विवाह गरी घर बसाउनु र सन्तान उत्पादन गर्नु मनुष्य जातिको प्राकृतिक इच्छा हो । जबदेखि मानिसको बौद्धिक स्तर बढ्यो, निजी सम्पत्तिको आकांक्षा बढ्यो तबदेखि विवाह संस्थाको थालनी भयो । हिजोआज विवाहको परिभाषा परिवर्तन हुँदैछ । हालका वर्षहरूमा वैवाहिक सम्बन्धमा पारपाचुकेको कुरा पनि चर्चामा छ । के वास्तवमा विवाहको परिभाषा बदलिँदैछ ? के यो संस्थाले आफ्नो महत्व बिर्सदैछ ?
म्ाानिस एक्लो बस्न सक्दैन । किनभने नारी-पुरुष एक-अर्काप्रति सामाजिक, मानसिक, भावात्मक एवं वैधानिक रूपमा निर्भर छन् । सृष्टिको चक्र चलाईरहन वंश वृद्धि हुनुपर्छ । त्यसैले विवाह संस्थाको जन्म भएको हो । जंगली मानव जीवन परिवर्तित भएर यौन जीवन संयमित एवं अनुशासित हुन सकोस् भनेर विवाह संस्थाको जन्म भएको मानिन्छ । यसले समाजमा सदाचारिता कायम गराउन सकेको छ । प्रायः सबैले विवाह गर्छन् र सन्तान उत्पादन गर्छन् । विवाह संस्थाका विषयमा कसैले पनि अहिलेसम्म प्रश्न उठाउन सकेको छैन । यद्यपि ग्लोबलाईजेसनको यो समयमा सम्बन्धमा पनि नकारात्मक प्रभाव देखा पर्न थालेको छ । त्यसको परिणामस्वरूप विवाहको परिभाषा पनि परिवर्तन भैरहेको छ । अब अन्तरंग सम्बन्धका लागि अरू सम्बन्धको खोजी हुँदैछ । सायद त्यसैले होला लिभिङ टुगेदर, समलंैगिक एवं विवाहेतर सम्बन्ध आदिले पनि समाजमा स्थान बनाउँदैछ ।
विवाह किन आवश्यक छ ?
अनुसन्धानअनुसार विवाह व्यक्तिको मानसिक, शारीरिक, सेक्स जीवन एवं आर्थिक दृष्टिले पनि आवश्यक छ । सिकागो युनिभर्सिटीमा विवाहको विषयगत अध्यापन हुन्छ । प्राचीन कालमा विवाहलाईर् सामाजिक संस्थाका रूपमा लिइन्थ्यो तर आज यो नितान्त व्यक्तिगत मामिला मानिन्छ । संस्कृतिविद् गोविन्द टण्डन विवाहलाईर् ५ भागको संगम बताउँछन् । जुन प्राकृतिक इच्छाको चलन, एक सहज नाता, सामाजिक राम्रो पक्ष, संस्कार तथा प्रतिज्ञापत्र हो ।
विवाह सेक्स र भावनासँग सम्बन्धित इच्छापूर्तिको सहज एवं सरल विधि हो । कतिपय धर्ममा विवाहलाईर् सम्झौता मानिन्छ । अरस्तुले विवाहलाईर् समाजको राम्रो पक्ष बताएका छन् । उनका अनुसार विवाह र परिवार वृहत् सामाजिक कल्याणका लागि आवश्यक छ । मार्टिन लुथरका अनुसार विवाह दैवी देन हो जसले युवा, बच्चा, समाज, राज्य एवं सामाजिक जीवनका लागि टेवा दिन्छ । करन जौहरले चलचित्र कभी हा कभी नामा समाजको यही यथार्थ देखाएका छन् । विवाहमा प्रोफेसनलिज्मभन्दा इमान्दारिता हुनुपर्छ । पछिल्लो केही समयदेखि विवाहलाईर् हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । पाश्चात्य देशमा विवाह टुट्ने क्रम बढेको छ । निजी समस्या एवं स्वतन्त्रताका नाममा सम्बन्ध टुंग्याउनु अहिले फेसन बनेको छ ।
पुरुषहरूमा ग्रुमिङ आवश्यक छ
रमी जोशी, प्राध्यापक, त्रिचन्द्र कलेज
विवाहले दुई विपरीत लिङ्गीबीच सम्बन्ध गाँस्छ । सम्बन्धलाईर् अघि बढाउन श्रीमान्-श्रीमतीको उत्तिकै हात हुन्छ । एकको सहयोगबिना वैवाहिक रथ अघि बढ्न सक्दैन । दुवैले आफ्नो अधिकार, कर्तव्य र जिम्मेवारीको पहिचान गरी आफूलाईर् त्यसैअनुरूप ढाल्नुपर्छ अनि मात्र एउटा सभ्य परिवार निर्माण गर्न सकिन्छ । आमाबुवा दुवैको संयुक्त प्रयासमा सन्तान हुर्कन्छन् । सन्तानले राम्रो वातावरण पाएनन् भने बिग्रन सक्छन् । अहिले हाम्रो सामाजिक चालचलनमा निकै परिवर्तन देखिएको छ । पहिलेका चलचित्रले पनि महिलाहरूले हरेक कुरा सहनुपर्ने कुरा दर्शाउँथे । ६० को दशकमा बनेको चलचित्र बन्दिनीमा निकै उपेक्षा सहेकी श्रीमती अन्त्यमा श्रीमान्कहाँ आएको देखाइएको छ तर अहिले त्यो समय छैन ।
महिलाहरू शिक्षित एवं आत्मनिर्भर छन् । त्यसैले उनीहरूमा निर्णय लिने क्षमता छ । यो निर्णयलाईर् स्वीकार गर्ने मनस्थिति मानिसहरूले बनाइसकेका छन् । नारीको भूमिकामा निकै परिवर्तन आएको छ । उनीहरू घरको चौघेरामा मात्र होइन घरबाहिर आउन थालेका छन् । उनीहरू गर्भावस्थ्ाामा पनि काम गरिरहेका छन् । त्यो उनीहरूको शक्तिको परिचायक हो । पुरुषहरूका लागि विकल्प खुल्ला हुन्छ तर पुरुषहरूले आफ्नो मानसिकता बदलेका छैनन् । समस्या यो होइन कि विवाहको परिभाषा बदलिएको छ । विवाहपछिको सम्बन्ध बढिरहेको छ । जसरी महिला गु्रमिङ हुन्छन् त्यसरी नै पुरुष पनि गु्रमिङ हुनुपर्छ । यस्तो नभएकाले सम्बन्ध टुटिरहेको छ । परिवार बचाउने जिम्मा पुरुषहरूको पनि हो । श्रीमती गर्भवती हुनु श्रीमान्को पनि समस्या हो । सबै जिम्मेवारी महिलालाईर् दिएर पुरुषहरूलाईर् स्वतन्त्रता दिने हो भने यस्ता समस्या कहिल्यै कम हुँदैनन् । समयसँग धेरै कुरा बदलिएको छ । पुरुषवादी सोच कायम रहने हो भने आदर्श स्थितिको कल्पना गर्न सकिँदैन ।