अनुसन्धान पूरा भएका पाँच गुन्डागर्दीका नाइकेमध्ये गणेश लामा र पर्शुराम
बस्नेत सबैभन्दा धनी रहेको खुलेको छ । स्रोतका अनुसार लामाको १७ करोड ५०
लाख तथा बस्नेतको १४ करोडको सम्पत्ति प्रहरीले फेला पारेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबी)ले अनुसन्धान पूरा गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाएको प्रतिवेदनमा लामाको सबैभन्दा धेरै सम्पत्ति रहेको उल्लेख छ ।
त्यस्तै, तेस्रो धनीमा दीपक मनाङे रहेका छन् । उनको करिब ११ करोड सम्पत्ति रहेको प्रहरीको निष्कर्ष छ । चौथोमा चक्रे मिलन छन् । उनको आठ करोड सम्पत्ति प्रहरीले फेला परेको छ । सबैभन्दा कम सम्पत्तिमध्ये अभिषेक गिरी रहेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । गिरीको तीन करोड मात्र सम्पत्ति फेला परेको छ ।
स्रोतका अनुसार सुरुमा सिआइबीले दुई सय १५ दिनको म्याद पूरा भए पनि म्याद थप्नका लागि पत्र लेखेपछि प्रहरी महानिरीक्षक कुबेरसिंह रानासमेत सिआइबी नेतृत्वसँग असन्तुष्ट बनेका थिए । गृहमन्त्री माधव घिमिरेले पनि नियुक्त भएकै दिन गुन्डागर्दीविरुद्ध सम्झौता नगर्न निर्देशन दिएपछि सिआइबीले अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
अनुसन्धान पूरा हुने वेलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सूर्यप्रसाद आचार्यसमेत बिदामा बसेका थिए । दबाब झेल्न नसकी उनी बिदामा बसेको स्रोत बताउँछ । दबाबकै कारण विभागमा डेढ वर्षमा चार महानिर्देशक परिवर्तन भइसकेका छन् ।
गृहमन्त्रीबाट विजयकुमार गच्छदार हटेलगत्तै अनुसन्धान प्रतिवेदन बुझाइएको हो । 'अनुसन्धान चित्त बुझेमा हामी रायका लागि सरकारी वकिलको कार्यालयमा पठाउँछौँ,' विभागका एक अधिकारीले भने, 'केही कमजोरी लागेमा पुनः अनुसन्धान अधिकृतलाई निर्देशन दिन्छौँ ।' विभागले पाँचैजनाको अनुसन्धान अधिकृतका रूपमा सिआइबीका डिएसपीलाई जिम्मेवारी दिएको थियो ।
सिआइबी स्रोतका अनुसार पाँचैजनाको सम्पत्तिको स्रोत खुल्न सकेको छैन । त्यसकारण निष्पक्ष रूपमा कारबाही अघि बढेमा उनीहरूविरुद्ध मुद्दा चल्ने निश्चित छ । कतिपयले श्रीमतीलगायत आफन्तको नाममा समेत अवैध तरिकाले कमाएको सम्पत्ति राखेकाले उनीहरूलाई समेत विभागले सहयोगीका रूपमा मुद्दा चलाउन सक्छ ।
पछिल्लो समयमा विभागले थप डनहरू अजय -लोकबहादुर) श्रेष्ठ, बलराम सापकोटा, बाबा भनिने ज्ञानेन्द्र श्रेष्ठ, कविन शाक्य, मूर्तिको कारोबार गर्ने लक्ष्मी श्रेष्ठ तथा चर्काे ब्याज असुली गर्ने महेश सिंहमाथि पनि अनुसन्धान सुरु गरेको छ ।