Wednesday, March 13, 2013

हमालको प्रेमिकाको तस्बिर सार्वजनिक, मधुले बनाएको केकको फ्यान हमाल - onlinekhabar

नायक राजेश हमालले आफ्नो प्रेमिका भएको बताएपनि सार्वजनिक भने गरेका थिएनन् । तर गत शुक्रबार साप्ताहिकले स्केच सहित मधुको अन्र्तवार्ता सार्वजनिक गरेको थियो । तर हमालले विगत ७ बर्षदेखि लुकाएर राखेकी मधुको वास्तविक तस्बिर भने सार्वजनिक भएको छ ।

विराटनगर निवासी मधुले विभिन्न खालका व्युटी प्याजेन्टमा भाग लिएकी छिन् । उनले सन् २००२ मा आयोजना गरिएको ‘मेघा मोडल कन्टेष्ट’ र सन् २००४ मा आयोजना गरिएको ‘लक्स व्युटी स्टार’ मा भाग लिएका थिइन् ।
कसरी भयो मधु र हमालको भेट ?
विराटनगरकी मधु भट्टराई र नायक राजेश हमालको भेट ‘लक्स व्युटी स्टार’ मा भएको थियो । सन् २००४ मा आयोजना गरिएको यो कन्टेष्टमा हमाल प्रमुख निर्णायकको रुपमा पुगेका थिए । मधुले विभिन्न चरणमा देखाएको प्रस्तुतीले हमाल प्रभावित थिए । तर अन्तिम ५ मा पुगेकी मधुले हमालको प्रश्नको जवाफ भने सहि तरिकाले दिन सकिनन् । हमालको अगाडी मधु नर्भस भएको बताइन्छ ।

यसैले उनले यो प्रतियोगितामा फस्ट रनरअपको ताज जितेकी थिइन् । कार्यक्रम सकिएपछि हमाल र मधुको भेट भएको थियो । जहाँ हमालले मधुलाई आफ्नो भिजिटिङ कार्ड दिएका थिए । यसपछि मधु र हमालको इमेलमा कुरा हुन थाल्यो । यसको डेढ बर्षपछि मधुले हमाललाई प्रेम प्रस्ताव राखेको श्रोत बताउँछ । तर मधुले राखेको प्रेम प्रस्तावलाई हमालले तत्काल स्विकार गरेनन् । तर इमेलमा यि दुइको वार्तालाप भने चल्दै थियो । मधुको प्रेम प्रस्ताव पश्चात हमालले उनलाई बारम्बार भेट पनि गरेका थिए । मधुले प्रेम प्रस्ताव राखेको करिब ६ महिना पछि हमालले उनको प्रेमलाई स्विकार गरेका थिए । हमाल र मधुको प्रेमसम्बन्ध चलेको करिब ६ बर्ष भएको बताइएको छ ।
को हुन् मधु ?
५ फिट ६ इन्च अग्ली मधु विराटनगर निवासी हुन् । धनु राशी भएको मधुको एक दिदी छिन् । मधुको वुवाको २ बर्ष अघि निधन भैसकेको छ । हाल स्नातकको पढाइ सकेर बसेकी मधु लाजिम्पाटमा बस्ने बुझिएको छ । नायक हमालले उनलाई फ्ल्याटमा राखेका छन् । मधु हाल कुनै पनि काममा आवद्ध छैनन् ।मधुले बनाएको केकको फ्यान हमाल
नायक राजेश हमाल मधुले बनाएको चकलेटी केकको फ्यान हुन् । हमालको जन्मदिनमा सधै नै मधुले बनाएको केक काटिन्छ । मधुको परिवार पनि हमालसँग बिहेका लागि राजी भैसकेका छन् । यसैले पनि यि दुइको चाडै बिहे हुने बुझिएको छ । हमाल मधुसँग नजिक र आकषिर्त हुनुको मुख्य कारण नै उनको बोलीचाली र सोचाइ हो । ‘मधु आम केटी भन्दा फरक छिन्, उनको सोचाई धेरै माथीको छ’, यसैले पनि हमाल आकषिर्त छन्, श्रोतले भन्यो ।
तस्वीरः साइबरसंसार डटकम