Friday, January 11, 2013

अमेरिकी मेलामा '२० हजार नयाँ उत्पादन’ - ekantipur

योगेश खतिवडा 
विश्वकै सबैभन्दा ठूला विद्युतीय उपकरणको मेला उपभोग्य विद्युतीय उपकरण मेला (सीईएस) मा नयाँ प्रविधिको प्रदर्शनीको होड चलेको छ । जुवाडे सहरमा मंगलबारदेखि सुरु भएको मेलामा शुक्रबारसम्म चल्ने छ ।
विश्वभरको कम्पनीहरूले आफ्नो बजार प्रवर्द्धनका लागि नयाँ प्रविधिका उपकरण सार्वजनिक गरिरहेका छन् । आयोजक कन्ज्युमर इलेक्ट्रोनिक एसोसिएसनका अनुसार मेला अवधिमा २० हजार नयाँ उत्पादन सार्वजनिक हुने अनुमान गरिएको छ ।
नयाँ विशेषता भएको २० हजारभन्दा बढी नयाँ उत्पादनहरू यस साता सीईएसबाट सार्वजनिक हुने छन्, सीईएका अध्यक्ष तथा प्रमुख कार्यकारी ग्यारी सापिरोले नयाँ रेकर्डसहितको मेलाले धेरै उत्साहित बनाएको बताए । मेलामा ३ हजार २ सय ५० कम्पनीहरूले सहभागिता जनाएका छन् । नयाँ प्रविधिको प्रदर्शनीका साथै यस क्षेत्रका दिग्गजको प्रस्तुति रहेको मेला स्थल १९ लाख स्वायर फिटमा फैलिएको छ । अध्यक्ष सापिरोले प्रविधिसम्बन्धी विश्वका सबै मुख्य कम्पनी मेलामा सहभागी भएको बताएका छन् ।
बर्सेनि यसै स्थानमा हुने मेला अवलोकनका लागि हजारौं मानिस आइपुगेका छन् । यस वर्षको मेला अघिल्ला वर्षको भन्दा अझ रोचक भएको छ । टीभी कम्पनीहरूले ल्याएका नयाँ विशेषताका टेलिभिजन सार्वजनिक गरिरहेका छन् । सामसङ, सोनी, एलजीजस्ता कम्पनीले आकर्षक रूपमा नयाँ उत्पादन मेलामा राखेका छन् ।
अघिल्लो वर्ष माइक्रोसफ्टले मेलामा सहभागिता जनाएको थिएन । तर यस वर्ष माइक्रोसफ्टको सहभागितासँगै यसले हालै सार्वजनिक गरेको नयाँ अपरेटिङ सिस्टम विन्डोज ८ को चर्चा बढी भएको छ । टच स्क्रिनका प्रयोगकर्ताले विन्डोज ८ मन पराए पनि टच स्क्रिन भएका ल्यापटप र डेक्सटप प्रयोगकर्ताले विन्डोज ८ मन पराएका छैनन् ।
अघिल्ला मेलामा जस्तै यसपटक पनि टीभी कम्पनीका साथै अडियो उपकरण उत्पादन गर्ने कम्पनी, क्यामेरा, कारका प्रविधिले विशेष स्थान पाएको छ । अल्ट्रा एचडीटीभी, हाइबि्रड ट्याब्लेट्स, सहज खालको टच स्त्रिmन डिस्प्ले, एप्स र मोबाइल सोलुसन छन् ।
मेलामार्फत एलजीले ५५ इन्चको ओ एलईडी टीभी सार्वजनिक गरेको छ । ओ एलईडी पछिल्लो प्रविधि हो । सार्प कम्पनीले ८५ इन्चको १६ एक्स रिजोलुसनको एचडीटीभी ल्याएको हो । मेलाको अवसरमै फुजी फिल्मले एक्स सिरिजका २ वटा क्यामेरा ल्याएको छ । एक्स १०० ए र एक्स २० क्यामेरा खुल्न ० दशमलव ५ सेकेन्ड लाख्छ भने ० दशमलव १ सेकेन्डमा फोटो खिच्न सक्छ । हुवावेले विश्वकै सबैभन्दा ठूलो ६ दशमलव १ इन्चको स्मार्ट फोन पनि मेलामा सार्वजनिक गरेको छ । सामसङ र पानोसानिकले नयाँ सिरिजका टीभी ल्याएका छन् ।
पुराना मोनिटरमा पनि टच गरेर विन्डोज ८ माइक्रोसफ्टले स्मार्ट फोन र टच स्क्रिनलाई केन्द्रित गरेर सार्वजनिक गरेर पछिल्लो विन्डोज ८ अपरेटिङ स्टिम टच स्क्रिन डिभाइस प्रयोगकर्ता माझ लोकप्रिय छैन । टच स्क्रिनबिना विन्डोज ८ चलाउनले यो झन्झटिलो भएको गुनासो गरिरहेको बेला एक कम्पनीले टच स्त्रिmन नभएका डिभाइसमा विन्डोज ८ चलानका लागि डिजिटल पेन ल्याएको छ । अमेरिकी कम्पनी इफनले मेलाबाट सार्वजनिक गरेको यो डिभाइसमा रहेको चुम्बकमार्फत काम गर्ने कम्पनीले जनाएको छ । कम्पनीले केही महिनाभित्रै बजारमा यो उत्पादन सार्वजनिक गर्ने घोषणा पनि गरेको छ ।
आइफोनको खोल आइफोनभन्दा महँगो अमेरिकी बजारमा प्याकेजमा लियो भने आइफोन १ सय ९९ मा आउँछ । तर यही ठाउँमा त्यही आइफोनका लागि त्योभन्दा धेरै बढी मूल्यको खोल सार्वजनिक भएको छ ।
मेलामार्फत पत्याउनै गाह्रो हुने गरी एक कम्पनीले ६ सय ५० अमेरिकी डलरको आइफोन राख्ने केस सार्वजनिक गरेको छ । गोहीको छाला भएको भनिएको यस केस लुसियन इलेमेन्ट कम्पनीले मेलामा सार्वजनिक गरेको हो । कम्पनीले आफूले ७ सय ५० डलरका केससमेत बनाएको बताएको छ ।