वास्थ्यसम्बन्धी
जटिल समस्याका कारण चिन्तामा डुब्न थाल्नुभएको छ । उहाँ आफैं पनि उच्च
रक्तचापको बिरामी हुनुहुन्छ । यसरी उच्च रक्तचाप भएको व्यक्तिले तनावबाट
जोगिनुपर्ने डाक्टरहरुले सल्लाह दिने गरेका छन् ।

स्तन क्यान्सरको समस्यासँग जुधिरहेकी जेठी
छोरी ज्ञानु आफ्ना श्रीमान अर्जुन केसीसँग हात्तीवनमा बस्दै आउनुभएको छ ।
उहाँका दुई छोरीहरु छन् ।प्रचण्ड र सीताको परिवारमा तीन छोरी र एक छोरा छन्
। बिरामी ज्ञानु जेठी हुन् भने माइली रेणु दहाल (पाठक) पूर्वसभासद् हुन् ।
जेठा ज्वाइँको नाम अर्जुन केसी र माइलाको नाम अर्जुन पाठक हो । कान्छी
गंगा दहालले पहिलो पतिसँग सम्बध बिच्छेद भएपछि गतवर्ष बिराटनगरका किशोरसँग
विवाह गरेकी छन् । गंगाकी छोरी स्मिता प्रधान बाल गायिका हुन् । हाल
परिवारको सम्पर्कभन्दा बाहिर रहेका प्रकाश दाहाल प्रचण्डका एकमात्र छोरा
हुन् । प्रचण्डकी बुहारी (प्रकाशकी जेठी पत्नी) र नातिको रेखदेख अभिभावकको
भूमिका पनि प्रचण्ड र सीताकै काँधमा छ ।