९ जेठ, काठमाडौँ । अध्यक्ष प्रचण्डसँग खटपट बढिरहेका बेला एकीकृत नेकपा माओवादी उपाध्यक्ष मोहन वैद्य ‘किरण’ पक्षले आफ्नो छुट्टै मुखपत्र राजधानीबाट प्रकाशनमा ल्याएको छ ।
एकपक्षीय रुपमा जनदिशा दैनिक बन्द गरेको वैद्य समूहले आजदेखि ‘दायित्वबोध’ नामक साप्ताहिक बजारमा ल्याएको हो ।
वैद्य मुखत्रपका सम्पादक अखिल नेपाल जानसांस्कृतिक महासंघका केन्द्रीय सदस्य हीरामणि दुखी छन् ।
वैद्यको गृह जिल्ला दाङ स्थायी घर भएका दुखी उनका प्रिय पात्र हुन् । दुखीले जनयुद्धकालमा लामो समय जनादेश साप्ताहिकमा रहेर काम गरेका थिए । स्रोतका अनुसार पार्टीमा अल्पमतमा परेको आफ्नो जनविद्रोह प्रस्तावका पक्षमा पार्टीभित्र र बाहिर माहौल बनाउन वैद्य पक्षले आफ्नो समूहको छुट्टै मुत्रपत्र निकालेको हो ।
आर्थिक अभावको कारण देखाउँदै पार्टीको आधिकारिक दैनिक बन्द गराएको उक्त समूहले कताबाट आर्थिक स्रोत जुटाएर अर्को पत्रिका सुरु गर्न लागेको हो भन्ने विषयमा अध्यक्ष प्रचण्डपक्षधरले भने स्पष्टीकरण सोध्न लागेको स्रोतले जनाएको छ ।
आर्थिक समस्याकै कारण पार्टी मुखपत्र जनादेश साप्ताहिकसमेत श्यामश्वेत स्वरुपमा प्रकाशित हुँदै आएको छ ।