Friday, November 4, 2011

किरणका १० किस्सा (ठट्टा) - mysansar

सबभन्दा ठूलो पार्टी माओवादी र त्यसमा संस्थापन पक्षसँग फरक मत राख्‍ने उपाध्यक्ष मोहन वैद्य ‘किरण’। शान्ति सम्झौता टुङ्ग्याउन हालै भएको सहमतिले धेरैलाई खुसी बनाए पनि किरणको त्यसमा विमति रह्यो। उनको पक्षले आन्दोलनै घोषणा गर्‍यो। मिडियामा उनलाई शान्ति र संविधानविरोधी भन्दै ‘राक्षसीकरण’ गरिएको छ। चिरञ्जीवी पौडेलले भने किरणलाई उडाउने केही ठट्टा तयार पारेका छन्। राजनीति नै राजनीतिबाट दिक्क हुनुहुन्छ भने राजनीति मिसिएको यो ठट्टाले तपाईँलाई अर्कै स्वाद दिन सक्छ।
१. दुई झगडिया आइमाई धनमाया र मनमाया धारे हात लाएर एक अर्कालाई सत्तोसराप गर्दै थिए।
धनमायाः तेरो परिवारलाई हैजा लागोस!
मनमाया : तेरो घरमा मोहन वैद्य किरण पसोस!


२. कार्यालय जान बाइक स्टार्ट गरेर हिँडेका एक सज्जन अचानक घर फर्किएः
श्रीमतीः किन अफिस नगएर घर फर्किनुभो?
सज्जनः हेर न। भर्खर हिँडेको मात्र थिएँ, मोहन वैद्य किरणले बाटो काटे!
३. मोहन वैद्य किरण कपाल काट्न भनेर सैलुन गएका थिए। हजामले उनलाई कपाल काट्न भनेर कुर्सीमा बसाए। तर, एक छिनपछि त्यहाँ ठूलो होहल्ला र भिडभाड भएछ। के भयो भनेर यसो चिहाउँदा त हजाम कुर्सीमा घोप्टो परेर बसेको थियो भने मोहन वैद्य किरण हातमा छुरा समातेर उतिर तेर्स्याइरहेका थिए।
पत्रकारले सोधे : के भयो कमरेड?
मोहन वैद्य किरणः यसले मलाई छुरा देखाएर शिर निहुर्‍याएर आत्मसमर्पण गर्न लगायो। अब कि यो छैन कि म छैन!
४. अचेल माओवादी पार्टीको बैठकमा जाँदा मोहन वैद्य किरणले छलफल सुरु हुनुभन्दा पहिले नै निर्णय पुस्तिकामा नोट अफ डिसेन्ट लेखिसकेका हुन्छन्। एक दिन त्यसैगरी नोटअफ डिसेन्ट लेखिदिएर बैठक सुरु नहुँदै हिँडेछन्। तर पाँच मिनेटपछि बैठक स्थलमा फर्के। उनलाई देखेर प्रचण्डले कुम हल्लाउँदै भने, ‘ल, हेर्नुस, कमरेड गल्ती महसुस गरेर फर्किनुभएको स्थिति हो।’
मोहन वैद्य किरणले घुर्दै भने, ‘भ्रममा नपर्नुस कामरेड। खल्तीमा बोकेको कालो झण्डा यहीँ छुटेछ, त्यही लिन आएको।’
५. मोहन वैद्य किरण बेलुकी घरमा टिभी हेर्दा सँधै कालो झण्डा हातमा लिएर बस्छन् रे। टिभीमा प्रचण्ड वा बाबुरामलाई देखायो कि कालो झण्डा उठाइहाल्छन्।
६. मोहन वैद्य किरण चैत/वैशाखको गर्मीमा राती ज्याकेट लगाएर सुत्छन् भने पुस/माघको ठण्डीमा पंखा चलाएर सुत्छन्। पूँजिवादी मान्यताहरुलाई चुनौति दिने यो उनको आफ्नै शैली हो भनिन्छ।
७. एक दिन बूढा घुम ओढेर लुखुरलुखर रत्नपार्कमा हिँडिरहेका थिए। (काठमाडौंमा घुम कहाँबाट आयो भन्नुहोला, त्यो हाम्रो समस्या होइन)। बाटोमा कसैले सोध्यो : कमरेड, पानी त परेको छैन, किन यो घुम ओढेर हिँड्नुभो?
कमरेडले एक झापड दिँदै भनेः चीनमा त्यत्रो पानी परिरहेको छ, समाचार सुन्नुहुन्न कि क्या हो?
८. प्रचण्ड एक दिन टिभी किन्न भनेर एउटा शोरुमा छिरेछन्।
साहुजीः कस्तो मोडेलको कुन कम्पनीको टिभी देखाउँ?
प्रचण्ड जस्तो भए पनि हुन्छ, मोहन वैद्य किरणलाई नदेखाउने टिभी दिनुस।
९. मोहन वैद्य किरण सानोमा फुटबल खेल्थे। रमाइलो चाहिँ के हुन्थ्यो भने जब उनको विपक्षी टिमले गोल हान्थ्यो, गोल हान्ने खेलाडी धुरुधुरु रुन थाल्थ्यो। किनभने जब उसले गोल ठोक्थ्यो, मोहन वैद्य किरणले उसैलाई ठोक्थे। खेल भइरहँदा कहिल्यै गोल हान्न नसक्ने उनी खेल सकिएर सबै हिँडिसकेपछि खाली पोष्टमा एक गोल हानेर मात्रै घर फर्किन्थे।
१०. मोहन वैद्य किरणलाई आजकाल कसैको बिहेमा पनि निम्तो आउँदैन। किन होला? यो चाहिँ आफैं अनुमान लगाउनुस्।

 
 
 
 
 
 
9 Votes
Related posts:
  1. संविधान सभा हाँसो ठट्टा गर्ने थलो
  2. संविधान सभालाई ठट्टा गर्ने ठाउँ ठान्या रैछन् कि क्या हो
  3. १० वर्षपछिको नयाँ नेपाल
  4. पत्रकारलाई पनि १०-५ को बन्धन
  5. काठमाडौँ १० का मतदाताः नेतादेखि दिक्क, चुनावदेखि फुरुङ्ग

47 comments to किरणका १० किस्सा (ठट्टा)

  • Kamal
    यो सबै नाटक भन्ने कुरो प्रचण्डले स्वीकार गरि सकेका छन् फेरी किन किरणलाई बलिको बोको बनाएको होला? तर कांग्रेसको पुछार बनेर सान्ति भन्नु दलाली सिबाय बढी केहि होइन
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 3 Thumb down 21
  • devendra
    महान नेताहरुका महान बानि व्यहोरा ……हहह्छ
    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2
  • Naresh
    पक्ष-पाति छ यो ठट्टा (लेख), वैद्यको राम्रा पक्षलाई समेट्दै न-समेट्ने; अर्को ‘note of देचेंत’ पनि ठोक्दिउ कि क्या होए !
    वैद्य आफ्नो सिदान्त मा अडिक हुन सक्ने एकमात्र व्यक्ति हुन् र माओबादीको सफलता मा उनको ठुलो देन छ |
    येतिखेर, जनता सिदान्त भन्दा समझदारी चाहन्छन, बर्सौ-बर्षको राजनीतिक चपेटाबाट बाहिर निस्कन चाहन्छन; यो नै समय-स्थितिको माग हो | एस्लाई स्वीकार, मनन गर्न नसक्नु वैद्यको कमजोरी हो| तर, येतिकैमई वैद्य लाई ‘किरा’, ‘घाँस खुवाएको’, ‘झुकेको’ जस्ता titileहरु र येस्तई शब्दहरु उचित हुदैन |
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 29 Thumb down 25
  • Ram P Chaudhari
    मदन जी,
    नेवार, राई, लिम्बु, गुरुङ र मगर हरुले जात को नारा चलाउन हुने तर मधेसी ले बोलनी नपाउने/ पहाड बाट जातीय नारा हटाउ/ नेवार लै नेवार राज्य चाहिए मधेश लाइ किन नहुने/ जातीय नारा पहाडिया बाट आय्र्को हो र माओबादी पनि जातीय नारा बाट आएको पार्टी हो/
    देश बचाउने हो भने जातीय राज्य हुनुहुदैन/ भूगोल को आधार मा प्रदेश बिभाजन हुनु पर्छा/ नत्र भने नेपाल मा सधै काटमार हुन्छ/
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 6
    • Mani Chaudhari
      लेख सार्है राम्रो लाग्यो. हुनपनि हो देस ले शान्ति खोजि रहेको बेलामा, लड़नुनै पर्छ भनेर बैद्य ले अड्डी कसेका छन्. उहाको बिरोध, मात्र बिरोध को लागि हो. एक चोटी उहालाई सोध्नुहोस, सम्झौताको बिकल्प के छ भनेर? शान्तिको बिकल्प के छ भनेर? छ उहा संग यसको उत्तर? यस्तै नेताहरुको कारण अहिलेसम्म देस मा शान्ति न आउन सकेको.
      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3
  • कस्तो अप्ठेरो मा फलेको फारसी रहेछ यो किरण भन्नि!!!
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 6
  • बिचरा बैद्य बाजे ! समय लाइ चिनेनौ | मोहन बिक्रम संग मित लगाऊ |
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 6
    • Mani Chaudhari
      बैद्य बाजे ले माओले क्रान्ति गरेको इतिहास मात्र पढे छन्. तर क्रान्ति पछी देस मा शान्ति ल्याएको र देस बिकास गरेको कुरा पढ्न भुले छन्.
      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 0
  • पुष्प
    जो झुकेको वा झुकेको देखिएको भएतापनि अबचाहिँ पक्का हाम्रो देश उँभो लाग्ने भो । बधाइ छ ‘हामी’लाई ।
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 5
  • bimal pandey
    किरणजी कुन सताब्दिमामा ? दुनियाभारी यो स्पस्थ भै सक्यो कि अहिलेको समयमा दुइ चार बन्दुकधारी ले कति सम्म पुरा समाज लाई बन्धक बनाउनु सक्छ र ?यो त तुनिसिया,इजिप्ट,लिब्या,बाट जानकारी भया !!!! बैध्यजी अब जनता लाई बन्दक बनाउने सपना नालिनोश .२१स्त सताब्दी मा सक्ति जनता संघ छ .नेपाल र नेपाली लाई सान्ति चाहिएको छ.देशमा भ्रस्टचारी,माफिया,उन्मुलन गर्न बलियो राजनैतिक तन्त्र हुनु पर्यो ,जसमा कोहीपनि नियम र कानुन भित्र हुनु पर्छ .जो सुकै ले अबैध तरिका ले जमाएको सम्पति रस्त्रियाकरण हुनु पर्छ.यो आज को नेपाल को समस्या हो.’बिपा’ आबस्यकता हो ,त्यसको कुनै विकल्प छैन.अमेरिका,बेलायत जस्ता बिकसित देशहरु,बिदेशी लगानीको लागि सधै कोसिस गरिरहेका छन् ,भने किरणजी तपाई बिकाश को लागि उत्तर कोरिया मा जाने हो कि ?यदि जानु भयो भने तपाई र तपाई को पुछर त्यहि बस्दा कस्तो होला,कमरेड ?त्यहाँ भुक्न पनि पाइदैन ,खान पनि पाइदैन.
    मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 3
  • Himalee
    बल्ल बल्ल काकी (कामरेड किरण) प्रधान मन्त्री भएछन
    प्रथम प्रेस तथा कार्यकर्ता भेलाको दृश्य ;
    पत्रकार अनि कार्यकर्ता एकै स्वरमा : सबै प्रधान मन्त्रि को सधै बिरोध गर्नु हुन्थ्यो अब तपाई नै प्र,म, हुनु भो अब हाम्ले के फरक देख्नु पाइन्छा होला काकी ?????
    काकी:( प्रधान मन्त्रीको मोटरको रास्ट्रिय झण्डा तिर देखाउदै ) उ त्यो झण्डाको रंग हेर्नुस त्
    हिमाली
    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1
  • Jillabashi Baburam षरेल
    समयको मागलाई नबुझे बैद्यबाले नरदेवीमा एउटा जडिबुटी पसल खोल्दा राम्रो होला!
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 4
  • Nikhil
    मोहन बैद्य किरणको राति सुत्ने पलंग ९० डिग्रीको कोणमा आकास तर्फ ठाडो छ , सुत्ने बेलामा पलंगमा बेल्ट बाधेर सुत्ने गर्छन किन कि साधारण मान्छे जस्तो सुत्दा सामान्ती हरुको सामु झुकेको जस्तो हुन्छ भन्ने ठान्छन .
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 1
  • योगेश आदी,न्यूयोर्क ।
    बुढोले न त उपहारको पोको ल्याउन जानेको छ न त सुक्को झार्छ !! अनि कसले बोलाउछ त ??
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 1
  • kedar jee
    कुनै पनि बिषयबस्तु आफैंमा राम्रो या नराम्रो हुँदैन-यो ठट्टालाइ ठट्टाके रुपमा हेर्दा खासै फरक नपरे पनि मोहन बैद्य माथि यो ठट्टा प्रयोग हुनुपरेको देख्दा भने मलाइ केवल मोहन बैद्य मात्र नभएर कुनै मान्छे को बिबश अबस्था या उसमाथि समयले गरेको ठट्टा प्रति भने निक्कै टिठ लाग्यो—–र बिमिराको याद आयो—-तिहारको भाइटिका को बिहानसम्म पनि काठमान्डूमा एउटा बिमिराको १०० रुपैया सम्म पर्छ-र केवल ४ घण्टा पछी वा बेलुकातिर ति बिमिराहरुको मूल्य हुनु त परे जावस—जताततै दोबाटोमा मान्छेहरुले तिनलाई लात्त्याउँदै हिँडछन्—————-मेरो मतलब—कुनै व्यक्ति या चिजको महत्व भनेको समयले निर्धारण गर्दोरहेछ………………फेरी हाम्रा बैद्यमा नै आउँ—————————–बास्तवमा उनि त्यति निर्गतिलो स्तरका मान्छे होइनन जति अहिले उनि सबैको नजरमा हुँदैछन—त्याग नगरेका पनि होइनन—-मान्छेहरु भन्छन अझै पनि उनीजस्तो मिहिनेती,त्यागि,कम विलाशी, भ्रस्टाचारमा नपरेका निर्मल नेता नेपालमा पाउनु गाह्रो छ—होला पनि—-खरोपना र अनुसासनमा उनि सबैलाई पछी पार्नसक्ने नेता हुन् भन्छन सबै—माओबादीले बिगतमा जुन ढंगले युद्ध गर्यो र त्येस्मा देश र जनतालाई जे जति क्षेती भयो—-माओबादी कार्यकर्ताले समेत गुमाएको ज्यानको हिसाब किताब गर्ने हो भने पार्टीगत हिसाबले माओबादीलाई किरणले भने झैं—–स्खलन भएकै मान्नुपर्ने हुन्छ,यो परिपक्षेमा—————————–फेरीपनि बिगतको बार्हबुंदे संझौतादेखि हालसम्म भएको प्रगति,जनताहरुको युद्धप्रतिको बित्रिष्णा, देशको अबस्था र रास्ट्रिय अन्तरास्ट्रिय परिस्थितिलाई विचार्दा माओबादीले यस प्रकारको संझौता गर्नु बाहेक उ संग अरु ब्यबहारिक विकल्प नै देखिन्न///यो अर्थमा प्रचण्ड र बाबुरामले अपनाएको बाटो ठिक मान्नु पर्ने हुन्छ र किरण यहींनिर एक्लो हुन्छन/सैद्धान्तिक रुपले उनि ठिक भए पनि ब्यबहारिक रुपले उनि यथार्तता र बस्तुस्थिति बुझ्ननसक्ने असफल नेता बन्न पुगेका छन————जो उनीलाई समयले दिएको उपहार नै मान्नुपर्छ!!!!!!
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 107 Thumb down 7
  • Anup Subedi,Denmark
    म भर्खरै मोहन किरण साब लाई भेटेर ओफ्फिस आउदा सबै साथीहरु हास्न थाले.
    कारण बुज्ददा मेरो कालो कोट को पछाडीको भाग काटिएको रहेछ. पछि थाहा भयो बैध जीले कालो झन्डा बनाउन काटेका रहेछन. :)
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 100 Thumb down 22
  • सार्थक, दोहा कतार
    प्रश्न नं १० को उत्तर मसंग छ:
    किनकी बिहे नहुँदै उनिहरुको सम्बन्धमा भाँडैभैलो मच्चाएर सम्बन्ध नजोडिदै छुट्याइ दिन के बेर भनेर भाँड बैध्यलाई आजकाल कसैको बिहेमा पनि निम्तो आउँदैन।
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 45 Thumb down 13
  • madan bajracharya
    हामि जनतालाई क्रान्ति आन्दोलन बाद आदि बात वाक्क लागेको पक्कै हो/ हामीलाई अहिले शान्तिको ठुलो आबस्यकता पनि छ, देसमा संबिधान छैन त्यो पनि तुरन्तै चाहिएको पनि छ/ तर “पहाडीमारा मधिसे दलहरुको मधिसेजातीलाई तराईको आत्म निर्णय गर्न सक्ने, राज्यको कुनै पनि पद तथा अबशरमा पाउने बिशिस्ट नागरिक बनाउनु पर्ने नभएमा देस बात तराई नै टुक्राउने धम्कि दिने मधेसी दलहरुलाई ” सरकार नामको हातिको माहुते” बनायर अनेकौं बिबादास्पस्त निर्णयहरु गर्दै गरेको मा किरण बैद्यले आपति जनाए त् के गल्ति गरे? सक्छ भने किरण बैद्यले उठाएको कुराहरु गलत छन् भन्न सक्नु पर्ने थियो त्यो त् सकेनन अनि किरणलाई मिलाउनु पर्छ मिल्नु पर्छ आउनुस पद दिन्छौं भन्न थालेको छ/
    भोक लाग्यो भन्दैमा के जे पनि खाईन्छ/ अहिलेलाई शाति चाहियो भन्दैमा भोलि अशान्ति हुने निर्णयहरुको स्वागत गर्ने पर्छ? किरण बैद्यको भनाईहरु सहि छैन भने बाबुरामको सरकारले यो यो कुरा गलत छन् बैद्य ज्यु भन्न किन सकिरहेको छैन/
    अहिले जातिय राज्यको अबधारणा सहितको लोकतन्त्रको लागि संबिधान बनाउने कुरामा हामि सबै अल्मलिएर बसेको छ/ हुनत हामि आम नागरिक हरुलाई जातिय राज्यको कुरा सुन्दैमा रिस उठ्छ तर के गर्ने हाम्रो लोकतन्त्रमा आम नागरिक हरुको कुनै हैसियत नै छैन यो त् नेताहरुमात्रै “लोक” मानिने नागरिक हरु मात्र भोट दिन सक्ने “जन्तु” मानिने यो नेताहरुको लोकतन्त्रमा हामि आम पहाडी हिमाली नेपाली फसिने सकेकोछ त्यो पनि आफ्नै बुद्धिले/ त् भुगत्नै पर्छ/
    किरण बैद्यले मधेसीलाई नेपालको “जाति” मानेर मधेश राज्यबादी सिट सम्झौता गरेकोमा आपति जनाएको छ त् के मधेसी भन्ने कुनै नेपालको जाति हो होईन भनेर हामीले सोच्नु पर्दैनन्? मधेसी भन्नेहरु आफुलाई नेपालको जति मान्छ? के मधेसी भन्ने कुनै जात हो ? मधेसी भन्ने कुनै जाति होईन मात्र “एउटा समुदाय” हो भनेर ईने मधेसी दलहरुले अहिले भनेको छ त् नेपालको लोकतन्त्रमा जातिय राज्य पो बनाउने कुरा भएको छ कुनै समुदाएको राज्य बनाउने कुरा त् भएकै छैन त् किरण बैद्यले मधेसीलाई जातिको दर्जा दिएर मधेसीको राज्य बनाउने सम्झौताको बिरोध गरे त् के गल्ति गरे बैद्यले?
    जातिय राज्यको कुरा गर्दा नेपालमा नेवारलाई जाति मानिन्छ खस ब्राम्हानलाई जाति मानिन्छ राई लिम्बुलाई गुरुङ थारु मैथिली भोजपुरी आदिलाई जाति मानिन्छ/ ई जातिहरु भित्र को को पर्छन सबैलाईए थाह छ/ तर मधिसे भन्ने को को हुन्?
    तराईको थारु, मैथिली भोजपुरी आदि आफुहरु मध्सिसे नभएको कुरा गर्दै आएकोमा ई मधिसे बादी दलहरुले तिनीहरुलाई जवर्जस्ती मधेसी बन्नु पर्ने दवाव दिंदै आएको हाम्रै सामुन्ने छन् त् के हामीले सोच्नु पर्छ कि पर्दैन ई आफुलाई मधिसे भन्ने हरु बास्तवमै को हुन् भनेर? के मधेश बादी हरुले भन्दैमा नेपालको तराई मधेश हुन्छ लाई मधेश बनाउने पर्छ ; तराईको जनजातिलाई जवर्जस्ती मधेसी बनाउने पर्छ?
    अझ खतरनाक कुरा त् ई मधेशबादीहरुले नेपालको तराईमा बस्ने मुसलमान जातिलाई मधेसी समेत मानेको छैन/ तराईको मुसलमानहरुलाई मधेसिबादी हरुले एउटा अलग्ग धार्मिक समुदाय को रुपमा मात्रै मान्यता दिनु पर्ने कुरा उल्लेख गरेकोछ/ त् ई मधेशबादीहरु कतै नेपालाई अहिले धर्म निर्पेछ्य बनाउने कुराको बिरोध गर्दै आएको भारतिय कट्टरपन्थी अतिबादी हिन्दुहरु नकली नेपाली बनेका जमात त् होईनन?
    अब उपेन्द्र यादव जो नेपालको विदेशमन्त्री उप प्रधान मन्त्रि समेत बनिसकेको मदेसी दलको नेताकै कुराहरुलाई केलाउँ/ उपेंद्रकै सब्दमा तराईमा ३० लाख भारतियेहरुले नेपालको कानुन र संबिधान मिचेर नेपालको नागरिकता लिएकोछ/ उपेन्द्रले यो कुरा भनेकै बेला नेपालको निर्वाचन आयोगले पनि तराईको मतदाता लिस्टमा २५% प्रतिशत नकली मतदाता भएको भनेर उपेन्द्रले ३० लाख भारतिय हरुले नेपाली नागरिकता लिएको कुरालाई पुस्टि गरेकोछ/
    निर्वाचन आयोगले यसैकारणले अब को मतदाता लिस्टमा नाम चधाउन्दा नेपाली नागरिकता जाँचेर मतदाताको तस्विर भएको मतदाता परिचय पत्र बनाउने निर्णय गरेको थियो/ अनि सर्वोच्च अदालतले मतदाता परिचय पत्र बनाउँदा नेपाली नागरिकाता हेरेरै तस्विर भएकै मत दाता परिचय पत्र बनाउनु पर्ने फैसला पनि गरे/ तर मधेसी दलहरुले सर्वोच्चको यो फैसलाको बिरोध गर्दै तस्विर भएको मतदाता परिचय पत्र बनाउन गएका निर्वाचन आयोगको कर्मचारीहरुलाई तराई बात लखेटे/
    ई मधेसी दलहरु त् मधेसीहरुले नेपालको कानुन र संबिधान अन्तर्गत होईनन उनीहरुको मधेसी दलको सिफारिसमै मधेसी ले नेपालको नागरिकता पाउनु पर्ने माग गर्दै आएकोछ/ यो भन्दा पनि खतरनाक कुरा त् भारतको बिहारमा बसेर तराईमा पहाडी नेपालीहरु माथि हतियार आतंक मच्चाउन्दै आएको राजन समुहको मधेशबादी दलले तराईमा पहाडी जातिको हात बात नागरिकता र मतदाता परिचय पत्र समेत नलिने घोसना नै गरेको छ/
    भर्खरै पनि उपेन्द्रले नेपाको सेनामा मात्र १० हजार मधिसेको छुट्टै मधेसी सेना बनायर पुग्दैनन मधेसीको जनसंख्या हेरेर तेही अनुशार्ले मधेसी सेना बनाउनु पर्ने भनेकोछ/ के त् अब नकली नागरिका लिन सकेका सबै बिहारीलाई सेनामा भर्ति गर्ने? कतै ई मधेसी सेनाको छुट्टै सेनाले तराईलाई नेपाल बात अलग्ग गरेर “मध्य-देश” बनाउने योजना त् गरिरहेको छैन?
    मधेसीको “आत्म निर्णय गर्न सकिने राज्यको छुट्टै मधिसे सेना” बनाउनु पर्ने कुरा श्री लंकाको जाफ्नामा तामिलहरुको “छुट्टै तामिल सेना भएको तामिलहरुको आत्म निर्णय गर्न पाउनु पर्ने राज्य बनाउने” माग भन्दा फरक छ? श्री लंकको जाफ्नालाई पनि श्री लंकार भारत बिचको “मध्य देस बनाउने योजनात तुहियो तर के नेपालको तराईलाई भारत र पहाडीको नेपाल बिचमा मधेसीको ” मध्य देस” बनाउन दिने हामीले? बैद्य यसैले कराएको हो, बिरोध गरेको हो/
    उपेन्द्रले अहिले मावोबादी सैनिकलाई जस्तै समस्त मधेश बादी दलहरुको सनिक दस्ताहरुलाई पनि नेपालको सेनामा समाहित गर्नु पर्ने आवाज उठायेकोछ/ मावोबादीको सैनिकलाई त् नेपाली सेनाको छुट्टै सनिक एकाई नबनाउने, उनीहरुलाई मात्र उद्द्योग निर्माण आदिमा सुरछ्या दिन खटाउने भनिरहेको अबस्थामा मधेसीको चाहिं नियमित तथा छुट्टै सैनिक ईकाई बनाउने कुरा के सहि हो?
    तराईमा पहाडी नेपालीलाई काट्ने मार्ने बस्ने नदिने मधेसीलाई नेपाली सेनामा हाललाई १० हजार भनि असिमित संख्यामा मधेसीको छुट्टै सैनिक ईकाई गठन गर्ने तर हामि नेपालीलाई लोकतन्त्र दिलाउन लडाई लड्ने मवोबादि सेनालाई सिमित संख्यामा त्यो पनि उद्द्योग कल कारखाना को पाले बनाउने? त् किरण बैद्य ले बिरोध गरे/
    हो जनयुद्ध ताका ठुला साना गल्ति भएको छ तर मावोबादी सेनाले मधेश बादीको सेनाले जस्तै नेपालको तराईलाई मधेसीको आत्म निर्णय गर्न पाउने राज्य बनाउनु पर्ने र तराईमा पहाडीलाई लखेट्न युद्ध गरेको होईन नेपाली जनतालाई लोकतन्त्र दिलाउन युद्ध गरेको थियो / मावोबादीको सेनाले युद्ध लडेर ल्याएको लोकतन्त्र को चाहिं वाह वाह गर्ने तर ती मावोबादी सेनालाई अपमान गर्दै मधेसीको पहाडी नेपालीलाई काट्ने मार्ने लखेट्ने सेनालाई समान जनक तरिकाले नेपाली सेनामा छुट्टै ईकाई गठन गर्न दिने यो कृतघ्न निर्णय र सम्झौताको किरण बैद्यले बिरोध गरे त् के गल्ति गर्यो बैद्यले?
    शान्ति शान्ति भन्दैमा संबिधान संबिधान भन्दैमा मधेसी बन्न नचाहने पहाडी नेपाली जति पहाड पछाडिको नेपालमै कैद हुनु पर्ने “मधेश्बादिको शान्ति र संबिधान” बैद्यले चाहेनन् त् कुन नेपालीले चाहन्छ?
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 40 Thumb down 43
  • Jumanu Rai
    there was joke (?) where a student was asked ‘जापान को राजधानी को नाम क हो?’. the student having no clue stood there counting minutes before he would get a severe thrashing suddenly struck luck when he was bitten by an ant on his foot n he yelled out ‘टोक्यो’ . माथि का सबै joke येही catagory एंड class का छन्.
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 43
  • प्रभात 'किरण'
    जबसम्म सबै नेताहरुले कुर्सी पाउदैनन् तवसम्म यो क्रान्ति नामको ब्यापार चलिरहन्छ।
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 50 Thumb down 2
  • uttam
    कारण के होला चै अनुमान गर्न सकिन तर तर मलाई किन हो किन संस्थापन पक्ष र किरण पक्ष भित्र भित्रै मिलेर ” म चिलायेजस्तो गर्छु, त कनाये जस्तो गर” भनेर मिलेमतोमा मा नै यो सब गरिरहेको हो की जस्तो लाग्छ
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 74 Thumb down 14
    • उत्तम जी! मेरो अनुमान नि त्यहि हो…. एमाले र कांग्रेसलाई घाँस खुवाएको हो माओबादीले……केहि गरेनी मान्दैनन भनेर यो रणनीति अपनाएका हुन्…. अरु केहि होइन…. तर पार्टी फुटेन भने मात्र है….
      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 7
  • Sagar Bc
    किरण जी लाई शान्त पार्ने एक मात्र औसधि हो उल्लाई PM अर्थात् प्रधानमन्त्री बनाउने, नभए यो बुढो कराई रहन्छा, कोहि आवारा हरुले साथ् देलान पनि उनलाई तर जनता चाही छैनन है किरण कामरेड संग, फुर्ति मात्र हो………
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 61 Thumb down 15
  • birendra
    बैद्य लाई बिरोध मात्र गर्न आउछ रे !
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 48 Thumb down 13
  • Aryan
    बिहे मा निम्तो नआउनु को कारण चाही नोट अफ डिसेन्ट लेख्छन भनेर नै होला ||
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 67 Thumb down 10
  • Siddhanta
    मलाई यो लेखको कुनै पनि भागले कत्ति पनि स्वाद दिएन/ सबै उदाहरण हरु राजेश हमाल र राज्निकांत का जोकहरु संग मिलाउन खोजे जस्तो छ / एस्ता लेखहरुलाई माई संसारले स्थान नदिएकै राम्रो/ बेक्कार मा ५ मीनेट झ्वाम/
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 82 Thumb down 62
  • Lalit Kumar Tamang ( Lo ) Doha
    यो मोहन बैध किरण हो की किरा चाँही हो पत्तो पाउनै गार्हो भो। कति आन्दोलन गर्ने हो सेरे ? अब आन्दोलन देखि देश् थकित भैसके चाहियेना येस्ता आन्दोलन। कहीले काही त सकरात्मक सोचाइहरु पनि गर्ने बनी बसाल्नु नी .
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 57 Thumb down 12
  • Similar to Chuck Norris/Rajnikanth/rajesh Hamal jokes
    मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 6
  • किनकि उनि बिरोध स्वोरुप कालो सूट लाएर जान्छन अनि अरुलाई कालो सूट लगाउन प्रतिबन्ध हुन्छ एदी कोइ लगाएर आयो भनेनी ठोकी हाल्छन बैद्य पक्ष्यले |
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 11
  • मोहन वैद्य उल्टो परेर जन्मनु भयकोले सबै कुरा उल्टो गरेका त होइनन | मोहन वैद्य किरणलाई आजकाल कसैको बिहेमा नबोलाउनुको कारण , बिहेमा बाजा बजाइन्छ , मोहन वैद्य बिहेमा गया भने दुला – दुलही लाई बिहे पछी झगडा गर्नु पर्छ | बिद्रोह गर्नु पर्छ | भनेर कुरा गर्छन होला , त्यसैले कसैले नि उनलाई बिहेमा निम्ता गर्दैनन् |
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 28
  • chatur rai
    किरणलाई प्र. म. नबनाए पछी अरु के गरुन त ?
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 10
  • r bhakta
    बैद्य महान
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 44
    • Ang Sherpa
      खयर जे सुकै भएता पनि जे सुकै गरेता पनि जस्तो सुकै सन्धि सम्झौता गरे पनि नेपाल आमाको छात्ती छिया छिया नपार.ति सिधा साधा सोझा जनतालाई नझुक्याउ,आफ्नो घरमा आघो सल्काएर दुनियालाई नहाँसाउ,देश भक्त हुँ भन्ने नि तिमीहरु नै,देश द्रोहीहरु नि तिमीहरु नै,सोझा नागरिकलाई हत्तियर बनाएर आफ्नो स्वार्थ लुट्ने नि तिमीहरु नै,भ्रष्टचारी नि तिमीहरु नै,भ्रष्टचार निर्मुल गर्नु पर्छ भन्ने नि तिमीहरु नै,देशको अर्थतन्त्र लुट्ने नि तिमीहरु नै देशको नागरिक मार्ने नि तिमीहरु नै,तिमीहरु मारेर जान्छौ,तर सास नजाने सम्म किरा परेर छटपट्टि एर अनेकौं सास्ती पाएर मात्र मर्छौ र देश र नागरिकले युगौं युग दुख भोग्नु पर्ने हुन्छ|
      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1
  • Aryan
    * किरणले लिफ्ट कहिल्यै चढ्दैनन रे किन भन्दा लेलीन लिफ्ट चढेका थिएनन रे ।
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 12
  • द्रोण
    बुझ्ने हरुले पनि बुझ्नु पर्ने भन्दा धेरै बुझे , ठट्टा गर्ने हरुले पनि आनन्द लिए ठट्टा गरेर ,
    तर मूल कुरा चै मावोबादी एमाले को बिसर्जन बाद को बाटो मा गुज्रदा अझै क्रान्ति सकिएको छैन भन्ने धार त्यहा रही रहन्छ | जस्तो कि मात्रिका को ,बैद्द्य को | हुन् सक्छ भोलि यी दुइ बीच एकीकरण होला | पर्सि बैद्द्य बा मात्रिका सत्ता मा पुगे आर्को अझै क्रान्ति सकिएको छैन भन्ने आउला|
    केहि समय उग्र बाम राजनीति गरेर एक थरि नेता ,कार्यकर्ता थाके पछी सत्ता को बिछयूनी मा आराम गर्दा रहेछन ,त्यो उनुहरुको हक बन्दोरहेछ | आर्को थरीले क्रान्ति अझै सकिएको छैन भन्ने चै ,हाम्ले ठुलो भाग पायेनम हाम्रो पालो अझै आएँन भन्ने हो |
    जनता भनेको उनीहरुलाई हास ,बकुला ,बोका हो | उनीहरुको स्वार्थ पूर्तिको को लागि जनता काटिनु पर्छ ,मारिनु पर्छ |
    एक्लै देश लुटे ——-चोर ,भ्रास्टाचारी
    ३-४ जना सशस्त्र समुह मिलेर लुटे —–डाका
    १०००-२००० कार्य कर्ता मिलेर ,संगठित भएर लुट्न सके —राजनीतिक पार्टी
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 124 Thumb down 4
    • योगेश आदी,न्यूयोर्क ।
      ठिक भन्नु भो / कम्युनिस्टको क्रान्ति कुनै एक तानाशाह भएर अरू सबैलाइ निर्मुल नपारेसम्म जारि रहन्छ / खाट्टी कम्युनिस्टहरू अप्रजातान्त्रिक स्वाभावको हुन्छन /
      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 3
  • Prachanda Sharma
    बिचरा बैद्य बाजे,
    खाऊ भने दिन भरिको शिकार, नखाऊ भने कान्छा बाऊको अनुहार
    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 10
  • जसरि भए पनि बाबुराम र प्रचण्ड ले बाजी मारे, किन शान्तिको लागि बिरोद गर्छौ किरण जी
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 6
  • ११. कामरेड किरण केहि महिना अगाडी फेरी जंगल पस्न गएछन.. तर जंगली जनताहरुले जंगल को शान्ति व्यवस्थामा खलल आउन सक्ने भन्दै उनलाई जंगलबाट बहिस्कार गरेपछि पुन काठमाडौँ फर्केछन्…
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 75 Thumb down 9
  • D.B.Gurung
    मोहन बैद्यले अम्लेट दिदा उसिनेको अनि उसिनेको अण्डा दिदा अम्लेट खोजेर निहु मात्रै खोज्ने भएर श्रीमतीले उसिनेको अण्डा पनि अम्लेट पनि एकै चोटी लगिदिएछिन् बैद्यले के भन्यो थाहा छ??? उसिनेको अण्डा चाहि अम्लेट अनि अम्लेट बनाको अण्डा चाही उसिन्नु पर्दैन?/? भन्दै नोट अफ डिसेन्ट पो लेखेछन….
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 128 Thumb down 9
  • prem sharma
    Thoroughly enjoyed would like to see more coming up…..
    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 4
  • Nice Joke.
    Because he may write note of decent against marriage….
    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3
  • Binod, Toronto
    अब यस्तै रबैया कायम राखिरहने हो भने मोहन बैद्य किरणको राजनीति समाप्ति तर्फ उन्मुख हुनेछ भन्ने कुरामा कसैको बिमति हुन् सक्दैन !!!
    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 8
  • Gaurav Nepali"Oodaaseen"
    किरण उडेका छैन गुडेका हुन् ! किस्सकार चाँही उडेका हुनकी ? माओबादीले दुइवोता तुरूप फ्याकेको छ ! तृप १ किरण तुरूप २ प्रचण्ड गुलाम एमाले कांग्रेस र छक्क मोर्चा जनता एक्क भूपू शाह बस्सा अनि अरु कार्ड सङ तिना मसिना दल !
    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 14

Leave a Reply

  
  
  
Enable Google Transliteration.(To type in English, press Ctrl+g)