लिलानाथ घिमिरे
मुलकमा सूचना प्रविधिको सबैभन्दा बढी प्रभाव बैंकिङ क्षेत्रमै परेको देखिएको छ । टोकन लिएर घन्टौं लाइन बस्नुपर्ने अवस्थाबाट ग्राहकले प्रविधिकै प्रयोगले मुक्ति पाएका छन् । बैंकले आफ्नो सेवा क्षेत्रलाई गाउँसम्म विस्तार र विविधिकरण गर्न पाएका छन् । 'बैंक नपुगेका ठाउमा पैसा राख्ने/झिक्ने सुविधा प्रविधिले दिएको हो,' सिद्धार्थ बैंकका इलेक्ट्रोनिक्स पेमेन्ट सोलुसन्स हेड आशिष शर्मा भन्छन्, 'शहरी क्षेत्रका बासिन्दाले शहरमा किनमेल गर्न निस्कदा पैसा बोक्नु नपर्ने अवस्था प्रविधिले सिर्जना गरेको छ ।'
बैंकिङ प्रणालीलाई छिटो, छरितो र सेवामा विविधिकरण गर्न कम्प्युटर सिस्टमले सघायो । कम्प्युटर (हार्डवेयर) लाई काम गर्न सफ्टवेयरले सहयोग गरेको छ । बैंकिङ क्षेत्रमा प्रयोग हुने सफ्टवेयर थरिथरिका छन् । बैंकहरूले खासगरी कोर बैंकिङ सिस्टम -सिबिएस), मेनेजमेन्ट इन्फर्मेसन सिस्टम (एमआइएस) कम्प्लाइन्स रिपोर्ट, एन्टि मनी लन्डरिङ -एएमएल) रिपोर्ट, लोन मेनेजमेन्ट, डकुमेन्ट मेनेजमेन्ट, एलसी/ग्यारेन्टी/बिल्स मेनेजमेन्ट, रिकन्सिलेसन मेनेजमेन्ट, डेबिट/क्रेडिट/पस कार्ड -आइएसओ इन्टिग्रेसन), इन्टरनेट/मोवाइल बैंकिङलगायतका सफ्टवेयर प्रयोग गर्छन् ।
बैंकहरूले आफ्नो क्षमताअनुसारका सफ्टवेयर प्रयोग गर्ने गरेका छन् । कतिपय सफ्टवेयर बैंकिङ सिस्टमका सबै कुरा समेटिएको (एकिकृत) हुन्छ । कतिपय छुट्टाछुट्टै किन्न पाइन्छ । लिनक्स, विन्डोज, म्याक बेसमा आधारित सफ्टवेयर बजारमा छन् । लिनक्स बेसका सफ्टवेयर डाउनलोड गरेर सित्तैमा प्रयोग गर्न सकिन्छ । कति भने करोडौं पर्ने छन् । बैंकको ग्राहक संख्या, शाखा संख्या, आवश्यकताका आधारमा लिइने सफ्टवेयरको मूल्य फरक हुन्छ ।
धेरै बैंकले प्रयोग गर्ने प्रमुख सफ्टवेयर सिविएस हो । यसले रकम राख्न, झिक्न, ब्याजको गणनालगायतका काम गर्न सघाउँछ । एमआइएसले बैंकका हरेक शाखाको दैनिक नाफा/घाटाको हिसाव निकाल्छ । यसले कुन शाखाका कति निक्षेप जम्मा भयो, कति ऋण गयो, कुन शाखाका रकाम पि|mज भएर बसेको छ, कुनमा नगदको अभाव छ भन्ने जानकारी ब्यवस्थापन तहका ब्यक्तिहरूलाई गराउँछ । यसैलाई विश्लेषण गरेर ब्यवस्थापनले नगदको प्रवाह एक शाखाबाट अर्कोमा गराउने, ऋण लगानी गर्ने गर्छन् । एएमएल रिपोर्टले कुनै ब्यक्तिले श्रोत खुलाएर वा नखुलाई धेरै रकम बैंकमा जम्मा गरेको जानकारी दिन्छ । रेमिटान्सको माध्यमबाट आएको रकमबारे समेत यसले जानकारी गराउँछ । राष्ट्र बैंकले सम्पत्ति सुद्धिकरण निवारणका लागि १० लाख रुपैयाभन्दा बढी रकम जम्मा गर्दा श्रोत खुलाउनु पर्ने ब्यवस्था गरेको छ । हरेक बैंक तथा वित्तीय सस्थाले यही सफ्टवेयर प्रयोग गरेर दैनिक प्रतिवेदन केन्द्रीय बैंकलाई बुझाउँछन् ।
लोन मेनेजमेन्ट सफ्टवेयरले ऋणका लागि ग्राहकले निवेदन दिएपछि त्यसमा बढेको प्रक्रियाको सम्पूर्ण विवरण देखाउँछ । यसले ऋणको कागजात कुन शाखामा, कुन अधिकारी कहाँ पुगेको छ, स्वीकत हुने/नहुने अवस्थाबारे जानकारी दिन्छ । 'ऋण स्वीकृत गर्ने अवधि हरेक बैंकको छुट्टाछुटै हुन्छ,' एक बैंकका सूचना प्रविधि प्रमुख भन्छन्, 'त्यति अवधिमा ऋणीले ऋण स्वीकृत भएको जानकारी नपाए त्यही सफ्टवेयरबाट खोज्न सकिन्छ ।' डकुमेन्ट मेनेजमेन्टले ब्यक्तिको खाता खोल्न भरेको र्फम, फोटो, हस्ताक्षर, नागरिकताको प्रतिलिपीलगायतका कागजातको ब्यवस्थापन गर्छ । एलसी/ग्यारेन्टी/बिल्स मेनेजमेन्ट सफ्टवेयरले ब्यक्तिले खोलेको एलसी, बैंक ग्यारेन्टी, विल्सको अवस्था, त्यसको अवधि, म्याद सकिएको जानकारी समयमै ब्यक्ति/बैंकका अधिकारीलाई दिन्छ । डेबिट/क्रेडिट/पस कार्डलाईं सम्बन्धित बैंकसँग आइएसओ इन्टिग्रेसन सफ्टवेयरले जोड्छ । नेपालमा भिसा, मास्टरकार्ड, स्मार्ट च्वाइस टेक्नोलोजी -एससिटी)लगायतका कार्ड प्रयोगमा छन् । इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङका लागि पनि छुट्टाछुट्टै सफ्टवेयर छन् ।
नेपालका अधिकांश वित्तीय सस्थाले प्रयोग गर्ने सफ्टवेयर पुमोरी हो । विन्डोज प्लेटर्फममा आधारित सफ्टवेयर मर्कन्टाइलले उत्पादन गर्दै आएको छ । कम्पनीले बैंकलाई आवश्यक सम्पूर्ण सफ्टवेयर उत्पादन गर्ने जनाएको छ । यसमा इन्टरनेट बैंकिङ, एटिएम, स्विपmट इन्टरफेस, पुमोरी डाटा एक्स्चेन्जलगायतका सुविधा छन् । बैंकको आवश्यकताअनुसार पुमोरीको सफ्टवेयरको मूल्य ५ लाखदेखि ५० लाख रुपैयासम्म पर्छ । एनसिसी, एनबी, नेपाल बैंक, किस्ट, राष्ट्रिय बाणिज्यलगायतका बैंकले यसको प्रयोग गरेका छन् ।
प्रोफेसनल कम्प्युटर सिस्टम (पिसिएस)ले बनाएको बैंक प्लस क बर्गको लुम्बिनी, ख बर्गको एनडिइइपीका साथै करिब १ दर्जन फाइनान्स कम्पनीले प्रयोगमा ल्याइरहेको सिस्टम एनालिस्ट उपहार जोशीले बताए । यसले इलेक्ट्रोनिक्स चेक क्लियरेन्स सुविधासहित इन्टिग्रेटेड भर्सन ४ लाख रुपैयाँमा उपलब्ध गराउने सिनियर कस्टमर सर्पोट एक्ज्युकेटिभ अशोककुमार साहले बताए ।
त्यसबाहेक अधिकांश ठूला बैंकले फिन्याकल, ग्लोबस, फ्लेक्स क्युवलगायतका विदेशी सफ्टवेयरसमेत प्रयोग गर्दै आएका छन् । फिन्याकल विश्वमा बैंकका लागि निकै प्रतिस्ठित मानिन्छ । अन्तरशाखा बैंकिङ कारोबारका लागि यो सफ्टवेयर निकै उपयोगी छ । यसको डिजास्टर रिकोभरी डाटा सेन्टरले कुनै दुर्घटनामा हार्डवेयरमा क्षति पुगे पनि डाटा पुन प्राप्त गर्न सघाउँछ । यसको मूल्य ४ करोडदेखि सुविधाअनुसार १० करोडभन्दा बढी पर्छ । बैंकअफ एशिया, एभरेस्ट, ग्लोबललगायतका बैंकले यसको प्रयोग गर्छन् ।
ओर्याकल बेसको फ्लेस क्युव अर्को चल्तीको सफ्टवेयर हो । नेपालका लागि विक्रेता नेपा सफ्टका ओर्याकल डेभलपर सोयुज उपाध्यायका अनुसार रिटेल बैंकिङका लागि यो सफ्टवेयर निकै प्रभावकारी छ । 'ओर्याकल बेसको 'वन सिंगल प्रोडक्ट' फ्लेक्स क्युवमा आफ्नो आवश्यकताअनुसार प्रोडक्ट डेभलप गर्न सकिन्छ,' उनले भने । यसको मूल्य हार्डवेयर र मेन्टेनेन्ससमेत गरी ८ करोडदेखि ४३ करोडसम्म पर्छ । यसलाई जनता, लक्ष्मी, मेगा, सिद्धार्थलगायतले प्रयोग गर्दै आएका छन् ।
ग्लोबस नेपालका केही ठूला बैंकहरूले प्रयोग गर्दै आएको अर्को सफ्टवेयर हो । स्वीट्जल्याण्डको टेमेनोस ग्रुपले डेभलप गरेको यो सफ्टवेयर कृषि विकास, कुमारी, माछापुच्छ्रेलगायतका बैंकले प्रयोग गर्छन् । यसको मूल्य २ करोडभन्दा बढी पर्छ । नेपालका केही विकास बैंक र वित्तीय संस्थाले रुविकोनलगायतका सफ्टवेयर पनि प्रयोग गर्ने गरेका छन् ।
सफ्टवेयरको प्रयोगले बैंकहरूलाई सेवा विविधिकरण गर्न सहयोग पुगेको छ । चौविसै घन्टा रकम झिक्न मिल्ने एटिएम, मोवाइलबाट रकम झिक्न/राख्न/स्थानान्तरण गर्न, इन्टरनेटबाट कारोबार गर्न, मोवाइल, खानेपानी, विद्युत, इन्टरनेटको बिल, स्कुलको शुल्क तिर्न, एयरलाइन्सको टिकट किन्न, बजारमा किनमेल गर्न, रेस्टुरेन्टमा खाना खाएको विल तिर्न प्रविधिले सहयोग गरेको मनकामना डेभलपमेन्ट बैंकका सूचना प्रविधि प्रमुख पवनकुमार शर्मा बताउँछन् ।