तपाईँले छेउमा देखिरहनुभएको मूर्ति वज्रपाणीको हो। काठमाडौँ उपत्यकाका
अज्ञात कलाकारले यसलाई १० औँ शताब्दीको अन्त्यदेखि ११ औँ शताब्दीको
सुरुवाती वर्षताकाको बीचमा बनाएको विश्वास गरिएको छ। तर यो मूर्ति अहिले
काठमाडौँमा छैन। अमेरिकाको कुन चाहिँ धनाढ्यको निजी संग्रहमा यो कला सजिएको
छ। यी र यस्ता काठमाडौँ उपत्यकाका नेवार कलाकारहरुले बनाएका प्राचीन
सम्पदारुपी कलाहरुको प्रदर्शनी अहिले अमेरिकाको क्यालिफोर्नियास्थित
Crocker Art Museum मा “Celestial Realms: The Art of Nepal” शीर्षकमा
भइरहेको छ। आउँदो फेब्रुअरी १० तारिखसम्म जारी रहने यो प्रदर्शनीमा छिर्न
१० डलरको टिकट काट्नु पर्छ। नेपालका ४० वटा ऐतिहासिक सम्पदा अहिले विदेशी
भूमिमा सजिएका छन्। तिनीहरुलाई कसले चोरेर, बेचेर सात समुद्रपारी पुर्याए,
हामीलाई थाहा छैन। जसले गरे, उनीहरुले प्रशस्त सम्पति कमाए। तर राष्ट्रलाई
घात गरे।
म्युजियमले प्रदर्शनीमा राखेको परिचय-
क्यालिफोर्नियाको म्युजियममा अहिले प्रदर्शनीमा राखिएका मूर्तिहरु मध्ये थप केहीको फोटो-
भैरवको यो मूर्ति १७ औँ शताब्दीको हो।
सिद्धलक्ष्मीको यो मूर्ति पनि १७ औँ शताब्दीको हो।
यो पनि १७ औँ शताब्दीको मानिएको छ।
विक्रम संवत् २००७ सालमा नेपाल विश्वका लागि खुला भयो। त्यसपछि पञ्चायत कालमा यस्ता धेरै मूर्ति चोरिए, बाहिरिए। स्व. लैनसिंह वाङ्गदेलको ‘Stolen Images of Nepal’ र Jurgen Schick को ‘The Gods are leaving the country: art theft from Nepal’ पुस्तकले चोरिएका कलाकृतिबारे विश्वमा चेतना जगाउन मद्धत गर्यो। तर चोरिएका यस्ता सबै कलाकृतिलाई नेपाल फर्काउन इमान्दार प्रयास भने हुन सकेको छैन। जसरी इजिप्टमा भएको छ। उदाहरण हेर्नुस्।
लैनसिंह वाङ्गदेलको पुस्तकमा रहेका चोरिएका कलाकृतिका फोटो र जानकारीबारे विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुस् तपाईँलाई साँच्चिकै देशको माया लाग्छ भने यी चोरिएका, अङ्गभङ्ग पारिएका मूर्तिहरु देखेर मन रुनेछ। यसमा रहेका सबै मूर्तिहरु पञ्चायत कालमा चोरी भएका मूर्तिहरु हुन्।
चोर्नु जतिकै अपराध चोरी भएका सामान किन्नेको पनि मानिन्छ। त्यसैले वाङ्गदेल र Schick को पुस्तकमा रहेका चोरिएका मूर्तिका फोटोहरुलाई धेरैले आधार बनाएका छन्। तर चोरिएका सबै कलाकृतिको पूर्ण जानकारी भने त्यसमा छैन। काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रस्टले पनि चोरी भएका कलाकृतिबारे जानकारी अनलाइनमा राखेको छ। यहाँ चाहिँ पञ्चायत अन्त्य भएर बहुदल काल लागेपछि चोरी भएका कलाकृतिको जानकारी छ। हेरौँ केही जानकारी-
WINDOWS AND WALL NICHES
1. KATHMANDU, ITUM BAHA, KAYAGU NANI. KAYAGU AGACHE
2. PATAN, SWATHA TOL. SWATHA NARAYAN TEMPLE
3. PATAN, DARBAR SQUARE. CAR NARAYAN TEMPLE
4. PATAN, DARBAR SQUARE. VISVESVARA TEMPLE
5. PATAN, SWATHA TOL, RADHA KRISHNA TEMPLE
TYMPANA
1. PATAN, KWALKHU TOL. UMA MAHESHVARA TEMPLE
2. PATAN, SULIMA TOL. JOSHI AGAMCHEN
3. KATHMANDU, ASAN TOL. ANNAPURNA TEMPLE
4. PATAN, SULIMA TOL. SULIMA RATNESVARA TEMPLE
CARVED ROOF STRUTS
1. KATHMANDU, ITUM BAHA. KESH CHANDRA MAHAVIHAR
2. KATHMANDU, YETKHA TOL. YETKHA SATTAL
3. PATAN, SULIMA TOL. SULIMA RATNESVARA TEMPLE
4. PATAN, PATUKVA TOL, PATAN DARBAR WORLD HERITAGE SITE. LAKSHMI NARAYAN TEMPLE
5. PATAN, PATAN DARBAR WORLD HERITAGE SITE. TALEJU TEMPLE
6. KATHMANDU, CHUSYA BAHA
तपाईँले पनि विदेशमा कतै चोरिएका नेपाली कलाकृति देख्नुभएको भए सके फोटोसहितको जानकारी तल कमेन्टमा दिनुस्। अथवा कोही क्यालिफोर्नियामा हुनुहुन्छ भने फूर्सदमा यो म्युजियममा गएर त्यहाँ राखिएका नेपालका सबै कलाकृतिको फोटो खिचेर हामीलाई बाँड्न सक्नुहुन्छ। के थाहा, कसैले ठ्याक्कै यो कहाँबाट चोरिएको हो भनेर पत्ता लगाइहाल्छन् कि। अनि शायद सन् २००० मा बर्लिनको म्युजियमले हाम्रो मूर्ति हामीलाई नै फर्काए जस्तै फर्किन पनि सक्छ कि! म्युजियमको ठेगाना यहाँ छ।
म्युजियमले प्रदर्शनीमा राखेको परिचय-
Celestial Realms: The Art of Nepal from California Collections
On view on the Museum’s second floor.
The Newar people, who have inhabited Nepal’s Kathmandu Valley for centuries, are renowned for their skill as artisans, creating both Buddhist and Hindu sculptures, paintings, and architectural carvings. While Indian art inspired early Newari art, these artists developed a unique style that influenced both Tibetan and Chinese artists. This exhibition explores Newari art through paintings, ritual objects, and stone, wood, and bronze sculptures drawn from private California collections and the collection of the Crocker Art Museum. These 44 diverse works highlight the richness of Nepalese culture. A full-color catalogue featuring an essay by independent scholars Nancy Tingley, Ph.D., and Nutandhar Sharma will accompany the exhibition.
अमेरिकाको यही संग्रहालयमा मात्र नेपाली मूर्ति रहेको हैन। बोस्टनको म्युजियम अफ फाइन आर्टस, शिकागोको संग्रहालय लगायतका धेरै संग्रहालयमा यस्ता ऐतिहासिक कलाकृति सजाएर राखेको पाइन्छ। न्युयोर्कको ‘मेट्रोपोलिटेन म्युजियम अफ न्युर्योक’ मा पनि हाम्रा यस्ता चोरीका कलाकृति सजिएका छन्।नेपालबाट अमेरिका ल्याइएको भनिएको १३ औं शताब्दीमा निर्मित ठानिएको पद्मपाणी बुद्धको मुर्ति न्युयोर्कमा गत वर्ष भएको एक लिलाम बढाबढमा २४ लाख ९० हजार डलरमा बिक्री भएको थियो।