अन्तरिम चुनाबी मन्त्रिपरिषद् अध्यक्ष
खिलराज रेग्मीले आन्दोलनरत दलहरुलाई सडक आन्दोलन छोडेर चुनावमा आउन आग्रह
गर्नु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा अन्तरिम चुनाबी
मन्त्रिपरिषद् अध्यक्षको पदभार ग्रहण गर्दै रेग्मीले विरोधमा उत्रिएका २२
दललाई रेग्मीले चुनावमा आउन आग्रह गर्नु भएको हो ।






उहाँले राजनीतिक दलहरुकै सहयोगमा निर्वाचन
सम्पन्न हुने विश्वास समेत व्यक्त गर्नु भयो । रेग्मीले आफूलाई चुनाबी
सरकारको जिम्मेवारी दिइएकोमा प्रमुख चार दलका नेताहरुप्रति आभारसमेत
व्यक्त गर्नुभएको छ । यसअघि विहीवार विहान खिलराज रेग्मीले राष्ट्रपति भवन
शीलत निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण लिनुभएको थियो । राष्ट्रपति
भवनमा रेग्मीले राष्ट्रपतिबाट सपथ लिनुभएको थियो भने र दुई मन्त्री माधव
घिमिरे र हरिप्रसाद न्यौपानेलाई रेग्मीले पद तथा गोपनीयताको सपथ ग्रहण
गराउनुभएको थियो ।



