
लसएञ्जल्स । अमेरीकी शहर लसएञ्जल्स हलिउडका लागि प्रसिद्ध छ । विश्वकै ठुलो सिनेमा उद्योगका रुपमा चिनिने हलिउडको आफ्नै ख्याति र पहिचान पनि छ । तर, लसएञ्जल्सको ख्यातीलाई अघि बढाउँदै छ, एउटा हिन्दु मन्दिर । अमेरीकामा भएका हिन्दु मन्दिरमध्ये सबैभन्दा ठुलो यो मन्दिर बिएपिएस स्वामिनारायण संस्थाले बनाएको हो । यो हिन्दु मन्दिर हलिउडको छेउमा छ र अहिले धेरै पर्यटकको आकर्षणको केन्द्रबिन्दु पनि बनेको छ ।

विश्वै पहिलो भुकम्प प्रतिरोधक भनिएको यस मन्दिरको निर्माण लागत १० करोड अमेरिकी डलर(आठ अर्ब ५० करोड रुपैयाँ) छ । निर्माण संस्थाकाअनुसार यो मन्दिर एक हजार वर्ष सम्म टिक्न सक्छ ।

२० एकड क्षेत्रमा फैलिएको यस मन्दिरमा सोर्य उर्जा मार्फत विद्युत आपुर्ति हुने गर्छ ।

मन्दिर निर्माणमा आधुनीक एवं परम्परागत दुवै प्रविधि अपनाइएको छ । भब्य देखिने यस मन्दिमा आर्कषक बुट्टाहरु छन् ।

मन्दिरमा भएका टुँडालले यसको आर्कषण झनै बढाएको छ । मन्दिर निर्माणमा ३५ हजार टुक्रा इटालिका मार्बल प्रयोग गरिएको छ । यी मार्बलमा भब्य आकृति कुँदिएका छन् ।

११२ वटा खम्बा भएको यस मन्दिरको उद्घाटन २३ डिसेम्बरमा भएको हो । मन्दिर परिसरमा कमलको पूल आकारको पोखरी, जिम्नेसियम, साँस्कृतिक केन्द्र र आवास गृह समेत छ ।

मन्दिर निर्माणमा ३५ हजार टुक्रा इटालिका मार्बल प्रयोग गरिएको छ । यी मार्बलमा भब्य आकृति कुँदिएका छन् ।
तस्वीर साभारः बिएपिएस स्वमीनारायण संस्था