करिव १५ हजार यात्रुहरु बोकेर डुबेको ऐतिहासीक टाईटानिक जहाजकै स्वरुपमा
अर्को जहाज बन्ने भएको छ । अष्ट्रेलियाका एक अर्बपति व्यापारीले बनाउन
लागेको जहाजको डिजाईनर माक्र्कु कानेर्वा हुन । सन् २०१६ मा यात्राका लागी
तयार हुने गरी जहाज निर्माण गर्न लागीएको कार्नर्वाले बताए । आफ्नो जमानामा
अत्याधुनिक एवं सुरक्षित मानिएको टाईटानिक झै यो जहाजको नाम पनि
टाईटानिक–२ रहने छ ।
कानेर्वाले जहाजलाई विश्वकै सुरक्षीत जहाजको पगरी पनि गुथाईसकेका छन् । उनले टाईटानिक–२ को जत्रो आकारको पृथ्वीमा अर्काे जहाज नहुने दावी समेत गरे । सन् १९१२ मा सामुन्द्रिक बरफमा ठोक्कीएर दुर्घटनाग्रस्त भएको जहाका बारेमा पनि यस्तै खालका दावी थिए । त्यस बखतको दुर्घटनामा हजारौंको ज्यान जानुमा जहाजमा प्रसस्त लाइफबोट नहुनुलाई प्रमुख कारण मानिएको थियो । यो समस्यालाई समाधान गर्न नयाँ जहाजमा प्रशस्त लाईफबोट राखिने छ ।
टाईटानिकको किस्सा मात्रै सुनेका र फिल्ममा मात्रै देखेका आजका पुस्ताका ४० हजार मानिसले नयाँ जहाजमा चढन अहिले नै बुकिङ गरिसकेका छन् । जहाजको ब्लुप्रिन्ट हालै मात्रै न्यूयोर्कमा सार्वजनिक गरिएको थियो । ब्लुप्रीन्ट अनुसार जहाजमा १९९७ को ब्लकबस्टर फिल्म टाईटानिकको जस्तै भब्य हल तथा कोठा हुनेछन् ।
जहाजको पहिलो यात्रा सन् २०१६ को अन्तिम महिनामा हुने बताइएको छ । पहिलो यात्रा पनि पुरानो जहाज दुर्घटना भएको दिन यात्रा सुरु भएको ठाउँ इंगल्याण्डको साउथह्याम्टनबाट नै हुने तय भएको छ ।