Tuesday, November 1, 2011

लौ आयो शुभ समाचार सहमतिको - mysansar

ऐतिहासिकः शान्ति प्रक्रिया टुङ्ग्याउने सहमतिमा हस्ताक्षर गर्दै नेताहरु। फोटोः प्रम कार्यालय

शान्ति प्रक्रियाका विवादित विषयहरुमा प्रमुख दलहरुबीच सहमति भएको छ। प्रमुख तीन दल माओवादी, एमाले, कांग्रेस र मधेसी मोर्चाले राति प्रधानमन्त्री निवास बालुवाटारमा सात बुँदे सहमतिमा हस्ताक्षर गरेका छन्। अहिलेसम्म सबैभन्दा टाउको दुखाइको विषय बनेको सेना समायोजनबारे सहमतिका प्रमुख बुँदा-
  • साढे ६ हजार माओवादी लडाकु समायोजन हुनेछन्। अन्मिनले प्रमाणिकरण गरेको संख्या भने १९ हजार ६ सय २ छ।

  • बाँकी लडाकुलाई पुनर्स्थापनामा लगिनेछ। उनीहरुलाई प्याकेजअनुसार ६ देखि ९ लाख रुपैयाँसम्म दिइनेछ। त्यो नाइँ स्वेच्छिक अवकाश लिन्छु भन्नेलाई ८ लाख, ७ लाख, ६ लाख र ५ लाख दिइनेछ।

  • समायोजित लडाकुहरु सेनाको महानिर्देशनालय अन्तर्गत रहनेछन्।

  • उनीहरुलाई विकास निर्माण र औद्योगिक सुरक्षामा लगाइनेछ।

  • समायोजित सेनाको इकाईमा ६५ प्रतिशत सुरक्षा निकायबाट र ३५ प्रतिशत माओवादी लडाकु हुनेछन्

  • के के भयो सहमति? सहमतिका सात बूँदा पूरै सुन्न र पढ्न भित्र आउनुस्।

    सहमति नजिक नजिक पुगिसक्यौँ भनी नेताहरुले केही दिनदेखि बताइरहेको भए पनि त्यस्ता कुरा धेरै सुनिसकेकाले सर्वसाधारणले वास्ता गरेका थिएनन्। आज भने नेताहरुले निराश गरेनन्। विवादमा रहेका धेरै विषयलाई नेताहरुले सहमतिमा टुङ्ग्याएका छन्। यो धेरै अघि नै हुनुपर्ने सहमति थियो। ढिलै भए पनि सहमति भएकोमा नेताहरुलाई धन्यवाद दिनै पर्छ। सहमति कार्यान्वयन भने सदाबहार गाली दिने काम त छँदैछ।
    तीन दलका कुनै पनि एक नेताको स्वार्थ यसमा मिसिएको भए यो सहमति हुन सक्दैन थियो। तर पनि आफ्नै पार्टीमा हुने विरोधलाई सामना गरेर शान्ति प्रक्रिया टुङ्ग्याउने सहमति गर्ने माओवादी अध्यक्ष प्रचण्डलाई यसको ठूलो क्रेडिट जान्छ। बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउनेदेखि लिएर आजको सहमति गर्नेसम्मका काम उनको पहल बिना संभव थिएन। भलै बाबुरामलाई प्रधानमन्त्री बनाउनमा आफूविरुद्धको धोबिघाट गठबन्धन भत्काउने उनको स्वार्थ पनि यसमा लुकेको थियो। शान्ति प्रक्रियाका एक प्रमुख नेता गिरिजाप्रसाद कोइरालाको अनुपस्थितिमा यसलाई अघि बढाउने मुख्य जिम्मेवारी उनकै पनि थियो। प्रचण्डले वैद्य पक्षलाई कसरी मिलाएर लान सक्छन्, त्यो हेर्न बाँकी छ। किनभने वैद्य पक्षले सहमति स्थलमा नै यसको विरोध गरेर सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्। मोहन वैद्य र रामबहादुर थापा बादलले यो सहमतिलाई जनतासमक्ष लैजाने भनेका छन्। हतियार भएको कन्टेनरको साँचो बुझाउने निर्णयको विरोधमै सडकमा मसाल जलाएका वैद्य पक्षले सेना नै समायोजन गर्ने सहमतिको विरोध कसरी गर्लान् अनुमान लगाउन गाह्रो छ। माओवादीलाई शंकाको दृष्टिले हेर्ने एक थरि भने माओवादीमा क्रान्तिकारी धार कायम राख्‍नलाई मिलेमतो मै वैद्य पक्षले यस्तो गतिविधि गरिरहेको ठान्छन्। त्यो भने समयले नै बताउनेछ।
    वैद्य पक्षको विरोधले के असर पार्ला त ?
    मलाई लाग्छ यो विरोधले खासै असर पार्दैन। जनमत शान्ति प्रक्रिया टुङ्ग्याउने पक्षमा छ। शिविरमा दुःख सहेर बसेका लडाकुहरु पनि फेरि जंगल पसेर हतियार उठाउने पक्षमा छैनन्। बरु माओवादीलाई यस्तो विरोधले फाइदै गर्नेछ। यसले माओवादी पूरै संसदीय भासमा डुबेको छैन, क्रान्तिकारी धार कायम छ भनेर कट्टरपन्थीहरुको एक हिस्साबाट समर्थन पाइ नै रहनेछ। पार्टी फुट्ने पनि छैन किनभने फुटेको पार्टीको हालत एमाले टुक्राउँदा वामदेवको माले जस्तो, कांग्रेस टुक्राउँदा शेरबहादुर देउवाको प्रजातान्त्रिक जस्तो र माओवादी नै टुक्रँदा मातृका माओवादीको जस्तो हालत हुनेछ भन्ने वैद्य पक्षलाई राम्रैसँग थाहा हुनुपर्छ।
    अब मंसिर ७ को प्रतीक्षा
    आज भएका सहमतिका धेरै बुँदामा मंसिर ७ को समय सीमा राखिएको छ। सहमति ठूलो हैन, त्यसको कार्यान्वयन महत्त्वपूर्ण हो। यसका लागि प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादीले धेरै गर्नुपर्ने हुन्छ। समायोजन हुन चाहने र पुनर्स्थापना हुन चाहने लडाकुको समूह विभाजनको काम मंसीर ७ गतेभित्र सम्पन्न गर्ने भनिएको छ। यसका लागि प्रधानमन्त्री अध्यक्ष रहेको विशेष समितिको बैठकले औपचारिकता दिनुपर्नेछ। माओवादीको कब्जामा रहेका निजी तथा सार्वजनिक घर, जग्गा सम्बन्धित व्यक्ति र संस्थालाई फिर्ता गर्ने म्याद पनि मंसिर ७ गते राखिएको छ। यसका लागि प्रचण्डले पार्टीबाट संस्थागत निर्णय गर्नुपर्नेछ र वैद्य पक्षलाई सम्झाउनु पर्नेछ। माओवादीले विशेष नम्बर प्लेट राखेर कर नतिरी चलाइरहेका गाडी नियमित गर्नुपर्ने काम पनि मंसिर ७ भित्र गर्नुपर्नेछ।
    मंसिर ७ भित्र यी काम भए भने संविधान निर्माणको मस्यौदा लेखन सुरु हुनेछ। संविधान निर्माणमा अडकिएका केही महत्वपूर्ण बूँदामा पनि अनौपचारिक सहमति भइसकेको स्थिति छ। एउटा प्रमुख बुँदा राज्यको पुनःसंरचना बारे त आज सहमति मै उल्लेख छ। तर पनि संविधान बनाउन पक्कै पनि समय पुग्ने छैन र दलहरुको सहमतिमा म्याद थपिनेछ। किनभने सहमतिमा एक महिनाभित्र नयाँ संविधानको मस्यौदा निर्माणको काम आरम्भ गरिनेछ भनिएको छ। म्याद मंसिर १४ मा सकिँदैछ। यस पटक मस्यौदा निर्माण अघि बढिसक्ने हुनाले म्याद थपको शायदै कसैले विरोध गर्नेछ। सहमति भइसकेकोले संविधान निर्माण खासै गाह्रो पनि हुने छैन। संविधान बनिसकेपछि अर्को चुनाव गर्नका लागि सरकारको नेतृत्व कसले गर्ने भन्नेसम्ममा वार्ताबाट सहमति हुँदै गरेको खबरले आउँदा दिनको आशालाग्दो स्थिति देखाउँछ। शान्ति प्रक्रिया टुंग्याई संविधान निर्माण र स्थिर सरकारका लागि निर्वाचन। त्यसपछि आर्थिक विकासका काम। हाम्रो आशा र कामना यस्तै छ।
    आज के के विषयमा सहमति भयो पूरै सुन्न क्लिक गर्नुस्-

    आऊ मिलाउँ हाम्रा हातहरुः प्रमुख दलका नेताहरु सहमतिपछि हात मिलाएर उठाउँदै। फोटोः प्रम कार्यालय
    विरोधः सहमतिमा हस्ताक्षर भएको ठाउँ प्रधानमन्त्री निवासमा कांग्रेस नेताहरुसँग वैद्य र बादल
    सहमति पूरै पढ्नुस्-

     
     
     
     
     
     
    15 Votes
    Related posts:
    1. लौ आयो आयो सभासद बिक्रीमा, एउटा किने अर्को फ्रीमा
    2. लौ अब लालटिन बालेर समाचार पढ्न थाले
    3. लौ आयो बजेट
    4. लौ आयो, दस रुप्पेमा टेल्कमको सिमकार्ड
    5. लौ आयो – हप्तामा सत्तरी घण्टा लोडसेडिङ

    98 comments to लौ आयो शुभ समाचार सहमतिको

    • pujana shakya
      यो बैद्य त घाडो नै भयो…..हल्का सिधा नबनाई हुदैन होला …..चुरीफुरी अति नै भयो….
      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0
    • kumar
      निष्ठावान
      नेत्रितो
      नै सफल राज्यको संकेत हो सबैलाई चेतना भया..
      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0
    • शान्ति को आभास हुन प्रचण्ड र बाबुराम ले आत्महत्या गर्नु पर्छ | र यी माओबादी हरुलाई लगेर मार्दिनुपर्छ !
      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3
    • आहा कति राम्रो काम गरेका ! १० अरब लगेर आतंकबादी हरुलाई बुझाएर!
      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1
    • प्रभु
      राम्रो, ल ल यो आशा निराशा मा नबदलियोस.
      प्रभु
      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0
    • kabiraj
      ठिकै छ यो नगरिकन देशले निकास पाउदैन थियो जे भयो राम्रो भयो.
      अब प्रान्त बिभाजन मा कुरा मिले हुन्थ्यो. पूर्व, मध्य, तथा पश्चिम (अथवा कोशी, गण्डकी र कर्णाली) ३ वटा मात्र प्रदेश. धेरै प्रदेश भनेको धेरै कर्मचारी तथा राजनीति तन्त्र हुन्छ. अहिले को संसद जस्तो भेडा बाख्राको गोठ बन्छ. तेसैले, उत्तर देखि दक्षिन् सम्म बराबर र समान प्रकार को सम्भाब्य, बराबर जनसंख्या हुने गरि प्रान्त. नेपालको कृषि, पर्यटन तथा जलश्रोत बराबर बाडिने गरि र प्रान्त बीच आर्थिक तथा राजनीतिक समानता हुने गरि, र लोकल लेबलमा संस्कृतिक तथा भाषागत अधिकार गाबिस, जिबिश, नगरपालिका मा ज्यादा अधिकार केहि नियम कानुन समेत बनाउन पाउने गरि राज्य बनाउन मेरो सल्लाह नेताहरुलाई.
      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0
    • गगने
      बृहत शान्ति सम्झौताको कार्यान्वायन र शान्ति र संबिधान को कार्य टुंग्याउने हेतु अन्तमा धेरै तानाखिची पश्चात नौबुदे सहमति भयको छ र यसले देश र जनतामा आशा र खुशी प्रवाहित गरेको छ! बधाई सहित धन्यबाद छ नेताहरुलाई र आग्रह छ अर्को बखेडा झिक्ने कोशिस नगर्नुहोला र कम्तिमा पनि शान्ति र संबिधान लाइ टुंगोमा पुर्याउनुहोला! बाकि काम जनताले आउदो निर्वाचनमा गर्ने छ!
      बैध्य बाजे र समुह लाइ आग्रह, कृपया यो आशामा तुषारापात गर्ने कोशिस नगर्नुहोला तब तपाइको समुह को राजनीति नेपालि जनतामाझ जम्नेछ भनेजनताले शान्ति पाउने छन्! अब देश बनाउनु पर्ने छ! आजको युगको देश लडाई झगडा होइन आर्थिक सामाजिक क्रान्तिबाट बन्ने हो! हुनत सबैले आफ्नो र आफ्नो समुहको पक्षमा धेरै भाग र धेरै कुरा खोज्नुलाइ गलत मानिदैन तर सहमति र सम्झौतामा हरेकले केहि पाउने र केहि गुमाउने हुन्छ! यसलाई आत्मासाथ गर्दै देशमा शान्ति स्थापना गर्ने र देशलाई आर्थिक क्रान्तिको माध्यामले सामाजिक क्रान्ति गर्दै समाजबाद स्थापना गर्ने दा भट्टराइको बिचार र योजनालाई जनताले त निश्चयनै साथ् दिदै छन् र दिनेछन कृपया तपाहिहरु पनि आफ्नो केहि लोभलाई हालको लागि पन्छाउदै वा त्याग्दै साथ् दिनुहुन आग्रह छ! अन्यथा आफ्नो र आफ्नो समुहको पतन यहि बात सुरु भयो भन्नेमा निश्चित हुनुस!
      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0
    • nyima tenzin
      thank you, Dr. Baburam you are the Heroes of our Nation
      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4
    • jivan
      आज हुने भनिएको बैध समुहको पत्रकार सम्मेलन बहिस्कार गरौ । विरोधको लागी मात्र विरोध गर्ने अराजक तत्वहरूलाइ बहिस्कार गरौ ।
      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0
    • Navaraj, Taiwan
      As child shows a man ,morning shows a day , I wish and expect this step will be a morning glory for wonderful new Nepal !! जय नेपाल !!
      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1
    • sushi
      कति बुदे देखि कति बुदे सम्म सहमति भए खोई कहाँ गए ति सहमति र अहिले को सहमति नै अन्तिम भन्न लाई फेरी पनि यहि संबिधान शभा को म्याद थप्ने आर्को जुक्ति त होयिना /म्याद थप भत्ता खाऊ ल बधाई छ नेता जी हरु लाई /
      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 8
    • Ram P Chaudhari
      अव राज्य बिभाजन मा कुरो मिल्नु पर्छा/ जात जाति को आधार मा प्रदेश बिभाजन गरे कलह र एक जाति ले अर्को जाति लाइ अठ्यौने काम हुन सक्छ/नेपाल मा सबै जात जाति छरिएर बसेका छन्/ काठमान्डू मा नेपाल का सबै जाति बस्छन र नेवार राज्य बनाउन मिल्दैन/
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 2
      • Mani Chaudhari
        धेरै लामो समय पछी यो सुखद समाचार सुन्न पाइयो. धन्यवाद सबै नेताहरुलाई जसले देस मा शान्तिको लागि एक ठाउमा उभिने प्रयास गरे. अब आशा छ, यो ऐत्याहासिक सम्झौता ले पक्कै नया संविधानको खाका छिटै ल्याउने छ र साच्ची नै देस मा शान्ति चाहनेले सहयोग गर्ने छन. सदै देस मा अशान्ति, अस्थिरता चाहनेको लागि यो गतिलो झापड हो. यो झापड ले रन्थनिएर केहि उदण्ड प्रयास जरुर उनीहरुले गर्ने छन. तर अब नेपाली जनताले बुजी सके यी शान्ति बिरोधि को पिछ्लागु भएर देस मा कहिले शान्ति आउने छैन.
        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0
    • pradip pandey
      जनताले बाबुराम भट्टराई प्रति गरेको विश्वास खेर गएन
      नेपाली जनता र नेपाल आमाको करुणा बुझ्ने हैसियेत मात्र dr भट्टराई मा छ
      त्येसैले युद्दमा पिल्सिएका र फाटेका बिरामी मनहरुको उपचार ढुंगे युगका धामी ,झाक्री र “बैध” ले होइन dr हरुले नै गर्नुपर्छ! अनि नेपाल आमा को छातीमा मडारिरहेकोत्यो कालो “बादल” प्रचण्ड सुर्यको प्रभावले हटाउनुपर्छ !!!!!
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 6
    • Basanta Thapa,Maryland,USA
      यदि बिस्वमा अटल शान्ति र बिकाश सदा कायम राख्ने हो भने हर पक्ष बीच सहमति र समझदारी हुनु पर्छ \ एकले अर्को लाइ पेल्ने र सिध्याउने ध्यय राख्ने हो भने अशान्ति ,अबिकाश ,आतंककारी कहिले निर्मुल हुदैन \ कहिँ पनि कुनै पनि विचार ,प्रणाली ,धर्म ,ब्यबहार पूर्ण असल र सफल हुदैन \ आफ्नो र अरुको हित को समायोजन गर्नु नै साचो रुपमा जनता र देश को हित गर्नु हो \ ढिलै भए पनि नेताहरुको बुद्धि फिरेको मा खुसि र आशा पलायो \ जनदबाबलाइ कायमै राख्नु सबैको हित मा हुनेछ \ जनताले चाहेको देशले मागेको अधार निर्माण होस् \ नेताहरुलाई बधाई ! सलाम चाहि नभनु है अहिले लाइ !
      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0
    • Manoj Karki
      माओवादीले अब चैं राम्ररी बुझे कि हतियारको आयु छोटो हुन्छ | मलाई यहाँ निर माओवादीको निर्णय सहि लाग्यो | उनीहरुले धेरै कोशिस गर्या हुन् सत्ता कव्जाको राजनीति गर्न | YCL को गठन यसैका लागि थियो | तर YCL राजधानीमा आर्थोपर्जन मात्र सिमित् हुँदै गए पछी ‘जनसेना’हरुबाट दवाव बढ्न थाल्यो नेतृत्वलाई शान्तिपूर्ण अवतरणका लागि | अर्को तिर अन्तर्राष्ट्रिय समुदायको दवाव त छँदै थियो भने पछिल्लो समयमा उनीहरुले जनसमर्थन र जनमत मात्र गुमाउँदै थिएनन, उनीहरुका आम कार्यकर्तामा पनि वितृष्णा छाइसकेको प्रतित हुन्थ्यो |
      गत बर्ष लडाकुहरुको मत तिन-तिन तिर भएपछी Benefit of doubt को आधारमा पालुंगटार भेलाले जनविद्रोहको कार्य दिशा पारित गर्दै गर्दा प्रचण्डमा उत्साह देखिन्नथ्यो बरु उनि आफैं रनभुल्लमा थिए | जव धैर्यताका बाँधहरु टुट्न लाग्दै थिए प्रचण्डले बाबुरामको कार्यदिशा अंगाल्न थाले | बाबुरामको कार्यदिशा शान्ति र संविधानको पक्षमा मात्र थिएन, उनको लोकप्रियता र उनीप्रतिको आशा पनि आकाशिंदै गयो | यसले झन् ‘किरण’ पक्षको ‘जनविद्रोह’ अवशेषांगमा सिमित हुँदै गयो |
      यसरी प्रचण्ड झुक्न बाध्य भए, वैद्य विद्रोहको धम्की दिंदै लुक्न बाध्य भए | यो वास्तवमा
      बाबुरामको ठुलो राजनीतिक सफलता हो | तर, हामी आम नेपालीको लागि भने खुशी मनाउने बेला आइसकेको छैन यद्द्यपी आशाका किरणहरु प्रचुर देखिए |बेइमानी बादलहरु र परावैजनी ‘किरण’हरु टाढिए भने मात्र यो वास्तविक खुशीको क्षण हुने छ आम नेपालीका लागि अनि डा. बाबुराम भन्ने नाम सुनौलो अक्षरले लेखिने छ इतिहासका पानामा| गिरिजा प्रसादको आत्माले पनि मुक्ति पाउला अनि प्रचण्ड पनि खलनायकबाट नायकमा दर्ज होलान |
      विशेष बधाई बाबुरामलाई, शुभकामना शान्तिकामी हातहरुलाई !!!
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 1
    • *** Finally the tunnel of darkness is over ***
      Hopefully there will be Peace and new Constitution in time.
      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0
    • Bal Bahadur
      जे होस् यसपाली समझदारी सार्बजनिक गरियो . अब कसैले पनि यसलाई तोडमतोड़ गर्न पाउने छैनन् . सबै नेता हरुलाई बधाई . प्रचण्ड को पहल को सर्हाना गर्नै पर्छ . अन्त्य मा छिमेकी दाजु ले जे होस् राम्रै खेल खेलेर यहा तुन्ग्याये . अब बाकि रह्यो संघियता .
      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0
    • cRIS
      ल हामी सबैलाई बधाई छ!!!
      मनन गर्न पर्ने यी दुई बुँदाहरु:
      (क)
      मैले नबुझेको कुरो चाहि, कुन आधारमा कांग्रेस-एमालेले bargaining को अत्तो थाप्दैछ यहाँ?!! आधुनिक यूगमा पनि पौराणिक कालमा गोरुलाई जस्तो मान्छेलाई दाउन खोज्ने?? यसले त दूरदर्सिता देखाउदैन है! ७-१० लाखको ब्यबस्था गरेमा, गाउँ-ठाउँ छाडेर जंगल हिडेकालाई, समाजमा पून: स्थापना हुन सहज पर्छ| र पुन: बिद्रोह गर्दै हिड्नु पर्ने सम्भावना कम रहन्छ| के को लोभ हो, आखिरमा पैसा बाहिर बाटै आउने हो| अरु सरकारी कर्मचारी र सेवकहरुको तलब सुबिधा संग दाज्नु हुदैछ भने त्यो गलत हो, तिनीहरुले आफ्ना परिवार-समाज छाडेर देश र जनताको लागी भन्दै विभत्स युद्द त लडेका थिएनन् नि| कतै सुन्तला र स्याउ दाज्ने मुर्खता त गर्दै छैनन, यी कांग्रेस- एमाले??
      (ख)
      थापा-बैद्यको कार्यक्रमहरु क्रान्तिकारी दफ्फालाई रणभुलमा पार्ने; engaged गराउने बिथ्थाको नाटक मात्र नहोस| यो गरिनु जरुरी थियो, तर यसलाई “दूध” र “पानी” छुट्टयाउने छपनी नबनाईयोस| सबैलाई, वाईसीयल सुद्द मिलाएर, पुनर्स्थापना गरिनु पर्दछ| सबै माओबादी योद्दा हुन्| नेपालमा कुनै पनि “बिद्रोह”ले अब-उप्रान्त, बिजारोपण हुने मौका नपाओस| सबैलाई राजनीतिले समेट्दै, सम्बोधन गर्दै, गाठोहरु फुकौदै, यस्तो अबस्था आउन अगाडी नै सल्ताउदै अघि बढ्नु पर्छ|
      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 12
    • प्रकाश छेर्लुंगे
      सर्वप्रथम सम्पूर्ण सहमति कर्ता नेता ज्युहरु लै धन्यवाद अनि बधाई साथै सम्पूर्ण हामी नेपालीहरुलाई पनि बधाई !!!!!!
      आज तिमीहरुले नेपाली हुनुको गर्वानुभूति गरिदियौ कि हामी असहमति बिचपनि सहमति खोज्न सक्षम छौ भन्ने प्रमाण दियौ तेसैले पनि नेताहरुलाई बधाई दिनै पर्छ | अनि अब किरण साहेब अनि बादल साहबहरुले एकपटक सोच्नु पर्ने बेला आयो है | इतिहाँस ले सबै लै एउटा मौकादिन्छ , इतिहाँस कोर्ने | बिरोधको लागि बिरोध गर्ने परम्पराले सायदै देशको बिकाश हुदैन ,मेरो तुच्छ विचारमा | जनताको वकालत गर्ने किरण ज्यु अनि बादल ज्युहरुले सोच्नु पर्ने बेला यस मानेमा आयो कि हजुरहरुले भनेको जनता को हो ? जम्मा नेपाली जनता को ३४% मत हजुरको पार्टीको छ , तेस्मा पनि बाबुराम अनि प्रचण्ड को पक्ष्य मा पक्कै आधा आधि मंत पक्कै होला | सोझो हिसाब ले पनि हजुर को कम्पनि को पक्ष मा १७% जनता हुन आउँछ | सायद यसमा पनि सान्ति चाहनेहरुको मत आधा आधि होला | आब बाँकि ७ % को हाराहारी मा रहेको जनता जसलाई तपाई मात्र नेपाली भन्नु हुन्छ तेस्मा पनि लुटी खानापल्कियाका हरुको संख्या आधा होला बाँकिको बुद्धि हजुरहरुको चापी अनुसार घुम्छ | तिनीहरुको बलमा देश लै अझै दोन्दको चपेटा मा धकल्ने कुचेस्टा छोडेर अब देश निर्माण मा लाग्ने कि ?
      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0
    • डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि जनताले अपेक्षा गरेको एउटा महत्वपुर्ण र ऐतिहासिक उपलब्धि सम्पन्न भएको छ। आज को दिन सबै जनताको लागि खुसि को दिन हो अब यो सहमति कार्यन्वयन गर्न सबै पार्टी ले आ-आफ्नो कर्तव्य पुरा गरी देशलाई स्थायी शान्ति र आर्थिक उन्नतिको बाटोतिर लैजान आवस्यक छ। सारा नेपाली यौथ बिदेसिनु बद्यतालाई पछाडी धकेल्नु आज का नेता को काम हो |
      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2
    • J Kumar
      म चै नेपाल जाने भय साथि हो यो अर्का को देसमा जस्तै राम्रो जागिर भय पनि यो अर्कै को देस हो. अब आफ्नै देस मा काम गर्न जानु पर्ला जस्तो छ | सबै देश विदेश मा भय का साथि हरु लै चुलाई निम्तो नेपालमा.
      जे . कुमार
      California, USA
      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1
      • ल अब नेपाल नआए पनि हुन्छ | तिर्नु पर्ने १० अर्ब सब्बै हामी नेपाल मा बस्ने नेपाली हरु को थाप्ला मा आइसक्यो ! मानिस हरु कत्ति न बाबुराम ले खल्ती बाट तिर्ने जस्तो गर्छन!
        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0
    • madhav
      यो अत्यन्त खुशीको कुरा हो/ सबैले यसलाई सकारात्मक ठान्नु पर्छ/
      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1
    • लामो समय को अन्तराल पछी एउटा आशा लाग्दो खबर सुन्न पाइयो.,. बधाई छ हामी सबै नेपाली लाई,..:) भन्छन नि बिख नभएको सर्प र इख नभएको मान्छे तर लाग्दैन … हो त्येसरी नै बैद्य समुहको एउटा झुण्ड ले गरेको बिरोध लाइ अझ राम्रा काम गर्नलाई इख को रुप मा मात्र लिनु पर्छ बाबुरामले.. यसको पनि बिरोध गर्न थाले बैद्यको राजनीतिक भबिस्य संकटमा पर्ला है…? आखिरमा साथ् त यिनै जनताको चाहिने होला नि यिनिलाई पनि जो यो सुखद खबर संगै एउटा सुन्दर, शान्त अनि समुन्नत नेपालको कल्पना गर्न थालिरहेछन :)
      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1
    • rajesh
      चेतन जी, i got some drop of tear from my eyes, this all happen to me in the same way, thanks PM. Baburaकान सिरिङ्ग भयो मन झसङ्ग भयो दिमाग ले धेरै कुरा सोच्न थाल्यो // सायद धेरै बर्ष पछी राम्रो कुरा पढ्न पाएर होला // अब चाही नेपाल जाऊ जाऊ लाग्न थाल्यो // मलाई कसैले गलत नसोच्नु होला // नेपाल छोडेर भाग्यो अहिले चाही आउने कुरा गर्दै छ भनेर गरिबी अनि बेरोजगारी ले म जस्तै धेरै नेपाली ले आफ्नो मुटु भन्दा प्यारो देश छोडेर बिदेसिनु परेको छ //अब चाही आफ्नै नेपाल मा पसिना बगाउने ठाउँ पायिन्छा कि ??खुसि लाग्यो, PRCHAND U HAVE TO DO SOMETHING, THIS IS THE TIME TO DO LATTER, U WILL ONLY GET REGREET
      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3
    • pradeep khatri
      देशमा शान्ति हुनु स्वागत योग्य कुरा हो तर शान्ति र संबिधान को विरोधीलाई लात्ताले हानेर बारीको पाटोमा पुर्याउनु पर्छा तेशो गरे कसो होला?
      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1
    • राम्रो,Braavo2 ! बिशेष गरि PM भट्टराई जिउ र अदक्ष प्रचण्ड जिउ लाई बिशेष धन्न्यबाद हामी सबै बाट ! अब के गर्ने KP ओली, नरुनु दिल खोलि, चा-इन्छकी गोलि, अब फेरे हुन्छ बुट्टे चोली, अब खाए हुन्छा औषधि घोली, भट्टराई सरकारले तयार गर्दैछ तिम्रो लागि डोली, अब खाए हुन्छ ठुलो आलु पोली, कुनामा बसी नारोली, हाहा बिचरा ओली लै धेरै नाभानम होला. !
      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1
    • Jillabashi Baburam षरेल
      राम्रो, आशाबादी हुनु पर्ने कदम!
      हिजो प्रमसंग प्रतक्ष बार्ताको क्रममा रेडियोमा स्वयम्भुबाट एक जना युवती संगीताले भनिन, “…रमेश खरेल, गोकर्ण बिष्ट, रामेश्वर खनाल र हजुरहरु जस्तो हस्तिहरु नेपालले पाउनु साच्चिकै गौरबको बिषय बनेको छ! …हजुरको साथमा हामीहरु छौं….!”
      यो संगीताको मात्र आवाज नभएर सारा नेपालीको आवाज हो भन्ने कुरा बाउरम मित्जुले त बुझेका छन् र आशा छ अन्य नेताहरु- छबे, निम हकिम खतरे जान; थल्बले, नक्सरो, बडबडे देउडा; अलिंगीहरु: परिप्रेक्ष, देबि शिष्य झल्लु, काजु कान्छो; घच्चेदार, नेपाल फोरम र बिहारमा हालम, आदि- सबैले सुने होलान! चेतना भया..!!!
      अर्को कुरा मित्जुलाई सानो स्मरण चाहन्छु-
      पुनस्थापनमा जाने युवा, युबतिहरुलाई दिएको ७-८ लाख दिनु भन्दा पहिला उनीहरुलाई केहि प्राविधिक तालिम दिएर पठाइयोस ता कि उनीहरुको त्यो पैसा फेरी मुग्लान तिर जाक्किनको लागि खर्च गर्नु नपरोस र नेपालमै सानो कुटे खेलो गर्नमा प्रयोग हुन् सकोस!
      “If you give a man fish, he will eat fish for just one day. If you teach him how to fish, he will eat fish for the rest of his life!”
      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2
    • bhakta khatri
      लामो समयपछि नेपाली जनताले खुशीको समाचार सुन्न पयाकोमा बार्ता दलका सदस्य लगायत डा.बाबुराम भट्टराई ज्यु लै धेरे धेरे धन्न्यबाद दिनचाहन्छु/
      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0
    • योगेश आदी,न्यूयोर्क ।
      म चाँही लोकल कुखुरा किन्न ज्याक्सन हाइट तिर हिडे..! कार्यान्वयनको महत्व भएपनि यो सहमति हुनु भनेको राष्ट्रको लागि ठुलो उपलब्धि हो /
      जे होस् प्रचण्डले; गिरिजाले आफुलाई दिएको सुरक्षित अवतरण र निर्बाचनको समयमा देखाएको संयम र धैर्यबाट केहि सिकेको रहेछ /
      यति बेला बल्ल नेताहरूको घैटोमा घाम लागेछ !! नत्र जनताले भाटा हान्ने बेला हुने लागिसक्याथ्यो !!
      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1
    • Nayanghare, UK
      येतिका समाचार सुन्न दसकनै कुर्न पर्यो भन्या | झन्डै यहाँ विदेशको नागरिकता लिसक्या | ल धरै खुशीको समाचार | भट्टराई र पुष्पकमल लाई म बदाई दिन नेपालमै आउछु | यो बैध्य चै अलि खरो निक्लियो एस्लाई आम जनताले खबरदारी गर्ने पर्छ | खाशै एसको समस्या चाहि के रैछ हो ?
      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0
    • बलराम
      एस सहमतिमा खुसि हुनुपर्ने त् खासै केहि देख्दिन म , भारतका मसिहा र का agent हरु बीच नेपाली सेनाभित्र कथित मधेसीहरु (वास्तबमा बिहारिहरु, वास्तविक मधेसीहरुले त्यामौका पाउदैनन ) को छुट्टै unit खादा गर्ने र देशलाई सिक्क्किमिकरण गर्ने आर्को कदम हो,
      अनि १९०००-६५०० =१२५००*७,५०,०००=९३७५००००००० अर्थात ९३ अर्ब ७५ करोढ़ रुपैया हाम्रो करबाट बेक्तिको खल्तीमा हाल्ने निर्णय अनि ६५००*१०,००० ( औसत तलब/महिना ) = 65००००००*१२=७८,००,००,००० (७८ करोड /बर्ष) देशले खर्च गरिदिनुपर्ने कसैको सत्ता प्राप्तिको लागि!!!
      धन्य हामी नेपाली !!!
      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 13
      • राजा को परिवार मा १०-१५ जना को बिहे,बर्ताबन्ध,पास्नी,काजक्रिया ….आदि पर्दा पनि हाम्रो कर बाट उठेको लगभग तेती पैसा खर्च हुन्थ्यो बल’राम जी !भ्याट मार्फत ब्यापारी डाका ले खानु अनि दान-उपदान को नाम मा राजपरिवार का भुस्तिग्रेले खानु भन्दा ‘लडाकु’ भनेनी ‘योद्धा’ भनेनी ‘जनसेना’ भनेनी गरिब नेपाली का छोरा-छोरि नै हुन् तिनीहरु ले नै खाए राम्रो/ संगै सिपमुलक तालिम पाए झन् राम्रो,त्यो पैसा पनि ‘लेबी’ को नाम मा चै पार्टी ले नखाईदिए हुने..”संझौ शान्ति,संबिधान र गणतन्त्र को लागि हामी साधारण नेपानी ले तिरेको मूल्य” …….आगे यहाँ को विचार
        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0
    • finally, feels like our thirst has quenched !
      we all Nepalese whole-heartily appreciate this decision and
      will never ever forget 1-11-2011 in our life .
      the fractured ideologies will be swept away building a solidarity bond among the peace lovers and hunger of development. this is just a ignition of fragment which will eventually turns into a brightness of our country.
      Long live NEPAL. with peace and prosperity
      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0
    • Kamal Shrestha
      Greatest achievement so far. It is a matter of pride that consensus has been made by the leaders. We should thank Dr. Bhattarai and all the leaders for their effort in the matter of national interest. I am optimistic that things go well in the days to come and like to say: MORNING SHOWS THE DAY.
      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0
    • Hira
      शान्ति पर्क्रिया निष्कर्समा पुगी समिधान जारी भयपछीको चुनाबको परिणामबाट एकमाना सरकार बनोस जो सुकैको बने पनि हुन्छ
      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0
    • Amit
      यो अहिलेको सहमतिले सबै नेपालीले स्वस्थ स्वास फेर्न पाएको अनुभूति भएको छ | लेखाइ र बोलाइ उत्तम छ र अब व्यवहारमा काम गराई भयो भने यी मनका ढुक ढुकीहरु मेटिने थियो |
      घर, जग्गा, सरकारी भवन फिर्ता, द्वन्द पिडितहरुलाई राहत, लडाकु समायोजन र पुनर्स्थापना राम्रा बयवास्था हुने भो |
      र द्वन्दकालमा जागिर छोड्न बाध्य तुल्याइएका सेना र प्रहरीहरु पनि द्वन्द पिडित हुन् या होइनन ? यसको सरकार र राजननीतिक दलहरुले व्याख्या गरेर चित्त बुझाई दिए हुन्थ्यो | यदि हुन् भने पिडित हरुलाई राहतको व्यवस्था गरिदिए हामी पनि नेपाली नागरिक हौँ भन्ने गर्व गर्ने साहस बढ्थ्यो नत्र नेपाली भएर पनि सधै गैर नागरिक जस्तो भै बाँच्नु पर्ने मानसिकतामा बांचिरहना बाध्य हुने छौँ | यस तर्फ पनि सरकार र राजनीतिक दलहरुको ध्यान गए हुन्थ्यो |
      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0
    • navin
      बाबुराम भट्टराई फेरी पनि पहिला भए. जय होस् बाबुराम को,जय होस् प्रचण्ड को त्याग र समर्थन को. अन्तिम मा जय होस् नेपाल को र नेपाली को.
      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 0
    • सार्थक, दोहा कतार
      शान्ति प्रक्रिया र संविधान निर्माणको जिम्मेवारी पूरा गर्न राष्ट्रिय सहमति अपरिहार्य छ । यो कुरालाई गम्भिरतापूर्वक चिन्तन र मनन गर्दै सबै पक्षबाट यो सहमति कार्यान्वयनमा तलबितल हुने छैन भन्ने विश्वास र कामना छ । अब त केही हुनै पर्छ, नत्र देशको यो बिषम परिस्थितीले सबै नेपाली जनताहरुलाई वाक्क, दिक्क र निराशा बाहेक केही दिएको छैन ।
      चाडै देश फर्किएर देशमै दु:खजिलो गरेर बाँच्न र बस्न चाहन्छौं हामी अधिकांश परदेशिएका नेपालीहरु । हामीसंग शान्तिपूर्वक देशमै बसेर घरपरिवार र साथीभाइहरु संगै दु:खसुख साटासाट गरेर बस्नेभन्दा कुनै ठूलो महत्वाकांक्षा छैन ।
      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0
    • द्रोण
      Finally a good piece of news!!now maoist leaders seems more active than before.This shows Prachand has become a ”rajneta” now.
      Look at his recent moves,he keeps his mouth shut down ,he shows sacrifice,
      he is more balanced now.
      For other parties it seems to me that this is the only thing they could do in the present context.They are not in front line and massive people have no interest in them at all.
      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2
    • Ravi budhathoki
      धेरै खुशी को कुरा सुन्न पाइयो अब आशा गरौ समय मै कार्यान्वन भै दियोस नेपाल र नेपाली को लागि सबै भन्दा हर्ष को कुरा भने कै एही हो धन्यवाद सबै राज्नितिदल का नेता जी हरुलाई /
      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0
    • सर्ब पर्थम पर्धान मन्त्रि डा बाबुराम जु लाई सम्पूर्ण नेपाली ले बधाई दिनु पर्छ यहि दिन पर्खी राखेका थिय तमाम जनता हरुले अब हेरउ हाम्रो नेपाल ले सछेम बेक्ती लाई पर्धान को रुप मा पायको छ हामी तमाम नेपाली ले आफुलाई भाग्य मानी ठान्नु सम्झनु पर्ने बेला छ
      हामी सबै ले साथ र मनोवल दिनु पर्छ
      अब हाम्रो नेपालले पक्का पनि १ २ ३ प्रगति को बाटो तिर लम्किने छ
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 85 Thumb down 16
    • kedar jee
      भातमाराहरुको कालो र अँधेरो घैंटोमा बल्ल अलिअलि भए पनि घाम लागे जस्तो छ—!!!तर यसको कार्यन्वयन पक्षे झनै चोटिलो भएको हुनाले मिनेट मिनेटमै कुरो फेर्ने यी दुइ जिब्रेहरुको बाँकी खेल कस्तो हुन्छ—त्यो हेरेपछी मात्र ढुक्क हुन् सकिन्छ—————फेरी पनि देशमा सहमतिको राजनीतिको खडेरी नै लागेको यो अबस्थामा यसलाई पनि केहि प्रगति भएको भने मान्नै पर्ने हुन्छ————–आशा गरौँ—यहि प्रकारको सहमति र लोकतन्त्रको लागि आफ्नो ज्यान सुम्पिने सहिदहरुको आन्त्माको शुभेच्छाको बलले यो प्रक्रिया सकारात्मक रुपमा अघि बढोस-देशले निकाश पाओस—जनतामा खुशीको लहर छाओस!!!!
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 48 Thumb down 5
    • vishnu dahal
      ठुलो देशको मुद्दा फच्चे भाछ | सहमतिले म दुखीको आशा पलाछ | अब देशमा नुनको कमि परोस,तर राजनीति भन्दा कानुन अघि सरोस | आज सम्म माग्नेको भिड लुकेको राज्यमा दिनेको उदारता मौलाओस अर्थात् आज सम्म भिखारीले भिख,माग्थ्यो अब मागेर हैन गरेर खाने बानीको सस्कार बनोस ,जवान छोरोले जागिर माग्थ्यो अब आफै सृजनशील भै खुट्टा टेकोस, हाकिमले घुस माग्थे अब कर्तव्य सम्झी सेवा गरुन |नेताले कुर्शी माग्थे अब जनताको आवस्यकता बाडून| राज्यले अनुदान माग्थ्यो अब विश्व बजारमा व्यापार बाडोस| तर बिस्वमा बाडेको जवान युवालाइ घरसंसारमा आगन बनाओस फिर्ता बोलवस कामनाका साथ जय सुन्दर नेपाल हामीलाइ बाहिर नफाल !
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 58 Thumb down 2
    • Pramod
      ढिलै भए नि यो राम्रो भयो / कार्यान्यन नि हुनै पर्छ / अब नभए कैले, यिनीहरुले नगरे कसले सबै यिनीहरुनै छन् ??? तेसैले अब हामी सबै नेपाली पनि be +ve ,do +ve , think +ve मा लाग्ने हो कि ?
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 1
    • माओबादीको सेनाको पुनस्थापना र समायोजनको संख्या र राहात रकम बाहेक को कुराहरुमा दसौ पटक सहमति र हस्ताक्षेर भयको हो
      y c l भंग र सम्पति फिर्ता नभैकन सान्तिको आभास हुदैन
      सम्पति कब्जामा लिदाको बखतको क्षेतिपूर्ति दिने कुरा सहरानिया छ
      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 10
    • Krishna (...)
      UNMIN ले प्रमाणीकरण गरेका १९ हजार ६०२ मध्ये ६,५०० समायोजन अनि बाकी १३,१०२ लाइ कम्तिमा ६ लाख दिने हो भने पनि ७ अरब ८६ करोड १२ लाख हुन आउछ | यो भनेको त्यो कब्जा गरेको (नामसारी हुन नसक्ने ) जग्गा भन्दा निकै बढी हो | प्रचण्डले एकपटक सबैलाई “बेबकुफ” बनाए है| हुन त ज्ञानेन्द्रलाई “दाम” राखेर ढोग्नेहरुलाई किन “बेबकुफ” बनाइराख्नु पर्थ्यो र! बेकारमा समयको बर्बाद
      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 25 Thumb down 52
      • कृष्ण जी ले ठिक भन्नुभयो ! तर के गर्नु यी आतंकबादीका कट्टु चटुवा हरुलाई त ‘सुखद समाचार भै हाल्यो नि | आफु बिदेशमा बस्यो कर तिर्नु पर्दैन, आफुले कमाएको पैसा यी आतंकबादी हरुलाई बुझाउनु परेको भए थाहा हुन्थ्यो !
        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0
    • chiranjivi giri
      निकै खुसि लागो धेरै पछी आएर भए पनि एउटा एतिहासिक सम्झौता गर्नु भो यसका लागि सबै नेता जिउ हरुलाई बधाई छ ……. अब यसलाई सबै मिलि कार्यान्वन गरेर हामी सबै देश को आर्थिक बिकासमा जुट्नु पर्छ
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 1
    • सहमति को समाचार राम्रो छ, कहिँ फेरी को प्रधानमन्त्री बन्ने बनाउने खेल शुरु हुने हो कि ?
      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 19
    • prem sharma
      Its the beginning lets see what will happen in future while implementing agreed points among the parties.
      We can work together, not only relying on PM, to build new Nepal where we all can sit together in harmony and have peaceful, prosperous life. No corruption any more please. Corruption is the like AIDS for most of the developing countries.
      Thank you very much for all who have played constructive role enlightening our hopes for future brighter Nepal.
      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0
      • सुशिल-क्षितिज पारीबाट
        ल बधाई छ हामि आफैलाई अनि धन्यवाद छ हाम्रा नेता जी हरुलाई ! जे होस् लामो समय पछी पहिलो पटक राम्रो समाचार आयो आज ! अनि प्र.म.डा. बाबुराम भट्टराइ आज पनि पुन नो. १ नै संयोग नै होला यो आज दिन पनि १-११-११ वाह………
        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 3
    • neerose
      धेरै राम्रो! अब कार्य सम्पादन पनि छिटै देख्न पाय हुन्थ्यो !
      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1
      • mahesh
        माओबादी ले अलि धेरै गुमाउन परे पनि
        सम्झौता भयो, राम्रो भयो. आखिर बाबुराम र प्रचण्ड नै हुन् यो देश का उच्च कोटी का नेता, सम्झौता लागु भएमा केपी ओली, माकुने, राम्चंद्रे, भिमे शंकरे आदि ले कसरि दिन काट्लान?
        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 39 Thumb down 15
        • kabiraj
          माओबादी ले कसरि धेरै गुमाए र? प्रचण्डले हाम्रा ५/६ हजार सेना थिए १८ हजारलाई दर्ता गरायौ भनेकै हुन् . अहिले पनि त्यतिनै सेनामा जादै छन् बाँकीले फोकटमा लाखौ कुम्ल्याउन पौदैछान अनि. जे होश जे भए पनि ठिकै भयो. अनावस्यक कुरा के गर्नु?
          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0
    • sam
      आस लाग्दो खबर !!अनि धेरै धन्य बाद नेता जी हरु लै ..कागत मा मात्र नहोस यो सहमति !!
      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 2
    • buddhilal tamang,london,canada
      सहमतिको बिकल्प थिएन| सहमति भएछ राम्रै भो|
      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2
    • skpnepal
      Be optimistic all nepalese people.
      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2
    • ayushnaram
      धेरै खुसि हुनु अझै अलिक छिटो हुने हो कि ? नेपाली नेता र नेपाल का पार्टीहरु को असली नियत अझै अरु पनि हुन् सक्छ ? नेता ले सोचे झैँ उस लाई फाइदा नहुने देख्यो भने भोलि नया रडाको पनि मच्चाउन पनि बेर छैन .
      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3
    • khagendra dhungel
      राम्रो कार्य भयो सबै जनाले साथ दिदै हाम्रो देश नेपाल लाई संसार को सबभन्दा राम्रो र सम्पन्न देश बनाउनुपर्छ I
      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0
    • मलाई पनि धेरै खुशी लाग्यो अब त केहि हुन्छ की / अब के. पी.वली जस्तो जाली फटाहा नेताको आखा नपरोस अब यहि कामना छ/
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 41 Thumb down 2
    • bal krishna pantha
      ल बदाई छ बाबुर जी.लामो समय को अन्तरला पछि अलिकति भय पनि महत्तो पूर्ण कम गरेको मा हेरौ बाकी कस्तो हुनेहो
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 4
    • chetan
      कान सिरिङ्ग भयो मन झसङ्ग भयो दिमाग ले धेरै कुरा सोच्न थाल्यो // सायद धेरै बर्ष पछी राम्रो कुरा पढ्न पाएर होला // अब चाही नेपाल जाऊ जाऊ लाग्न थाल्यो // मलाई कसैले गलत नसोच्नु होला // नेपाल छोडेर भाग्यो अहिले चाही आउने कुरा गर्दै छ भनेर गरिबी अनि बेरोजगारी ले म जस्तै धेरै नेपाली ले आफ्नो मुटु भन्दा प्यारो देश छोडेर बिदेसिनु परेको छ //अब चाही आफ्नै नेपाल मा पसिना बगाउने ठाउँ पायिन्छा कि ??खुसि लाग्यो
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 77 Thumb down 3
    • Dawa Tsering
      धेरै राम्रो समाचार हो!अब नेपालमा पनि सरकार,कानून र सिस्टम आदि बनोस! हरेक मान्छेले सरकारी कर्मचारीहरुलाई विवस गर्न सकोस!!!अहिले सम्म त neither government nor law in नेपाल only money and politic are talking and walking .well done all leaders (politicians ) !!!have a good luck for further go a head ……………
      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1
    • chatur rai
      खुशीको कुरा सुन्न पाईयो, यो सम्झौता घरवलीसंगको जस्तो नहोस,
      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0
    • बल्ल नेपाल मा की होला जस्तो आस जागेको छ | नेपाल को राजनीति ले सहि दिशा लियोस भन्ने मेरो मंगल मय सुभ कामना ….
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 0
    • Prakash Shrestha
      This is yet another plot of the moaist, keeping the revoluntionary line open, while other to enter into political stream to destroy the social, political fabric for state take-over. Sitaula is the rajputana of the NC, as there was one in the russian jar.
      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 41
    • प्रभात 'किरण'
      डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि जनताले अपेक्षा गरेको एउटा महत्वपुर्ण र ऐतिहासिक उपलब्धि सम्पन्न भएको छ। अब यो सहमति कार्यन्वयन गर्न सबैले आ-आफ्नो कर्तव्य पुरा गरी देशलाई स्थायी शान्ति र आर्थिक उन्नतिको बाटोतिर लैजान आवस्यक छ। नेपालको ईतिहासमा एउटा सफल प्रधानमन्त्रीको रुपमा आफुलाई उभ्याउनुभएकोमा डा. भट्टाराईलाई हार्दिक बधाई छ।
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 132 Thumb down 9
      • देवराज जोशी , कैलाली
        उपलब्धी हुनु महत्वपूर्णहो , यो वा ऊ प्रधानमन्त्रीको पालामा भयो भन्ने गौण कुराहो अब नयाँ नेपालमा यस्तो व्यक्तिवादी सोंच त्याग्नु पर्छ हामि सबैले परिणाममुखी हुन् सिक्नु पर्छ |
        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0
    • लचकता जसले अपनाएपनि, जो जत्ति झुके पनि आजको सहमति लाइ इमान्दारी पुर्वक पालना गरेर कार्वान्यन हुनेहो भने जित नेपाली जनताको हुने पक्का छ, अरु केहि होला नहोला तर यो सहमति सम्झिने एउटा गज्जबको कुरा चाहिँ संजोगले हो वा के हो राम्रो संग मिलेछ, १ नोभेम्बर दुइ हजार एघार अर्थात्, ०१/११/११ :-)
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 101 Thumb down 3
    • सकारात्मक छ |तर पुनःस्थापनामा सामेल लडाकुहरुका लागि शिक्षा, तालिम एवं व्यवसायिक अवसरहरुको प्याकेजको विकल्प उपलब्ध गराइने , रकम रु. ६ देखि ९ लाखसम्मको मूल्य अलि मोटो भएनर ?फेरी यस्ता नेपालको ढुकुटी रित्ताउने सम्झौता हरु गर्नु नपरोस् |अब देशमा सान्ति र विकास होस् |
      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 23 Thumb down 60
    • netra
      यो नेपाल र नेपालीको लागि यौटा सुबर्ण दिन र समय हो जसले गर्दा देशमा सुब्यबस्था र अमनचयन हुन्छ होला भन्ने आशा पलाउने खबर हो तर हामी नेपालि ले खबर सुन्ने मात्र होइन कि काम पुरा भयको हेर्न चाहन्छौ..
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 2
    • पैसा चाही किन दिनु पर्ने होला? अहिले सम्म लुटेका बैंक को जनताको पैसा खै त ?
      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 37 Thumb down 94
    • ल अब चाहिँ पक्कै केहि हुन्छ, यो नै अन्तिम सहमति होस् फेरि फेरि समहमती भन्ने शब्द सुन्न नपरोस | सबैले प्रार्थना गरौँ, समहति कार्यन्वयन होस्, संबिधान बनोस, शिर्ष नेताहरुले साची नै शिर्ष स्थान ओघटने हैसियत राखोस, शुभकामना |
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 41 Thumb down 4
    • Krishna (...)
      भनेपछि अब राष्ट्रिय सहमतिको सरकारको नेतृत्व “प्रचण्ड” कै पोल्टामा जाने भो त? बिचरा बाबुराम ….
      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 47
    • Binay Adhikari
      देशको लागि त यो राम्रो समाचार नै हो भन्ने हामीलाई लाइराछ. तर माओबादी मित्रहरु तपाहीहरुको दिन गन्ति छैन सुरु भयो कि जस्तो नि हामीलाई लाइराछ. अब भोलि पार्टी फुट्ने भो..है…म चाही परे जनता त्येसैले म छैन खुसि छु.
      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 23
    • मदन, यु. एस. ए
      शान्ति, समबृद्दी र बिकाशकोलागि सुखद समाचार ! सदा शान्ति छाइ रहोस हाम्रो देशमा !
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 1
    • Shyam Sigdel
      नेपाली नेताजिउ हरु ले जे होस् ढिलाई भयपनी १ काम राम्रो गर्नु भयो, मेरो सुझाब यो सहमति लाई चाडो भन्दा चाडो कार्यन्यानन गर्न तर्फा लागौ र जनताले भनेजस्तो संबिधान निर्माण गर्न जागरुक बनौ ,,यै हो हामी नेपाली को कामना
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 0
    • धेरै राम्रो समाचार आयो मन सारै खुशी भयो
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 2
    • Sandeep
      नमस्ते
      थोरै आशाको अंकुर पलायाको छ, जसलाई राम्रो संग बिस्तार हुन दिनु पर्छ. सकारात्मक हिसाबले लिनु पर्छ यो सहमति लाई. नेपाल मेरो देश मेरो गौरब.
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 2
    • dipendra shrestha
      Credit goes to our PM BRB..
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 6
    • Manoj K. Mahato
      आजको दिन नेपालीहरुका लागि सम्झिने दिन हुने भयो. त्यसको लागि सबै राजनीतिक दल तथा नेताहरुलाई धेरै धेरै धन्यबाद.
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 2
    • Hom Nath Adhikari
      अघि बड बाबुराम हामी युवा साथ छौ
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 5
    • सन्तोष संकल्प 'पान्थरे'
      खुशी लाग्यो। ढिलै भएपनि प्रम ले आफ्नो बचन पुरा गरे।
      यो बैद्यको काम अहिलेको युगमा सदुपयोग गर्न सकिन्दैन। अब बैद्य जंगल गए हुन्छ, जंगलमा यसो जडिबुटी खोजेर ल्याएर यो रत्नपार्कको भर्यांङमुनी सानो बैद्य पसल खोले हुन्छ। मानिस समयानुकुल चल्न सकेन भने पतन हुन्छ। डाईनोसरजस्ता अजंङका प्राणीहरु त समयानुकुल परिवर्तन गर्न नसकेर पतन भईसके। राप्रपा, मातृका, मण्डलेहरु समयानुकुल परिवर्तन गर्न नसकेर अहिले पतन भईसके। मन्त्री किराँतीले भनेझै अब त्यस्ताहरुलाई हार्दिक श्रद्दाञ्जली व्यक्त गरे हुन्छ।
      कम्युनिष्टहरु पनि समयानुकुल परिवर्तन नभएको भए नेपालमा तिनीहरुको वर्चस्व रहने थिएन। उही जिजुबाजे मार्क्स र लेनिनको उही पुरानो ढर्राको सिद्दान्त मा चल्ने हो भने विश्वमा कम्युनिष्टहरु पहिलेनै लोप भईसक्थे। तर अलिकति बु्द्दि पुर्याउनेहरुले समयानुकुल सिद्दान्तहरु संसोधन गर्दै आएर अहिलेको स्थितिमा आईपुग्न सफल भएका छन।
      ” शान्त नेपाल, शान्तिको दुत गौतम बुद्द नेपाली हुन”
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 64 Thumb down 2
    • suman Bhote
      I am very happy finally this matter is solved…. this time also PM proved BIPPA deal was correct…he knows maoist PLA going to serve as security of industries…. this is the happiest moment for whole country…..Now our country will…..be new nepal…
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 2
    • Sudip Sharma
      ढिलै भए पनि आश लाग्दो समाचार सुन्न पाइयो. सशक्त रुपमा कार्यन्वयन होस्..एसको बिरोध गर्ने लाई ठेगान लगाउनु पर्छ..बैद्य बाजेको पार्टीभित्र को व्यक्तिगत रिसयीबीले एसको कार्यन्वयन मा बाधा सिर्जना नगरोस..प्रचण्ड जी बरु पार्टीमा बस्न नसक्ने हरु भाडमा जाउन एस्लाई ब्यबहारिक रुपमा लागु गर्नुस..मुख्य जिम्मेवारी तपाइको नै हो गिरिजाबाबु को मृत्यु पछी//
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 3
    • kishor Tiwari[Anjan]
      राम्रै भो !
      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2
    • Bhusan
      सहमति भयो? ल हामी सबैलाइ बधाई! माओबादी प्रतिको मेरो घृणा अहिले बाबुराम र प्रचण्डको मिलेमतोमा भएका प्रगतिहरुले अलि मत्थर हुदै गएको छ. यो बैध्य चै एउटा ठुलो समस्या भएर निक्लिने छ नेपालको लागि. एउटा न एउटा त बन्द हड्ताल गर्ने मान्छे त जसरि पनि नेपालमा निक्ली हाल्छन, अबको पालो चै बैद्य माओबादीहरुको आए जस्तो छ!
      नेपालमा शान्ति सुशासन र बिकास हुने केहि छाटहरु देखा पर्न थालेका छन्.
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 4
    • kamal bishwokarma
      यो त अत्यन्तै खुशी को कुरा हो, तर बादल र वैद्य जस्ता अनुदारवादी हरु ले गर्दा कार्यन्वयनमा अप्ठ्यारो त पार्ला, तर यस्ता बाटोका काँडाहरुलाई जसरि पनि पेलेर अगाडी बढ्नु पर्छ, यस्ताहरुको हिसाबकिताब त जनताले राखेकै छन्……………………..
      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1
    • SUMAN KARKI
      ल अब सबै पक्चे ले सहमति को इमान्दारिताका साथ पालन गरुन, फेरी गडबड हुन नदिउन, कमरेड किरण ले नि यसो गम्भीर भएर सोचौ.. खुसीको कुरा हो,
      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1
    • T Dhakal
      राम्रो खबर, अब लाग्छ सबै पार्टीहरु सरकारमा संलग्न हुने छन्/ त्यसपछि एक अर्कालाई दोष लगाएर आफ्नै सरकार ढाल्ने जस्तो खुराफाती काम नगरी मिलेर काम गर्न सके भने राम्रो हुने थियो/ तर के गर्नु? जनचाहना र नेताचाहनामा फरक पर्दो रहेछ/
      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1
    • Deepak Kc
      खुसि लाग्यो अब केहि हुन्छा कि हाम्रो देशमा !!! आसा गरौ भरोसा चाही नगरौ है ….
      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1
    • Bhasker Pakhrin
      धेरै पछि राम्रो खबर सुन्न पाईयो, तर अब बैध पछले पो क गर्ने हो कुन्नि, तर जे होस् बाबुराम ले यति भने पनि गरि छाडे
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 2
    • gautam
      खबर त राम्रै हो तर बैधे पछे ले के के गर्ने हुन् खै?? १७ गते त मावो बादी को मिटिंग थियो क्यार तेस पछी यो निर्णय भएको भए सारै राम्रो हुन्थ्यो जस्तो लाग्छ / बरु बहुमत अल्पमत भएको भय पनि ठिकै हुन्थ्यो / हतार को काम लतार जस्तै भयो भने बर्बाद हुन्छ/ पार्टी फुट्ने भयो भने त बाँकी काम त रोकिन्छ नि हैन र ?? २,४ हजार तल माथि ले खासै फरक पार्दैन तर जुन प्रकिया छ त्यो चाही सफा हुनु पर्छ/ हामी नेपाली ले अझै दुखका दिन हरु भोग्न नपरोस भन्ने कामना बाहेक अरु के पो गर्न सकियो र खै?????
      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2
    • Badri Poudel
      आट गरे के हुन्न ?सानो खुसीको खबर हो. अन्य कुरामा पनि सहमति गर्दै जाउन नेताहरुले तेसैमा सबैको वलाई छ धनन्यबाद .
      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2
    • Maneesh Sharma
      ल राम्रो भयो. बधाई छ बाबुराम तिमीलाई.
      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 3
    • Sonam Sherpa
      धेरै राम्रो खबर छ तर कार्यन्वयन पक्ष पनि हेर्न बाकि नै छ हाम्रा नेताहरु सहमतिमा चमत्कारी / ब्यबहारमा बिचारी / सबै कुरो सिरियसली लिने गरौ / ईतिहासको सुनौला घडीमा हाम्रा नेताहरु छन् / ब्यबहारमा खरो उत्र /
      मन परे हरियो, नपरे रातो Thumb up 15 Thumb down 2