खानामा सलादको रुपमा, अचार बनाएर वा खाली
चपाएर पनि हामीले गाजर खाइरहेका हुन्छौँ । खासै महंगो नपर्ने, देख्दा पनि
राम्रो र खाँदा पनि मीठो हुने भएकाले गाजर हाम्रो भान्साको अभिन्न अंग नै
बनेको हुन्छ ।
हामीले गाजर त खाइरहेकै हुन्छौँ तर यसको
फाइदाका बारेमा उतिसारो जानकारी नहुनसक्छ । गाजर खानुको फाइदा वा महत्व
नबुझेकै कारण हामीले यसको सेवनलाई नियमित नबनाएका पनि हुनसक्छौँ । आखिर
गाजर कत्तिको हितकारी तरकारी हो त ? यसका फाइदा के के छन् ? एकछिन मन्थन
गरौँ :
१.आँखाको शक्ति बढाउँछ -
गाजर आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक छ । गाजरमा प्रसस्तै बिटा
क्यारोटिन नामक तत्व पाइन्छ जुसबाट भिटामिन ए बन्दछ । गाजरको नियमित सेवनले
भिटामिन एको कमीले हुने रतन्धो लगायतका रोगको जोखिम कम हुन्छ र मान्छेको
दृश्यक्षमता बढ्छ ।
२.क्यान्सरबाट बचाउँछ -
अध्ययन अनुसार गाजरको सेवनले कलेजो, स्तन तथा आन्ध्राको क्यान्सरको खतरा कम
गर्छ । गाजरमा पाइने फालक्यारिनोल तथा फालक्यारिन्डायोल तत्वमा क्यान्सर
प्रतिरोधी गुण हुन्छ ।
३.बुढ्यौली रोक्छ -
यद्यपि बुढ्यौली सर्वव्यापी सत्य हो । तर नियमित रुपमा गाजर खानाले वै्शमै
बुढो देखिने समस्या कम हुन्छ । अर्थात् गाजरले मानिसलाई जवान बनाउँछ ।
गाजरमा हुने एन्टीअक्सिडेन्ट नामक तत्वले कोषको क्षयीकरण रोक्छ र
बुढ्यौलीका लक्षण कम गर्छ ।
४. छालाको चमक बढाउँछ -
भिटामिन ए, एन्टिअक्सिडेन्ट लगायतका तत्वले छालालाई घामले डढ्नबाट बचाउँछ ।
गाजरको नियमित सेवनले छाला चाउरी पर्ने, सुख्खा हुने, धब्बा देखिने
लगायतका समस्या कम हुन्छन् ।
५.घाउ निको पार्छ - गाजरलाई लेदो बनाएर चोटपटक वा घाउमा लेप लगाएमा घाउमा संक्रमण हुन पाउँदैन र घाउ छिटो निको हुन्छ ।
६.अनुहारको सुन्दरताका लागि
गाजरको लेप बनाएर मज्जाले लगाउने, केहीबेर राख्ने र पखाल्ने गर्न सकिन्छ ।
यसो गरेमा अनुहारको छाला चमकदार बन्छ र विभिन्न खाले धब्बा पनि हट्छन् ।
७.हृदयरोगबाट बचाउँछ -
गाजरमा बिटा क्यारोटिन, अल्फा क्यारोटिन तथा ल्युटिन जस्ता तत्व पाइन्छ
जसले मुटुका विभिन्न रोगको जोखिम कम गर्छ । गाजरको नियमित सेवनले रगतमा
कोलेस्टेरोलको मात्रा कम गर्छ । गाजरमा प्रसस्त फाइबर पनि पाइन्छ ।
८.सरीर सफा गर्छ -
गाजरले सरीरमा भएका विषाक्त पदार्थ निष्काशन गर्न सहयोग गर्छ । गाजरमा
पाइने भिटामिन ए ले विषाक्त पदार्थ निष्काशन गर्न कलेजोलाई सहयोग गर्छ ।
यसले कलेजोमा बोसो र पित्तको मात्रा घटाउँछ, साथै आन्ध्रालाई पनि सफा गर्न
मद्दत गर्छ ।
९.स्वस्थ दाँत र गिजा-
नियमित रुपमा गाजर खानेको दाँत, गिजा तथा मुख सफा हुन्छ । मज्जाले गाजर
चपाएर खाँदा दाँत सफा हुन्छ र दाँतको बिचमा अडि्कएका खानाका टुक्रा पनि
निस्कन्छन् । गाजर खाँदा प्रसस्तै र्याल पनि निस्कन्छ । यो क्षारिय हुने
भएकाले मुखमा अमिलोपनबाट उत्पन्न हुने जिवााणु कम गर्नुका साथै पाचन
प्रक्रिया पनि ठीक राख्छ । मुख गन्हाउने, तथा दाँत किराले खाने जस्ता
समस्याबाट मुक्ति पाउन पनि नियमित रुपमा गाजर खानुपर्छ ।
१०. हृदयाघातबाट बचाउँछ- अमेरिकाको हार्वाड विश्वविद्यालयमा गरिएको अनुसन्धानले हप्तामा ६ वटा भन्दा बढि गाजर खाने मान्छेमा हृदयाघातको खतरा कम हुन्छ ।