काठमाडौं
। विनोद चौधरी र परिवार फोव्र्सको अर्बपतीको सूचीमा परेका छन् । फोब्र्सले
निकालेको अर्बपतीको सूचीमा चौधरी १३४२ औं नम्वरमा छन् । उनी अर्ब डलर
सम्पत्तीसहित सूचीमा पर्ने नेपालका एक्ला अर्बपती हुन् भने यो वर्ष थपिएका
२१० जनामध्ये एक । सन् २०१३ मार्चसम्मको सम्पत्तीको हिसावमा फब्र्सको
सूचीमा यो वर्ष १४२६ जना अर्बपतीको सूचीमा छन् । यसमध्ये अमेरिकामा मात्रै
४४२ जना अर्बपती छन्, एशियाप्यासिफिकमा ३८६ जना, युरोपमा ३६६ जना,
अमेरिकामा १२९ जना र मध्यपूवर्त तथा अफ्रिकामा गर १०३ जना अर्बपती छन् ।फब्र्सले लेखेको छ, ५७ वर्षे विनोद चौधरी नेपालका पहिलो अर्बपती हुन् तर उनको सबैभन्दा धेरै सम्पत्ती विदेशमा छ । सिनोभेसन÷चौधरी समुहको लोकप्रिय तयारी उत्पादन वाइवाई, नेपालमा नबिल बैंकको बहुमत सेयर चौधरीसँग छ, फब्र्समा लेखिएको छ । चौधरीले भारतको ताज समूहसँग मिलेर लक्जरी होटल चेन चलाइरहेका छन् ।
चौधरीका हजुरबुबा भारत राजस्थानबाट कपडा व्यापारका लागि नेपाल आएका थिए । विनोदका पिताले नेपालको पहिलो डिपार्टमेन्टल स्टोर सञ्चालन गरेका थिए, विनोदले त्यही वेला पढाइ छाडे र १८ वर्षको उमेरमा नै बाबुको व्यापार सम्हाल्न थाले । सिनोभेसनको सिंगापुर व्यापारको व्यवस्थापन चौधरीका दुई छोरा राहुल र बरुणले हेर्छन भने जेठा छोरा निर्वाण स्वेदशको व्यापार हेर्छन । फिटनेशमा चासो राख्ने विनोद वर्षको एक पटक हिमालय क्षेत्रमा टे«किङ्ग जान्छन् । फब्र्सले विनोद चौधरीलाई अर्बपतीको सूचीमा राख्नु एक महिना अघि बिजमाण्डूले ‘विलिनियर डलरका विनोद’ शीर्षकमा यसरी लेखेको थियो समाचार । लिंक हेर्नुहोस् ।
चौधरीको पुस्तकमा छ, टाटा इन्टरप्राइजेजको ताज गु्रपसँग हाम्रो साझेदारी छ । श्रीलंका, मालदिभ्स र मलेसियाका विभिन्न सहरमा हामी ‘लक्जरी होटल र रिसोर्ट’हरु चलाइरहेका छौं । उनले लेखेका छन्, पहिलोचोटि बम्बई घुम्न जाँदा ताज होटल परिसरमा महँगा–महँगा गाडीहरूको शाही क्याराभान देखेर म चकित परेको थिएँ । होटलअगाडि सडकपेटीमा थुचुक्क बसेर त्यहाँको एकएक गतिविधि बढो तन्मयका साथ नियालेको थिएँ । म भित्र छिर्न चाहन्थेँ । छिर्न पाइनँ ।

निर्वाणले
फेसबुक मार्फत एसटिएम टेलिकमको नाम सिजी टेल राखिने जानकारी दिएका छन् ।
समूहले कम्पनीको नाम परिवर्तनसँगै यसको लोगोमा पनि परिवर्तन गर्ने भएको छ ।
चौधरी समूह लामो समयदेखि नेपालको दूरसञ्चार बजारमा प्रवेशका लागि बाटो
खोजिरहेको थियो । २५८१५ कम्पनी रजिष्ट्रेशन नम्वर रहेको एसटिएम टेलिकम
सञ्चारमा २० प्रतिशत सेयर भने नेपाली लगानीकर्ता एआर इन्भेष्टमेन्टको छ ।
चौधरी
समूहले एसटिएमको सेयर ग्रहण गरेपछि दूरसञ्चार प्राधिकरणमा एकीकृत
लाइसेन्सका लागि समेत आवेदन गरेको छ । यो लाइसेन्स पाएपछि कम्पनीले
ल्याण्डलाइन, मोवाइल र अन्तराष्ट्रिय लामो दूरीको कल गर्ने सेवा प्राप्त
गर्दछ । एकीकृत लाइसेन्सका लागि एसटिएमसँगै सिडिएमए प्रविधिमा मोवाइल सेवा
सञ्चालन गरिरहेको भारतीय लगानीको कम्पनी युनाईटेड टेलिकम (युटिएल) र
ग्रामिण दूरसञ्चार सेवा पुर्याइरहेको स्मार्ट सेलले पनि आवेदन दिएका छन् ।