शुक्रबार संसद्मा बोल्दै माओवादी सभासद् देवी खड्काले भनिछन्- ‘२०५९ साल असार २ गते मेरा दाजु रितबहादुर खड्काको रौतहतको चन्द्रनिगाहपुरमा हत्या गरियो । त्यही छेउमा एमाले नेता माधवुकमार नेपाल भाषण गर्दै हुनुहुन्थ्यो । उहाँको सुरक्षामा खटिएका सुरक्षाकर्मीले मेरा दाजुको हत्या गरेका हुन् । मेरी भाउजु र आमाले माधवकुमार नेपालविरुद्ध किटानी जाहेरी दिन सक्नुहुन्छ । के हामीले अब त्यसै गर्ने हो ?’ उनको यो भनाइ सुन्दा चोरले ‘खुट्टा खाट’ भन्दा खुट्टा तानेझैँ भयो । सर्वोच्च अदालतबाट सर्वश्वसहित जन्मकैदको सजाय पाएका सभासद् बालकृष्ण ढुंगेलको प्रश्न उठिरहेको बेला देवी खड्का एकाएक किन आत्तिको रहस्य थाहा छ ? त्यसको खास कारण छः
दोलखाको ठूलो पातल गाविसका पूर्वअध्यक्ष बुद्धिमान पाखि्रन ०५९ मंसिर १५ गते देवी खड्काको निर्देशन र उपस्थितिमा अपहरण र हत्या भएको कम्तीमा दोलखाबासीलाई राम्ररी सम्झना छ । घरबाटै अपहरणमा परेका पाखि्रनलाई बाबरेको सिस्नेरीमा लगेर हत्या गरिएको थियो र उनको छियाँछियाँ परेको शव सुनखानीमा फेला परेको थियो । त्यसका लागि देवीको प्रत्यक्ष निर्देशनमा अविनाश भनिने पराजुली थरका कार्यकर्ता र अनुपम भनिने डम्बर थामी (हाल शक्तिखोर क्यान्टोनमेन्टमा) ले काम गरेका थिए । देवी माओवादीको दोलखा इन्चार्ज भएको बेला भएको उक्त मुद्दा ब्युँतिएला भन्ने त्रास उनलाई परे जस्तो छ । बुद्धिमानकी श्रीमती पूर्वसांसद शान्ति पाखि्रनले देवीका विरुद्ध किटानी जाहेरी दिन लागेको चर्चा चलेपछि उनी यति धेरै आत्तिएकी होलिन् । एउटा अपराधीलाई भएको सजाय कार्यान्वयन गराउन खोज्दा अरु यति धेरै किन आत्तिएका होलान् ? देवी खड्कासँग हिम्मत छ भने उनले भनेझैँ माधव नेपालविरुद्ध किटानी जाहेर दिएर देखाउन्, त्यसो गर्नबाट उनलाई कसैले रोकेको छैन । तर, त्यसअघि उनले भन्न सक्नुर्दछ- मलाई हतकडी लगाऊ, म त्यसका लागि योग्य छु ।
बालकृष्ण ढुंगेल र अरुको प्रकरण भिन्न छ । यो कुनै शान्ति सम्झौतापछि ब्युताउन खोजिएको मुद्दा होइन । उनीबाट हत्या गरिएका उज्जन श्रेष्ठको परिवारले पहिलादेखि लडिरहेको मुद्दा हो, जसमा उनले केही सजाय भुक्तान पनि गरिसकेका छन् । त्यही कारण उज्जनका दाइ गणेशको हत्या भएको छ, छोरीले ज्यान गुमाउनुपरेको छ । दिदीको बेहाल छ, बृद्ध बाबुआमाले आलापविलाप गरिरहेका छन् । तर, भिन्नै प्रसंग र घटनासँग जोडेर देवी खड्काहरुले किन विषयान्तर गर्न खोजिरहेका छन् ? के यो पछि ब्युँताइएको मुद्दा हो र ? हो, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भएपछि घटनाहरुका बारेमा सत्य-तथ्य पत्ता लाग्ला र त्यही अनुसारको कारवाही पनि होला । तर, अहिले त्यसको अर्थ अपराधमा संलग्न भएकाहरुमाथि कुनै पनि कारवाही हुन हुँदैन र उनीहरुका अपराध माफ गर्नुपर्दछ भन्ने कदापि होइन । यदि अपराधीलाई कानुनी दायरामा ल्याउने होइन भने गाइ मार्दा पनि जेल जानुपर्ने यस देशमा मान्छे मार्दा सबैलाई छुट हुनेछ । अनि किन १४ हजार अपराधीलाई जेलमा राखिहरनुपर्यो ? युद्धका नाममा सबै अदालतबाट प्रमाणित अपराध पनि मिनाह हुँदै जाने हो भने बाबुराम भट्टराईको शासनमा कानुनी शासन खोज्न दिउँसै लालटिन बाल्नुपर्ने हुन्छ ।
देवी र उनको परिवार अनेक हर्कतहरुमा संलग्न छ । माओवादीका पोलिट्ब्युरो सदस्य तथा ताम्सालिङका इन्चार्ज अग्नि सापकोटा (जो आफैँ पनि अर्जुन लामाको हत्यामा संलग्न छन्) ले सञ्चारमन्त्री भएकै बेला देवीका श्रीमान् तथा माओवादी सभासद् राजकुमार श्रेष्ठ रक्तचन्दन तस्करीमा संलग्न भएको सार्वजनिक आरोप लगाएका थिए । त्यति मात्र होइन, ती तिनै राजकुमार थिए, जो बालुवाटार नजिकको जुवाको खालबाट रंगेहात पक्राउ परेका थिए ।
रौतहतमा माधवकुमार नेपालले कार्यक्रममा सम्बोधन गरिरहँदा त्यही नजिक उनका दाजु रितबहादुर खड्काको प्रहरीले हत्या गरेको भन्दै देवीले उनका विरुद्ध मुद्दा हाल्न सक्ने बकबास गरेकी छन् । नजिकै माधव नेपालको कार्यक्रम छ र त्यहाँ सुरक्षाकर्मी छन् भन्ने थाहा पाउँदा पाउँदै रितबहादुर खड्का किन त्यहाँ गएका थिए ? के उनी माधव नेपालमाथि आक्रमण गर्न गएका थिए ? अथवा रितबहादुर यिनै हुन् भन्ने कुरा कतै माओवादीभित्रैबाट सुराकी दिइएको त थिएन ? सुनिन्छ, रितबहादुरले ‘सहादत’ प्राप्त गरेपछि सहिद परिवारका रुपमा आफ्नो राजनीतिक उचाइँ बढाउन सकिन्छ भन्नेमा उनका भाइ विशाल र बहिनी देवीको पनि मनसाय थियो रे ! वास्तविकता के हो ? उनीहरु नै जानून् । तर, देवी खड्का जसरी बर्बराएकी छन्, यसबाट माओवादीको अपराधमा संलग्न एउटा पंक्तिमा ठूलो संकट उत्पन्न भएको बुझ्न कठिन छैन ।
अचम्मको कुरा, अपराधमा संलग्नहरु प्राय प्रधानमन्त्री बाबुराम भट्टराईको पक्षका रहेका छन् । हालै मन्त्रीबाट पदमुक्त भएका प्रभु साह, हत्यारा प्रमाणित बालकृष्ण ढुंगेल, देवी खड्कादेखि तीन महिनाअघि शालिकराम जमरकट्टेलमाथि आक्रमण गर्ने रमेश पन्तसम्म उनकै पक्षधर छन् ।
विष्णु रिजाल