पाका कम्युनिष्ट नेता चित्रबहादुर केसी अन्य कम्युनिष्ट नेताहरुका
तुलनामा फरक हुनुहुन्छ- प्रस्तुति, शब्द, शैली र मान्यताका हिसावले।
वास्तविक जीवनमा पनि उहाँ नेताभन्दा पृथक हुनुहुन्छ- सरल र आडम्बरहीन।
कम्युनिष्टहरुको सैद्धान्तिक लफ्फाजीमा चाहिँ उहाँ अरुभन्दा कुनै हिसावले
पृथक हुनुहुन्न। तर धरातलको ज्ञान, राजनीतिक समझ र घटनाहरुको विश्लेषणमा
तीक्ष्णता उहाँको विशेषता हो। समकालीन राजनीतिका अन्तरद्वन्द्वलाई
केन्द्रमा राखेर केसीसँग किशोर नेपालको वार्ता :
नेपालको कम्युनिस्ट आन्दोलनमा
तपाईँ लामो समयदेखि लागिरहनुभएको छ। धेरै उतारचढाव देख्नुभएको छ। अहिले जुन
राजनीतिक खेल भइरहेका छन्, त्यसलाई कसरी हेर्नुभएको छ?
यस्ता खेल त बहुदल आउनुभन्दा अघि पनि हुँदा रहेछन् नेपालमा। शासकहरूका बीचमा विदेशीका खेल, ती प्रायः गोप्य नै रहने गर्थे। तपाईँ हामी जस्तो सामान्य मान्छेले थाहै पाउँदैन थियौँ। थाहा पाइहाले पनि हो कि होइन जस्तो लाग्थ्यो। अहिले धेरै खुला भयो। मिडियाले पनि खोजखबर गर्न थाले। नेताहरूले पनि कतिपय कुरा भन्दिन भन्दा खुस्कन्छ। त्यसो हुँदा शासकहरूका बीचमा, विदेशीका बीचमा हुने चलखेल अहिले सार्वजनिक भइरहेका छन्। अहिले सार्वजनिक हुने गरेकाले हामीलाई अचम्म लाग्छ। पहिला गोप्य हुन्थ्यो, अहिले सार्वजनिक हुन्छ। त्यही फरक हो।
यो सार्वजनिक त भएको छ तर पारदर्शी त छैन नि?
अझै पनि त्यो पारदर्शी त छैन। त्यो व्यवहारले प्रकट हुन्छ। अनि बाहिर आएपछि हामीलाई ऐनाजस्तै छर्लंग हुन्छ। अहिले सबैभन्दा चर्चाको कुरा के हो भने संविधान सभाद्वारा संविधान बन्नुपर्छ भनेर हामीले संघर्ष गर्यौँ । संविधान सभाको निर्वाचन पनि भयो। नेपाली जनतालाई कस्तो संविधान चाहिएको हो? नेपालको राज्य पुनःसंरचना कसरी हुनुपर्ने हो? भन्ने कुरा नेपालीहरूले नै निर्णय गर्न पाउनुपर्ने अवस्था रहेन। विदेशीलाई नेपालमा कस्तो संविधान चाहिन्छ, त्यो हिसाबले यहाँ गतिविधि बढ्यो। र, राज्यको पुनःसंरचना पनि कसरी हुनुपर्छ भन्ने कुरा विदेशीलाई के लाग्छ भन्ने हिसाबमा संधिदान बन्नै सकेन। सबैभन्दा ठूलो समस्या यहीँनेर पर्यो। अब राजनीतिक पार्टीहरू पनि पार्टी चलाउनुपर्ने, सरकार चलाउनुपर्ने, सत्तामा जानुपर्ने, त्यसो हुनाले विदेशीको सुझावले मात्र भएन, भौतिक सहायता पनि चाहियो। त्यसो हुनाले हाम्रो मुलुक र यहाँका पार्टीहरू स्वतन्त्ररूपले चल्न सकेनन्। पार्टी नचलेपछि शासक चल्ने कुरा भएन। त्यसले देशको सार्वभौमिकता, अखण्डता र राष्ट्रियता नै असाध्यै धरापमा परेको मलाईचाहिँ महसुस हुन्छ।
अहिले यो नयाँ खेल आयो नि प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाएर निर्वाचन गराउने भन्ने। यो खेलबारे के भन्नुहुन्छ?
यो खेलका पछाडि मैले आफूले बुझेको, महसुस गरेको नेपालमा बहुदलीय व्यवस्था आउनुअघि राणा शासन थियो र त्यहाँ जनताका कुनै अधिकार थिएनन्। एउटै परिवारले नै सबै कुरा चलाउँथे र तिनीहरूलाई विदेशीले चलाउँथे। सत्तामा बस्नका लागि विदेशीका विभिन्न सर्त उनीहरूले मानेको हामीले कम थाहा पाउँथ्यौँ। अहिले यो बहुदलीय व्यवस्था आइसकेपछि विधायिकासित र कार्यपालिकासित विदेशीहरूले विभिन्न सन्धि/सम्झौता गरे। जुन देशको सार्वभौमिकता, अखण्डता र राष्ट्रियतासँग जोडिन्थ्यो। त्यो सम्झौतालाई विशेष गरेर रोक्ने वा खारेज नै गर्ने काम न्यायपालिकाले गर्दै आयो। उदाहरणका लागि ०४८ सालको आमनिर्वाचनपछि गिरिजाप्रसाद कोइराला प्रम हुनुहुन्थो। उहाँ भारत गएर टनकपुर सम्झौता गर्नुभयो। यहाँ आउँदा सम्झौता भएको होइन, सिर्फ समझदारीमात्र भएको हो भन्ने कुरा नेपाली जनतालाई सुनाइयो। थाहा पाउनेहरूले मानेनन् र सर्वोच्चमा रिट नै हाले। सर्वोच्चले फैसला के गर्यो भने, 'यो शासक-शासकबीचको समझदारी होइन। सम्झौता नै हो। यसले ०४७ को संविधानको धारा १२६ नै आकर्षित हुन्छ।' त्यसले गर्दा कार्यकारिणीहरूलाई अफ्ठ्यारो पर्थ्यो। यसलाई कम्जोर पार्ने कार्यकारीणीहरूमात्र हैन, विदेशीहरू पनि लागिपरेका त्यसैले हो। उनीहरूले त्यो मौका खोजिरहेका बेलामा, संविधान सभा विघटन भएको बेला, उनीहरूले यो कुरा उठाएका हुन्। बाहिर सुन्नमा पनि आयो- अमेरिकन, युरोपियन युनियन र भारतीयहरूले पनि प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाएर अगाडि बढ्न सुझाव दिए भनेर। हामीले राष्ट्रपतिसँग गएर सोध्यौँ पनि, उहाँले ‘मेरो प्रस्ताव हो, भन्न हिच्किचाउनुभयो। ‘म प्रभावित भएकोमात्र हो' भन्नुभयो। राजनीतिक दलबाटै प्रम बनाउनुपर्ने समयमा प्रधान न्यायाधीशलाई बनाउनु भनेको आफ्नो स्वार्थका बारेमा मात्र पार्टीहरूले सोचे भन्ने प्रष्ट हुन्छ। बहुदलीय व्यवस्थामा चोर भए पनि चण्डाल भए पनि राजनीतिक पार्टी नै देशका खम्बा हुन्। त्यस कारणले उनीहरूलाई बाइपास गरेर एउटा कर्मचारीलाई, जसको जनतासँग कुनै सरोकारै छैन, सम्पर्कै छैन, उसलाई सिँगारेर प्रम बनाएर संविधान सभाको चुनाव गराउने जिम्मा दिने भन्ने कुरा उडन्ते जस्तो लाग्छ। यो गलत भइरहेको छ।
यसका पछाडि संविधान सभाको चुनाव गर्नभन्दा पनि माओवादीका आफ्ना एजेन्डा छ। यही सिलसिलामा ऊ आफ्ना एजेन्डा पास गराउन चाहन्छ। मोर्चाको आफ्नो एजेण्डा छ। माओवादी सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आफ्नो अनुकूल बनाउने प्रयत्नमा छ। त्यसलाई विदेशीहरू मान्दैनन्। त्यसैले माओवादीलाई अप्ठ्यारो परिरहेको छ। मोर्चा सकेसम्म धेरै भारतीयलाई नागरिकता दिलाएर चुनाव आफ्नो पक्षमा गराउने दाउमा छ।
चित्रबहादुरजी तपाईँ मोर्चाका नेताहरूलाई गम्भीर आरोप लगाउँदै हुनुहुन्छ नि?
आरोप होइन, सत्य हो। उहाँहरू भारत स्वार्थको प्रतिनिधित्व गर्नुहुन्छ। मैले त संसदमै पनि भनेको थिएँ- 'गोरखपुर घर है, क्या डर है।' मैले लुकाएर गरेको छु र राजनीति? उहाँहरूको जति पनि अभिव्यक्ति आउँछ, त्यो केवल मधेसी र पहाडी जनताबीचको अन्तरविरोध बढाउनेखालको आउँछ। पृथ्वीनारायण शाहले मधेसलाई पहाडीहरूको उपनिवेस बनाए, त्यसबाट हामीले मुक्ति पाउनुपर्छ भन्छन्।
नेपालको कम्युनिष्ट आन्दोलन जीवित नै भारतको विरोध गरेर भएको छ। मान्नुहुन्छ?
भारतका नेता र शासकहरूले नेपालमाथि गर्ने जुन प्रकारको थिचोमिचो हो, त्यसका विरुद्धमा हो। भारतीय जनतासँग त नेपाली जनताको के विरोध छ र, के रिसइबी छ र? पहिला इस्ट इन्डिया कम्पनीले यहाँका राणालाई खेलाए। राणाहरूले तिनका चौकिदारी गरे, चाकडी गरे र हामीलाई रैती बनाएर लुटे। उनीहरूका ठाउँमा जो जति पनि शासकहरू पछि आए, उनीहरूले पनि भारतकै चाकडी गरेर गरेका असमान सन्धि सम्झौता त यी सबैको उदाहरण नै हो नि। भारतको विरोध गर्योक भने क्रान्तिकारी भइन्छ भन्छन्। त्यो होइन। सत्य के हो, त्यसको वकालत त गर्नैपर्यो नि। कतिपय भारतीय अपराधी पक्राउ परेपछि नेपाली नागरिकता देखाउँछन्।
त्यो नेपाली राज्यको कमजोरी हो प्रशासनको कमजोरी हो। हैन र?
हो। त्यही कामचाहिँ चीनमा, बंगलादेशमा, पाकिस्तानमा भारतले गर्न सक्दैन नि। यहाँका प्रशासकहरू, राजनेताहरूको कमजोरी लाचारीलाई त मैले इन्कार गरेकै छैन।
तपाईँका राजनीतिक सहकर्मीहरू आफैँ भारतमा गएर बारम्बार लम्पसार परेका कुरा सुनिन्छ। कम्युनिष्ट नेताहरू पनि गए, अभयदान लिएर आए। त्यो कुरा त कसैले भन्नैपर्दैन, सबैले देखेकै कुरा हो। अब अहिलेकै घटनामा भन्नूस् न, मसँग एउटै आमसभामा एउटै मञ्चबाट, 'बहालवाला प्रधान न्यायाधीश कहाँ हुन्छ प्रम बनाउन?' भनेको म नै साक्षी छु। त्यसपछि दुई दिन, तीन दिन नहुँदै लत्रक्क परेर 'राम्रो विकल्प त होइन, तर अड्को-पड्को तेलको धूप' भनेको पनि सुनेको छु। यहाँकै राजनेताहरूको मुख्य जिम्मेवारी लिएर बसेकाको कमजोरीकै फाइदा कसैले लिएको हो। स्पष्ट, राम्रो अडान लिनै सकेनन्।
किन त्यस्तो भयो त? आफ्नै राजनीतिज्ञहरूको विश्लेषण गरौँ न।
स्वार्थ। व्यक्तिगत महŒवाकांक्षा, पद, प्रतिष्ठा राजनीतिलाई व्यापारका रूपमा हेर्ने प्रवृति। शक्ति बनाउनका लागि पार्टी खोल्नुपर्योत। पार्टी खोलिसकेपछि बलियो हुन पनि सहायता चाहियो। पार्टी बलियो भएपछि सत्तामा जान पनि आशीर्वाद नै चाहियो। सत्तामा गइसकेपछि टिकिरहन पनि समर्थन चाहियो। त्यसैले पार्टीका दलगत, गुटगत र व्यक्तिगत स्वार्थका कारण पनि देशको सार्वभौमिकता, अखण्डता र राष्ट्रियतामाथि पनि सौदाबाजी भयो।
त्यो त सबैलाई थाहा छ। कारण के त? हरेक कुराका पछाडि ठूलो कारण त हुन्छ नि?
नेपाली जनता अशिक्षित छन्। गरिब छन्। तर यी दलका नेताहरू जस्तो नैतिकताको खडेरी उनीहरूमा छैन। राजनेता भनाउँदाहरूमा त नैतिकता नै छैन। हामीले जसलाई बढी टाठाबाठा, बुद्धि बेचेर खाने भन्छौँ, उनीहरू ज्यादा कमजोर छन्। म राजनेता मात्र पनि भन्दिन कि, बौद्धिक क्षेत्रमा काम गर्ने मान्छेहरूमा पनि व्यक्तिगत स्वार्थ, व्यक्तिगत पद/प्रतिष्ठा सबैभन्दा बढी प्राथमिकताको विषय हुन्छ। उनीहरू संघर्ष गर्नुभन्दा सम्झौता गरेर जीवन निर्वाह गर्छन्।
तपाईँ प्रखर वक्ता हुनुहुन्छ। सबैले मानेका नेता हुनुहुन्छ। तैपनि नेपालको कम्युनिष्ट आन्दोलन बेवारिसे भएको छ। मान्नुहुन्छ?
जसरी कम्युनिष्ट आन्दोलनलाई ठीक ठाउँमा लगेर त्यसलाई ठीक ठाउँमा पुर्यालउन सक्नुपर्थ्यो, विभिन्नखाले अवसरवादीहरूको चङ्गुलबाट देश र जनतालाई मुक्त गर्न सक्नुपर्थ्यो, त्यो हामीले गर्न नसकेको कुरा सत्य हो।
तपाईँहरू यो विभिन्न समूह, पार्टी, गुटहरूमा एकसाथ फुट्नुहुन्छ। त्यो किन भएको?
त्यो के भएको भने समाजमा विभिन्न वर्ग हुन्छन्। एउटा माथिल्लो तहको हुन्छ, अर्को बीचको हुन्छ र सबैभन्दा तल्लो तहको। र, राजनीति गर्ने, समाज परिवर्तन गर्न हिँड्ने धेरैजसो मध्यम वर्गका हुन्छन्। निम्न आर्थिक स्रोत भएका। माथिल्लो वर्गले लाएका, खाएका, गरेका काम गर्न पुँजीले नपुग्ने। उसलाई तल झर्न पनि मन नहुने। यिनीहरूको राजनीतिक पार्टीमा पनि विशेष गरेर कम्युनिष्ट आन्दोलनभित्र बढी उपस्थिति हुन्छ। उनीहरू हिसाब गर्छन्। पार्टीमा लागिसकेपछि जीवनमा के/कति फाइदा उठाउन सकिन्छ भनेर। त्यो हिसाबकिताब गर्ने भएकैले उनीहरू त्यो लौह अनुशासनमा बसेर समाजको आमूल परिवर्तन गर्नसक्ने धैर्य उनीहरूमा गुम्दै जाँदो रहेछ। मैले अनुभव गरेको कुरा। हामीले चिनियाँ, रसियन, भियतनामी क्रान्ति हेर्यौँो। त्यो गर्न लामो समयको त्याग र बलिदानको आवश्यकता हुँदोरहेछ। तर यहाँ मध्यम र निम्न वर्गबाट आएकाहरूले अवसरवादी बाटो समात्ने हुँदा त्यो क्रान्तिको परिस्थिति सिर्जना हुने बेलासम्म टिकेर रहन सक्दैनन्। त्यस कारणले कता लाग्दाखेरी फाइदा हुन्छ, आफ्नो महŒवाकांक्षा पूरा हुन्छ, त्यसको खोजी हुँदोरहेछ। त्यसैले एउटा व्यक्ति विशेषको भन्दा पनि एउटा वर्गको कुरा आउँछ।
कम्युनिष्ट पार्टीभित्रै जुन सर्वहारा वर्ग भनिन्छ, उनीहरू स्थापित भइसकेका छैनन्?
हाम्रो देशमा उद्योग-धन्दा, कलकारखाना नै छैन। सर्वहारा वर्ग भनेको त पुँजीपतिहरूको कलकारखानामा काम गर्ने, आफ्नो पाखुरा बजाएर खाने वर्ग न हो। नेपालमा त त्यस्ता उत्पादनका साधन नै छैनन्, जसका कारण सर्वहारा वर्गको बढी उपस्थिति होस्। यहाँ त धेरै मध्यमवर्गीय किसान, मजदुर, शिक्षक, साना व्यापारीहरूबाट कम्युनिष्ट पार्टी बन्छ।
काँग्रेस पार्टी पनि त त्यसैबाट बन्छ नि?
होइन। त्यसमा अलिक माथिल्लो तहकै ज्यादा उपस्थिति हुन्छ। कम्युनिष्ट पार्टीमा सामेल भएका त्यस्ता निम्न वर्गकाहरूलाई आफ्नो अवस्थाबाट माथि जान पनि अफ्ठ्यारो परिरहेको, व्यवस्थाका कारणले। उनीहरूलाई आफ्नो मध्यम वर्गमा बसिरहन पनि अफ्ठ्यारो। अनि जे कारणले आफूलाई माथि जान दिएको छैन, त्यो कारण भत्काउन उनीहरू पार्टीमा आकर्षित हुन्छन्। तर क्रान्तिले त त्यो कुरामा साथ दिन्न। त्यसो हुनाले दश-पन्ध्र वर्ष बस्छन्, त्यहाँ काम गर्छन्। अनि बिस्तारै बिस्तारै पलायन हुन्छन्। कतिपय नेताहरू कम्युनिष्ट छाडेर काँग्रेसमा गएका थुप्रै उदाहरण छन्। स्वयं नाममात्रको अर्को पार्टी खोल्ने, अगाडि कम्युनिष्ट पनि राख्ने। कम्युनिष्टको आचार, विचार, संगठनलाई चाहिँ सबै एकातिर फाल्छन्। बाहिर देख्दा सबै टल्कने सुन हो जस्तो तपाईँहरूलाई लाग्न सक्छ। तर त्यो सुन हुँदैन।
सुनचाहिँ कुन हो त? नेपाली कम्युनिष्ट आन्दोलनमा सुन भन्नुपर्यो भने कसलाई भन्नुहुन्छ त?
सुन त सुनै हो। त्यो तपाईँहरूले नै विचार गर्नुपर्ने कुरा हो। सिद्धान्त बेचेर, राजनीति बेचेर, इमान बेचेर जसले फाइदा उठाइरहेका छन्, लगातार एउटा एनजिओ/आइएनजिओको पछाडि लागिरहेका छन्। सर्वहाराको नेता हुँ भन्न पनि छाड्दैनन्। हँसिया-हथौडा पनि टल्काइरहन्छन्, अब को हो कम्युनिष्ट? त्यो त तपाईँहरूले फैसला गर्ने हो।
तपाईँहरू र माओवादी पहिला सँगै हुनुहुन्थ्यो होइन? तपाईँहरू किन फट्नुभएको?
अब फुट्नुका कारण त धेरै छन्। विशेष गरेर उहाँहरूले नयाँ जनवादी क्रान्ति गर्ने बेला आयो। बन्दूकबाहेक अरु विकल्प छैन भन्ने बाटो उहाँहरूले रोज्न खोजेपछि हामीले चाहिँ त्यसमा सहमति जनाएनौँ।
त्यो त देखाउने कुरामात्र हो, हैन?
होइन, होइन। यथार्थ नै यही हो। जस्तो भन्नूस् न, हामीसँग छुटेपछि पनि एकता केन्द्र बनाए उनीहरूले। अहिलेका नारायणकाजी, अमिकहरू त्यसैमा थिए। उनीहरूको द्वन्द्वमा त सामेल भएनन् नि। हामीले त जनयुद्ध पनि भन्दैनौँ हेर्नूस् त्यसलाई, किनभने त्यो जनयुद्धै थिएन। जनताका लागि जनताद्वारा लडेको युद्धलाई पो जनयुद्ध भन्छौँ हामी। त्यो जनयुद्ध नभएकै परिणाम अहिले मुलुकले भोग्दैछ। त्यसमा सामेल हुन हाम्रो त कुरा छाड्नूस्, नारायणकाजी, अमिकहरू पनि सामेल थिएनन्। अहिले द्वन्द्वबाट फर्किएपछि पो फाइदा उठाइरहेका छन्।
कोही पनि सामेल नभए पनि अहिले त माओवादी ठूलो पार्टी हो नि?
हैन। ठूलो पार्टी त पञ्चायत पनि थियो। कुनै बेला काँग्रेस पनि ठूलै थियो, एमाले थियो। त्यस कारण हामीले मान्छे कहाँ धेरै जम्मा भएका छन् त्यो हेर्ने होइन। हामीले नीति हेर्ने हो। माओवादी ठूलो पार्टी छ, त्यसलाई म इन्कार गर्दिन। यिनी ठूला पार्टी भएपछि मुलुकले के पायो? मुलुकमा के भयो? हामीले त्यसरी हेर्ने हो।
तपाईँ एमाले र माओवादीलाई तुलनात्मकरूपमा हेर्दा कसरी हेर्नुहुन्छ? एमाले पनि मध्यमवर्गीय अधैर्य राजनीतिबाट, भारतीय नक्सलवादीहरूको प्रभावमा परेर उग्रवामपन्थी गतिविधिबाट सुरु भयो। उसले त्यो छिट्टै सच्यायो। उसले जब २८/२९ सालतिरै यो उग्रवामपन्थी काम सुरु गर्योत, हामीले यो गलत भयो, यो गलत बाटो हो भनेका थियौँ। यसरी व्यक्ति हत्याको राजनीतिले समाज परिवर्तन गर्न सकिँदैन नै भन्दिएका थियौँ। त्यस्तै माओवादीले पनि जुन किसिमको उग्रवामपन्थी गतिविधि गरे, त्यसलाई नयाँ जनवादी क्रान्ति भनेर हेटौँडामा भने। त्यो सबै झुट कुरा हो। भारतीय विस्तारवाद पनि नभन्ने कुरा आइरहेको छ, त्यो पनि झुट कुरा हो। माओवादी अझैँ पनि त्यो उग्रवामपन्थी धङधङीबाट मुक्त भइसकेको छैन।
तपाईँको तर्कले जेसुकै भने पनि माओवादीले आफूलाई स्थापित त गर्यो नि? सानो स्केलबाट सुरु गरेको जनयुद्ध भन्नूस्, द्वन्द्व भन्नूस् वा आतंकवादी क्रियाकलाप नै भने पनि उनीहरू यहाँसम्म आएर स्थापित त भए नि? हैन। यो ठाउँमा आइपुगं भनेरै उनीहरूले महŒवपूर्ण काम गरे भन्ने पक्षमा हामी छैनौँ। उनीहरू यहाँसम्म आइपुग्दा मुलुक कहाँ पुग्यो? त्यो हेर्नूस्।
मुलुक त तपाईँहरू सक्रिय हुँदा पनि कहाँ थियो र?
उनीहरूलाई कसले चलाएको रहेछ। कसले सञ्चालन गरेका रहेछन् भन्ने कुरा त एक एक गरेर पर्दाफास हुँदै आएको छ त। एउटा उदाहरण दिन्छु, ज्ञानेन्द्रले सत्ता लिएपछि हामी दिल्ली गएका थियौँ। सात दल पनि त्यहीँ थिए। एसडी मुनी हामीले छलफल गर्ने ठाउँमा पनि कहिलेकहीँ आउँथे। बाबुराम, प्रचण्डको जिकीर भयो हाम्रो सर्वदलीय बैठकमा। एसडी मुनीले भने- 'ल २५ मिनेटको समय दिनूस्, म बाबुरामलाई यहीँ झिकाइदिन्छु।' हाम्रा मनमा बाबुरामहरू भूमिगत छन्, कहाँ छन्, कहाँ छन् भन्ने थियो। त्यस कारणले हामीलाई के लाग्छ भने भारतले माओवादीलाई पनि राम्ररी खेलायो। जस कारणले देश कम्युनिष्ट आन्दोलनका नाममा नराम्री बदनाम भएको छ। उनीहरूको पार्टीबाट दुई जना प्रम भए। उनीहरूको महŒवाकांक्षा पूरा भयो। देशले के पायो? बाबुरामलाई महसुस भएरै फुत्त निस्केको हो, 'चाबी त बाहिरै रहेछ' भन्ने कुरा। माओवादीले सुरु गरेको जनयुद्ध केही पनि होइन, यहाँभित्रका प्रतिक्रियावादीहरूबाट फाइदा उठाउन प्रचण्ड र बाबुरामले रचेको खेल हो भनेर त हामीले ०५६/०५७ सालतिरै भनेका थियौँ। यो जनवादी युद्धको परिणाममा मुलुकले के पायो त भन्दा प्रचण्ड र बाबुरामलाई प्रधानमन्त्रीका रूपमा पायो। त्यत्ति हो। केही हत्या हिंसा नगरिकन सूर्यबहादुर, प्रधानमन्त्री भए, लोकेन्द्र भए, बिष्टै भए।
तपाईँ त हुनुभएन नि? किन नहुनुभएको?
यो व्यवस्थाभित्र प्रधानमन्त्री हुनु, मन्त्री हुनुलाई म ठूलो कुरा मान्दिन।
तपाईँ प्रधानमन्त्री हुनु ठूलो कुरा नमानेकै कारण नभएको हो त?
हैन, हैन। त्यो त सन्दर्भै होइन।
तपाईँले जोगी हुन राजनीति गर्नुभएको हो त?
मन्त्री हुनैका लागि राजनीति गर्नेहरूले यस्तो गराए। कि तपाईँ भन्नूस् न त, 'राजनीति गरेर मन्त्री नहुनु नै पाप हो भनेर।' सत्ता बाहिर बसेर पनि देश र जनताका लागि लड्ने मान्छे हुन्छन् नि। जयप्रकाश नारायण प्रम भए त भारतका? महात्मा गान्धी किन राष्ट्रपति भएनन्?
तपाईँको विचार सुन्दा, लेखहरू पढ्दा तपाईँ कम्युनिष्ट जस्तै लाग्दैन नि?
तपाईँलाई लाग्ने कुरासँग त मेरो के लाग्छ र? तपाईँलाई एउटा लाग्छ, अर्कोलाई अर्कै लाग्ला। त्यो बेग्लै कुरा हो। फेरि मैले कसैसँग सर्टिफिकेट मागेर हिँड्ने कुरा पनि छैन, 'म कम्युनिष्ट हो कि होइन भनेर।' कस्तो हुनुपर्छ कम्युनिष्ट हुनलाई?
जनताले त एमालेलाई, माओवादीलाई हेरेका छन् नि त?
एमाले, माओवादीलाई त हामी कम्युनिष्ट नै मान्दैनौँ। उनीहरू त कम्युनिष्ट हुँदै होइन भन्छौँ हामी।
उनीहरू के हुन् त?
कम्युनिष्ट हुन खोजेका हुन् तर हुन सकेका छैनन्।
तपाईँहरू पनि हुन सक्नुभएको छैन?
हामी कम्युनिष्ट भयौँ कि भएनौँ त्यो त तपाईँँहरूले जजमेन्ट गर्ने कुरा हो।
तपाईँहरू खुम्चँदै जानुभएको छ। कुनै बेला ठूलो कम्युनिष्ट आन्दोलन हाँक्नुहुन्थ्यो त?
पार्टीमा त्यसखालका उतारचढाव हुन्छन्। पार्टी ठूलो बनाउन त सबै किसिमका झारपात मिसाउनुपर्छ। चोरहरू, चण्डालहरू, ठेकदारहरू, व्यापारीहरू, जस्तो अहिले माओवादीले गरिरहेको छ। उनीहरूको विचार क्रियाकलाप स्वीकारेपछि सबै पस्न पाइन्छ। पार्टीभित्र आउनेले जे गर्न खोज्छन्, त्यो सबै गर्न छुट दिने हो भने हामी पनि मान्छे जम्मा गर्न सक्छौँ। मान्छे जम्मा गर्न गाह्रो हुन्न।
पार्टीको संगठित विचार हुँदाहुँदै पनि तपाईँहरूको आकारले र शक्तिको न्युनताले तपाईँले भन्नुभएजस्तो कम्युनिष्ट आन्दोलनले नेपालीहरूलाई प्रभाव पार्न कहिलेसम्म सक्छ त?त्यस्तो तिथिमिति नै तोक्न त कहाँ सकिन्छ र? कतिपय कम्युनिष्ट पार्टीले लामो समयको दौरानमा विकास गरेका पनि छन्। जति पनि कम्युनिष्ट पार्टीहरू संसारभरमा उत्पत्ति भएका छन्, ती सबै ठूलैठूला भए भन्ने पनि छैन। कति संघर्ष गर्दागर्दै हराएका पनि छन्। सबैले ठूला क्रान्ति नै गर्छन् भन्ने पनि होइन। माओवादी तपाईँले एउटा पार्टी देख्नुहुन्छ? त्यो तीन वटा पार्टी हो। त्यस्तो पार्टी पनि के पार्टी? कुनै बैठकमा जानुपर्योह भने तीनथरी जानुपर्छ। पार्टी भनेको त संगठित, अनुशासित हुनुपर्छ। देश किन यस्तो भयो भन्दा पार्टीहरू पार्टी हुन नसकेकै कारणले पनि हो। काँग्रेसभित्र त्यही छ। एमालेमा त्यही छ। त्यो गुटबन्दी किन गर्नुपर्छ भने आफ्नो महŒवाकांक्षा पूरा गर्नका लागि।
भनेपछि तपाईँहरू कम्युनिष्ट आन्दोलनको दियोमात्र बालेर बसिरहनुभएको छ?
दियो बाल्न सक्नु पनि त राम्रो कुरा हो नि। यो दियो बालिरहन पनि त गाह्रो छ अहिले। कम्युनिष्ट भएकै नाताले करोडौँको बैंक ब्यालेन्स बनाउन पाइन्छ, महलमा बस्न पाइन्छ, शक्तिको प्रयोग गर्न पाइन्छ भनेर सोच्ने अहिलेको बेलामा कम्युनिष्ट भएर दियो बालेरै बस्नु पनि ठूलो कुरा हो।
तपाईँले संसदीय व्यवस्था पुनःस्थापनापछिको राजनीतिलाई कसरी हेर्नुभएको छ?
०४७ पछिको व्यवस्थामा विशेष गरेर काँग्रेस र एमालेकै बढ्ता बाहुल्यता भयो। उनीहरूले खासचाहिँ मुलुकलाई सुशासन दिन सकेनन्। उल्टो राज्यले सञ्चालन गरेका उद्योग, कलकारखाना पनि निजीकरण, बजारीकरणको नाममा सबै खाए। अहिले न राज्यले स्थापना गरेका उत्पादनका साधन छन्, न बाह्य शक्तिले आएर सञ्चालन गरिदिएका नै बाँकी छन्। दिनको १५ सय २ हजार युवा शक्ति अरबको खाडीमा हाम्फाल्न परिरहेको छ। त्यस कारणले ०४७ पछि बहुदल आयो, पार्टीहरू खुला भए। तर मुलुकलाई सही बाटोमा डोर्याडउने कामचाहिँ भएन। भ्रष्टाचार बढ्यो। गणेशमानले सार्वजनिकरूपमै भन्नुभएको थियो- 'हाम्रा नेताहरूले जुनरूपमा संघर्ष गरे, अहिले यिनीहरू गन्हाए।' राजनीति जनता र राष्ट्रको सेवा गर्ने माध्यम भएन। राजनीति कमाउने माध्यम भयो। त्यस कारणले राजनेताहरूले आफूलाई बदल्न जरुरी छ। समाज, राष्ट्र बदल्नका लागि आफू बदलिनुपर्छ।
०४६ को आन्दोलन र ०६३ को आन्दोलन जनताको पक्षमा गएन?
लान सकिएन। किन सकिएन भन्दा ००७ सालयता नेपालमा ४० वटा सरकार बनेछन्। यही समयमा चीनमा ७ वटा बनेछ। भारतमा १४ वटा बनेछ। अमेरिका र बेलायतमा १२-१२ वटा। त्यसो हुनाले यहाँ त के भयो भने एउटा सत्तामा गएपछि अर्कोको उद्देश्य भनेको त्यसलाई कसरी सरकारबाट गिराउने र त्यो ठाउँमा आफू जाने। त्यस कारणले अस्थिरता, अराजकता आएको हो।
अन्तिममा, प्रधान न्यायाधीश नेतृत्वको सरकार बनेपछि सबै झमेला सकेर चुनाव हुन्छ त?
सरकार बने पनि चुनाव हुँदैन। चुनाव भयो भने पनि संविधान बन्दैन। यदि संघीयताको कुरा खारेज गरेनन् भने सबै नेतालाई मात्र होइन, देशलाई नै खाल्डोमा हाल्छ। हेरिरहनूस्। सहयोगी : स्वरूप आचार्य/तस्बिर : केशव थोकर