भारतको राजधानी नयाँ दिल्लीमा बलात्कृत
भारतिय चेलीको नाम उनकै बाबुले खुलासा गर्नुभएको छ। उनका बाबु बद्री सिंह
पाण्डेले आफ्नी बहादुर छोरीको नाम सबैले थाहा पाउन भन्ने चाहेको बताउनुभयो।
उनी जस्ती बिरंगनाको नामले अरु महिलाहरुलाई हिंसा बिरुद्ध लड्न शक्ती
प्रदान गर्ने विश्वासका साथ नाम सार्वजनिक गरेको उहाँले बताउनुभएको छ।
उहाँले थप्नुभयो ‘मेरी छोरीले कुनै गल्ती गरेकि थिईन। उनको मृत्यु आफुलाई
बचाउ गर्दा भएको हो। म मेरो छोरीमाथी गर्व गर्छु किनकी उनी अहिले भारतकी
छोरी भएकी छन्।’ उहाँले अगाडी थप्नुभयो मेरो छोरीको नाम ‘ज्योती सिह
पाण्डे’ हो।
बिरंगना ज्योतीका बुबा बद्रीले अदालतले ति
अपराधीहरुलाई मृत्युदण्ड दिईएको सुन्ने चाहना रहेको जनाउँदै भन्नुभयो मलाई
ति मान्छेलाई हेर्ने या भेट्ने कुनै इच्छा छैन। उहाँले भन्नुभयो ‘ती छ जना
राक्षस हुन् र तिनलाई यस्तो सजाय दिनु पर्छ कि फेरि समाजमा यस्ता घटनाहरु
नदोहोरियोस।’
बाबु बद्रि सिंह घटना भएको दिन आफ्नो
कामबाट १०:३० बजे राती फर्कनुभएको थियो। उहाँ दिल्ली विमानस्थलमा लोडरको
काम गर्नुहुन्छ। हामी छोरी सिनेमा हेरेर नफर्के पछि उनलाई र ऊनका
साथीहरुलाई फोन गर्न लाग्यौ तर छोरीको सम्पर्क हुन सकेन र केही थाहा पनि
भएन। ११:१५ बजे अस्पतालबाट फोन आयो र जानकारी पाईयो कि हाम्री छोरी सडक
दुर्घटनामा परेर सिकिस्त छिन, उहाँले भन्नुभयो।
‘मैले पहिलो पटक अस्पतालमा उनलाई देख्दा
उनको आँखा बन्द थियो र म नजिक गएर उनको निधारमा हात राखेर उनलाई बोलाए।
उनले विस्तारै आँखा खोलिन र रुन थालिन,’ बद्रीका आँखा रसाए। उहाँले
थप्नुभयो ‘ मैले छोरीलाई सान्तवना दिंदै भने सब ठिक हुन्छ।’ यो समयसम्म
बद्रीलाई थाहा थीएन कि उहाँको छोरीको सामुहिक बलात्कार भएको छ। त्यसपछि
प्रहरीले सबै बिवरण सुनायो। यस पछि उहाँले आफ्नी पत्नीलाई फोन गरेर
बोलाउनुभयो तर फोनमा बलात्कार भनेर भन्ने आँट गर्नुभएन।
‘पहिलो १० दिन मेरी छोरी ज्योती होसमै
थिईन र उनी स्वस्थ भएर घर फर्किन्छिन भन्ने आशा थियो। डाक्टरहरुले पनि एकदम
मिहिनेत गरेका हुन तर सबै कुरा सोचेजस्तो र देखे जस्तो नहुँदो रहेछ’ बद्री
बोलिरहनुभयो। ज्योती कागजमा लेखेर कुरो गर्थिन र भन्थिन मलाई बाँच्ने रहर
छ, घर फर्कने रहर छ, तपाईहरुसँगै बस्ने चाहना छ, बद्रीका आखाँ रसाए र उहाँ
केहिबेर शान्त रहनुभयो। म उनलई ढाडस दिन हामी छिट्टै घर पर्कने कुरा गर्थे र
उनी उज्यालो अनुहार पारेर मुस्कुराउँथिन तर दिनदिनै ऊनको स्वास्थ्य
विग्रँदै गयो र उनलाई थप उपचारको लागि सिंगापुर लैजाने भनियो र त्यहि उनले
ससांरबाट बिदा लिईन। ‘उनका केटा साथी अरविदजो सँगै सिनेमा हेरेर फर्किरहेका
थिए। उनले ज्योतीलाई बचाउने धेरै प्रयास गरे भनेर ज्योती जहिले भन्थिन।
उनीहरु असल साथी मात्र थिए’, बद्रिले सुनाउनुभयो।
‘ज्योतीका दुई भाई २० वर्षिय गौरव सिह र
१५ वर्षिय सौरभ सिंह दुवै ज्योतीसँग एकदम नजिक थिए र दुवै भाईहरुलाई सल्लाह
सुझाव दिने पनि उनीहरु कै दिदी ज्योती थिईन तर एक्कासि शुन्यता छायो
हाम्रो परिवारमा’, वद्रीले थप्नुभयो। पुरै भारतका जनताले हामीलाई यो घडीमा
साथ र साहस दिएर नै हामी यो लडाई लडिरहेका छौ। एक्लै त कुनै पनि हालतमा
लड्न सकिने थिइन। म पुरै भारतका मानिसप्रति आभारी छु, बद्रि एकोहोरो
बोलिरहनु भएको थियो।
बद्रिको बिचारमा छोराहरुलाइ महिलालाई
ईज्जत दिन सिकाउनु पर्छ र यो सबै आमा-बाबुको कर्तव्य हो। प्रहरीले मात्र
यस्तो कुकर्महरु रोक्न सक्दैन समाजमै जागरुकता हुनुपर्छ यस्ता अपराध
बिरुद्ध लड्न।
स्रोतः मिरर न्यूज