नाजी शैलीले अभिवादन गरेपछि ग्रीसका एक
फुटबलरलाई राष्ट्रिय टोलीबाट खेल्न आजीवन प्रतिवन्ध लगाएको छ । सुपर लिगमा
शनिबार भएको खेलमा भेरियाविरुद्ध गोल गरेपछि एइके इथेन्सका जियोर्गोस
काटिदिसले खुसी मनाउने क्रममा नाजी शैलीमा अभिवादन गरेका थिए ।
यू–१९ टोलीका कप्तान समेत भइसकेका २०
वर्षीय जियोर्गोस मिडिफिल्डर हुन् । ग्रीसको फुटबल फेडेरेशनले जियोर्गोसले
उकास्ने काम गरेको र यसले नाजीको अत्याचारको शिकार भएका पीडितको अपमान भएको
ठहर गरेको हो ।
जियोर्गोसले भने नाजी शैलीमा अभिवानदन
गरेको आरोप अस्वीकार गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्–म कुनै फासीवादी
मानिस हैन र यदि मलाई यसको अर्थ थाहा भएको भए गर्ने पनि थिइनँ ।’ उनले
आफूले दर्शकदिर्घामा रहेका आफ्ना साथीहरुतर्फ मात्र इशारा गरेको बताए ।
एइकेका जर्मन मुलका प्रशिक्षक इवाल्ड
लीनेनले उनको सर्मथन रेका छन् । उनले भनेका छन्–उनी बच्चा छन् र कुनै
राजनीतिक विचारधारा छैन । उनले इन्टरनेट वा अन्त कतै यस्तो अभिवादन गरको
देखेका होलान र कुनै अर्थ नबुझी गरे ।’ उनको क्लबले पनि जियोर्गोसलाई सफाई
दिन बोर्डलाई आग्रह गर्ने बताएको छ ।