पृथ्वी लगायत सौर्य मण्डलका ग्रह तथा उपग्रह समेत रहेको आकाशगंगा तारापुञ्जमा झण्डै १ खर्ब अरु ग्रहहरु रहेको कुरा पत्ता लागेको छ ।
पछिल्लोपटक गरिएको अध्ययनले आकाश गंगामा
कम्तिमा पनि एक खर्ब ग्रह रहेको र ती मध्ये धेरैमा जिवनको सम्भावना रहेको
निष्कर्ष निकालेको हो । शोधकर्ताहरुका अनुसार आकाश गंगामा रहेका हरेक
ताराको कम्तिमा पनि एक ग्रह छ ।
अमेरिकाको क्यालिफोर्निया इन्स्टिच्युट अफ
टेक्नोलोजीका खगोलविद्हरुले गरेको अध्ययनले यस्तो देखाएको अमेरिकी
अन्तरिक्ष संस्था नासाको भनाइ छ ।
खगोल विद्हरुले केपलर ३२ नामको ताराको
कक्षमा रहेका ग्रहहरु र आकाश गंगाका ग्रहहरुको प्रतिनिधित्व गर्ने
प्रणालीको तुलनात्मक अध्ययन गरी यस्तो निष्कर्ष निकालेको बताइएको छ ।
आकाश गंगामा यतिधेरै ग्रह हुनु निकै
आश्चर्य लाग्दो विषय भएको भन्दै शोधकर्ता मध्यका एक खगोलविद जोन जोन्सनले
ती मध्ये धेरैमा जिवको अस्तित्वको सम्भावना रहेकोले त्यसको खोज आवश्यक
रहेको बताउँछन् ।