Wednesday, January 16, 2013

२० बर्षपछि बुढाबुढीमात्र ! - onlinekhabar

विश्व बैंकको तथ्यांकअनुसार नेपालबाट प्रतिवर्ष रोजगारका लागि करिब पाँच लाख ५४ हजार चारसय युवा विदेश जाने गरेका छन् । यो क्रम नरोकिने हो भने मुलुकको अवको २० बर्षपछि बुढाबुढीको देशमा गणना हुने अर्थशास्त्रका जानकारहरु बताउँछन् ।
मुलुकमा प्रतिवर्ष चार लाखजना श्रमबजारमा आउँछन् तर, रोजगारका लागि विश्वका एकसय आठ देशमा लगातार उक्तसोही संख्याको हाराहारीमा विदेशिने क्रम जारी रहेको छ । यो क्रम नरोकिए मुलुक बुढाबुढीको देशको रुपमा गणना नहोला भन्न सकिन्न । राष्ट्रिय जनगणना, २०६८ ले मुलुकमा कुल जनसंख्याको ४३ दशमलब ६९ प्रतिशत अर्थात एक करोड ६ लाख १२ हजार युवाको संख्या रहेको देखाएको छ ।
भारतमा रोजगारका लागि बाषिर्क कति नेपाली जान्छन् भन्ने तथ्यांक यकिन नभए पनि समग्रमा प्रतिवर्ष रोजगारका लागि सातदेखि आठ लाखको हाराहारीमा युवा बाहिरिएको अनुमान छ ।
अर्थविद् चन्द्रमणि अधिकारीले माक्सबाद, लेलिनवाद, जनवाद तथा बीपीवाद्भन्दा स्वदेशको बेरोजगारवाद कार्यसूचीमा नराख्ने हो भने अव २० बर्षमा नेपाल बुढाबुढीको देशमा गणना नहोला भन्न नसकिने बताए । रासस