जापानमा ड्राइभरले चलाउनु नपर्ने कारको निर्माण गरिएको छ । एक जना मात्र
यात्रु चढ्न मिल्ने यो फुच्चे रोबोट कारको निर्माण जापानी कम्पनी हिटाचीले
गरेको हो । रोपिट्स नाम दिइएको यो कारको इबाराकीस्थित सुकुबा सहरमा
परीक्षण गरिएको छ ।
यो कारले यात्रुलाई आफै गन्तव्य सम्म पूराउँछ । मान्छे चढ्ने र ओर्लने बेलामा रोकिन्छ । साथै इमर्जेन्सी पर्दा भने यात्रुले पनि यो कारलाई नियन्त्रणमा लिएर रोक्न वा मोड्न सक्छ ।

जापानमा बढ्दै गरेका बुढाबुढीको जनसंख्यालाई लक्षित गर्दै बनाइएको यो कार खासगरी हिँडडुल गर्न नसक्ने तथा गाडि चलाउन पनि नजान्नेहरुका लागि उपयोगी हुने विश्वास गरिएको छ । साथै यो सानो आकारको हुनाले साँघुरा गल्ली पनि छिचोल्न सक्छ ।
यो रोबोट कारमा जिपिएस प्रविधि जडान गरिएको छ जसका कारण यसले आफ्नो बाटो पहिल्याउन सक्छ । साथै यसमा भएको लेजर सेन्सरले बाटोका अवरोधबारे जानकारी दिने र गाइरो सेन्सरले खाल्डाखुल्डी भएको ठाउँमा पनि कारलाई सन्तुलन गर्न सहयोग गर्ने बताइएको छ । हेरौँ यो फुच्चे रोबोट कार