ट्याक्सी चालकले सर्वसाधारणलाई ठग्न र मनोमानी भाडा असुल्न मिटरलाई
दुरुपयोग गरेको भेटिएको छ । पछिल्लो तीन दिनको अनुगमनबाट करिब ७० वटा
ट्याक्सीले कुनै न कुनै ढंगले मिटर बिगारेको भेटिएको छ ।
'सर्वसाधारण यात्रुले मिटर कस्तो छ, जान्दैन,' महानगरीय ट्राफिक महाशाखाका डीएसपी एवं प्रवक्ता पवन गिरीले कान्तिपुरसित भने, 'बढी भयो भन्दैमा मिटरमा चढेको पैसा तिर्दिनँ भन्न मिल्दैन, त्यसैले बदमास ट्याक्सी चालकले मिटरलाई माध्यम बनाएर यात्रु ठग्दै छन् ।' तीन दिनको अवधिमा करिब तीन सय ट्याक्सीको अनुगमन भएको थियो । यो आधारमा हेर्दा करिब २५ प्रतिशत ट्याक्सी चालकले मिटर बिगारेको अनुमान छ ।
टयाक्सीमा जडित मिटरबाट तार निकालेर विभिन्न संयन्त्र वा उपकरणमा छुवाएर 'कल फास्ट' गरिन्छ । यो विधिबाट वास्तविक दूरीभन्दा छिटो नै भाडा बढी उठ्छ । हालको नियम अनुसार प्रति किलोमिटर ४२ रुपैयाँ भाडा निर्धारण भएकोमा कल फास्ट गरेपछि ७००/८०० मिटर दूरी तय हुनासाथ नै त्यति रकम मिटरमा देखिन्छ । 'यसबाट अत्यधिक भाडा उठी चालकले बढी नाफा कमाउँछन्,' डीएसपी गिरीले भने । गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा भाडादरको सेटिङ मिलाएपछि सिलबन्दी गर्छ । तर सिल तोड्ने र त्यो नमिले कल फास्ट गर्ने प्रवृत्ति पछिल्लो समय बढेको भेटिएको हो । मंगलबार १९, अघिल्लो दिन सोमबार १३ र आइतबार २५ वटा ट्याक्सीलाई महाशाखाले नियन्त्रणमा लिएको थियो, जसले मिटर तोडमोड गरेका थिए । यी बाहेक १ सय ५० भन्दा बढी ट्याक्सी कागजपत्र नबोकेको, मिटर नचलाई भाडा मागेको लगायतका आरोपमा पक्राउ परेका छन् । ट्याक्सीमा मनोमानी भाडा असुलेको आरोपमा हेलो सरकार लगायत विभिन्न सरोकारवाला र ट्राफिक महाशाखामा पनि गुनासो बढेको थियो । त्यसपछि सरोकारवाला पक्षसँग छलफल गरी महानगर र गुणस्तर तथा नापतौल विभागसँगको समन्वयमा महाशाखाले कारबाही सुरु गरेको हो । अधिकांशमा चालकहरूले तारलाई अन्य भागमा जोड्ने गरेको भेटिएको छ । ढोका, एन्टेना, तथा ट्याक्सीको अन्य भागमा मिटरबाट तार जोडी अर्थिङ भई बढी भाडा उठ्छ । यसबाहेक ट्याक्सीमै राखेको रेडियो, क्लच र ब्रेकमा पनि तार जोड्ने क्रम बढेको अनुगमनमा भेटिएको छ । ब्लेडले तार काटेर कनेक्सन गर्नेसम्मको बठ्याइँ गरेका चालकहरूले मिस्त्रीलाई दोष दिएर उम्कन खोजेको ट्राफिक प्रहरीहरू बताउँछन् । गुणस्तर तथा नापतौल विभागबाट अनुमति पाएका मिटरको पार्ट बेच्ने दुई पसल पनि निगरानीमा परेका छन् । मिटर हेरेर पैसा तिर्ने र त्यसमा उठेको पैसा नतिरे गाली खाने डरले पनि उपभोक्ताले ट्याक्सी चालकको गतिविधि निगरानी गर्दैनन् । त्यसमाथि हतारमा हुने हुनाले ठगिएको महसुस भए पनि उजुरी नगर्ने परिपाटीको चालकहरूले फाइदा उठाउने गरेको ट्राफिकले बतायो । भाडाको स्पष्ट जानकारी नहुँदा पनि यात्रुहरूले चालकलाई केरकार गर्दैनन् । सार्वजनिक यातायातको भरपर्दो व्यवस्था नभएको काठमाडौं उपत्यकामा रात्रिकालीन र हतारमा गन्तव्यमा पुग्नका लागि ट्याक्सी भरपर्दो माध्यम हो ।