हिजोसम्म एमाओवादी नेतृ हिसिला यमीलाई
‘प्रथम महिला’ भनिन्थ्यो । तर, खिलराज रेग्मी नेपालको कार्यकारी प्रमुख
बन्नुभएपछि आजदेखि प्रथम महिला बन्नुभएको छ, श्रीमती शान्ता रेग्मी ।
प्रधानमन्त्री पत्नीलाई फस्ट लेडी भन्ने
कुनै कानुनी व्यवस्था नभएपनि फस्ट लेडीकै रुपमा लिने र चर्चा गर्ने गरिन्छ
। तस्वीर देख्नासाथ हिसिला यमीलाई सबैले चिन्छन्, तर राजनीतिको मोर्चामा
नरहेका कारण नयाँ प्रथम महिला शान्तालाई भने अहिलेसम्म नेपाल जनताले चिन्ने
अवसर पाएका छैनन् ।
अनलाइनखबरले अन्तरिम सरकारका अध्यक्ष
खिलराज रेग्मीको परिवारका सदस्यहरुका केही तस्वीर फेला पारेको छ । रेग्मी
पत्नी शान्ता, छोरा पुस्कर, बुहारी प्रशन्ना दाहाल, एकमात्र छोरी
पूजाप्रणव, ज्वाइँ मनोज आचार्य, कान्छा छोरा पुजन र बुहारी एवं नातिनातिका
तस्वीर फेला परेका छन् । छोरा बुहारी र छोरी ज्वाइँसमेत अमेरिकामा रहेका
बेला रेग्मी पत्नी शान्ताले पोज-पोजका तस्वीरहरु खिच्नुभएको छ ।
हेर्नुहोस् रेग्मी परिवारका केही तस्वीर:
रेग्मीकी धर्मपत्नी शान्ता