सञ्जीव उप्रेतीले गुरुकुलको नाटकमा अभिनय गरेको देखेर म छक्क परेको थिएँ। कसरी सकेका होलन् भनेर। त्यसअघि उनले कहिल्यै नाटकमा भाग लिएको मलाई थाहा थिएन। सारै मीठो गीत गाउने, बाजा बजाउने, चित्र बनाउने, कविता लेख्ने सीप थियो सञ्जीवसँग। यो अभिनयकला चाहिँ कताबाट आयो? म दंग परेको थिएँ। म पनि अभिनय गर्न नजान्ने। मैले पनि कहिल्यै कुनै मञ्चमा अभिनय गरिनँ। सोच्थेँ- "मैले कहिल्यै गर्न नसक्ने काम सञ्जीवले गरे।" मेरी पत्नी सीता बितेको चौधौँ दिनमा सबै जना बिदा हुँदैजाँदै गर्दा प्राप्त भइरहेको एकान्त क्षणमा घोरिएर सोचेँ, 'साँच्चै, म अभिनय गर्नै नसक्ने मान्छे रहेछु त? मैले अभिनय गर्न जानिनँ त?'
फागुन १२ को मध्याह्नदेखि हिजोसम्म त्यसो भए मैले के गरेँ त? प्रत्येक क्षण सीताजीको छेउमा बसेर उहाँलाई हेर्दै कसरी मैले आफ्नो अनुहारमा भोलिको तीतो सत्य लुकाउँदै बिरामी भेट्न आउने मानिससँग सीताजीले सुन्ने गरी भनिरहेँ- "उहाँको कलेजो सुन्निएको रहेछ, त्यसैले यो पेट र हातगोडा सुन्निएको अरे। एलोपेथीमा कलेजोको राम्रो औषधि नहुँदोरहेछ, अहिले हामी विराटनगरबाट स्व. डा. अब्दुल गफुरका छोराको सल्लाहमा होमियोपेथी दबाइको प्रयोग गर्दैछौँ। यसले राम्रो गर्दैछ।" यो कुरा बिरामी हेर्न आउने र सीताजीले सधैं पत्याइरहे। सीताजीले कन्चनजंघा एफएमलाई दिएको अन्तर्वार्तामा पनि मैले भनेकै कुरा भन्नुभयो। त्यसो त अन्तिम क्षणसम्म पनि सीताजीले आफूलाई लागेको रोगबारे थाहा पाउनु भएन। कतिपय साथीले भने पनि, "यो सीताजीलाई बताइदिनु राम्रो हुन्छ।" तर, रोगको असाध्य पीडासँगै नबाँचिने रोगसँग लडिरहेको अर्को मानसिक पीडा उहाँलाई दिन मन लागेन। मर्नै परे पनि थाहा नपाई मरियोस् भन्ने लाग्छ मलाई। मेरो कमजोर मन!
मैले आफूलाई त्यति दरो, त्यति छिट्टै अनुहारमा आउने भाव र आकृति बदल्न सक्छु भन्ने कल्पना पनि गरेको थिइनँ। मैले जीवनमा कुनै दिन पनि नाटक खेल्नेबारे सोचिनँ। एक-एक छिनमा बाथरुम छिर्थें र फ्रेस भएर हाँस्दै निस्कन्थेँ। तर, म हाँसेको हुन्थेँ र! सीताजी झन्झन् सिकिस्त हुँदै गएपछि एक दिन मैले एउटा कालो चस्मा किनेँ। बाथरुमभित्र उहाँले मसिनो आवाजमा सोध्नुभयो, 'किन त्यस्तो चस्मा लगाएको?' तुरुन्तै अलि ठूलो स्वरले स्वाभाविक हुन खोज्दै भनेँ, 'खै के भयो, आँखा सारै बिझायो, पाक्ला कि भनेर।' उहाँले पत्याउनुभयो भएन थाहा भएन। तर, केही बोल्नु भएन।
म प्रत्येक बिहान उहाँलाई औषधि खुवाउनुअघि सुप ख्वाउँदै हाँस्न लगाउँदै मोबाइलले फोटो खिच्थेँ र देखाउँदै भन्थेँ, 'हेर्नुस् सीताजी, हिजोभन्दा आज तपाईँको अनुहार कति उज्यालो र स्वस्थ्य भएको छ!' म भने प्रत्येक दिन उहाँको गिर्दो स्वास्थ्यको अभिलेख राखिरहेकेा थिएँ। आज ती सबै फोटो कम्प्युटरमा राखेर हेरिरहेको छु। दिनदिनै मर्दै गएका अनुहारहरु। उहाँ हरेक दिन मरिरहेको क्षणको प्रतीक्षा गर्दै जीवनको पक्षमा र 'बाँच्नु हुन्छ' को विश्वासमा अल्झाइरहन मैले गरेको तीन महिनाको अभिनय, सञ्जीवले गर्न सकेको जस्तो मात्र होला त? हरिवंश आचार्यको लेख नागरिकमा पढेँ । लेख्नुभएको छ, 'नाटक गर्दा र फिल्ममा खेल्दा गर्नुपरेका अभिनय र आज भोग्नु परेको पीडाको जीवन।' अझै म सोचिरहेको छु, हरिवंशजस्तो सफल कलाकारले पनि यो यथार्थ जीवनको अभिनयमा हारेको अभिव्यक्ति गर्नुभयो। त्यसो भए हरिवंशजी, मैले यी तीन महिनामा गरेको अभिनयलाई नाट्यशास्त्रले के भन्ला? एकाएक बेहोस भएर अस्पताल पुर्याइएकी भाउज्यू फर्कनुभएन। तपाईँलाई परेको आकष्मिक पीडाको वर्णन र अनुमान हुन सक्दैन। तर, छिनछिन मर्र्दै गरेको पत्नीको अनुहार तीन महिनासम्म छेउमा बसेर उहाँको होस भएसम्म 'बाँच्दै हुनुहुन्छ! अब एक सातामा उठ्नुहुन्छ' भनिरहन कति गाह्रो होला हरिवंशजी!
म सोचिरहेको छु- मित्र सञ्जीव! मित्र हरिवंश! म ठूलो अभिनेता रहेछु, धेरै ठूलो। तपाईँहरु मलाई कुनै भूमिका दिनसक्नु हुन्छ?
जीवनजस्तो भयानक नाटक अरु केही होइन रहेछ। हामीले बाँची र भोगिआएको प्रत्येक क्षणजस्तो जीवन्त अभिनय अरु कुनै होइन रहेछ। मैले लीला लेखनको व्याख्या गरिरहँदाको तर्क त केही होइन रहेछ, त्यो त बुद्धिको एउटा सानो धर्कोमात्र। बुद्धिबाट विस्तारै खसेर मनमा नपुगी जीवनसँग भेटै नहुनेरहेछ।
यो लेख लेखिरहँदा पनि सचेत छु, किन म यति धेरै पत्नी वियोगको विलाप गरिरहेछु? यो देशमा हरिवंश र मलाई मात्र पत्नी वियोग परेको हो र? हामीमात्र सारा मानिसको सहानुभूति र समवेदनाका अन्तिम पात्र हौँ? अरु कति युवक होलान्! कति वृद्ध होलान्! अति अनाथ होलान्! तैपनि हामी कुरा बिक्नेहरु सबैको प्रतिनिधित्व गर्दै रोइरहेछौँ। एउटा एउटा राष्ट्रिय रुवाइ।
श्रद्धेय मनमोहन अधिकारीले कमरेड मदन भण्डारीको असामयिक निधनपछि शोकाकुल जनसमुदायलाई सम्झाउँदै भन्नुभएको थियो, 'हामीले यो शोकलाई शक्तिमा बदल्नुपर्छ।' त्यो बेला मैले उहाँको कुरा बुझेको थिइनँ। उहाँको त्यस महावाणीलाई उहाँका पार्टी कार्यकर्ताले साँच्चै शक्तिमा बदल्न गरेको विद्रोहमा प्रहरीको गोली लागेर बीस जना मारिए। आज आज तिनको कतै अभिलेख पनि छ कि छैन! उहाँको शोकलाई शक्तिमा बदल्नुको भाव त्यस्तो थियो होला त?
आज बल्ल बुझिरहेको छु, 'त्यो बेला उहाँले भनेको के रहेछ।' हो, यही शोकलाई शक्तिमा बदल्ने युद्धमा लागेको छु। पत्नी वियोगको पीडालाई सिर्जनाको क्षेत्रमा प्रयोग गर्नेछु। साहित्यिक तथा अन्य अनुसन्धानात्मक काममा लाग्नेछु। क्यान्सरसम्बन्धी अध्ययन र जनचेतना क्षेत्रमा लाग्नेछु। विषादी र रासायनिक मलका कारणबाट महामारीका रुपमा फैलिरहेको क्यान्सरविरुद्ध त्यस्ता खाद्य उत्पादन तथा बिक्री वितरणमा रोकथामका उपायबारे बोल्नेछु। प्रत्येक शोकाकुल व्यक्ति र परिवारलाई सामाजिक क्षेत्रमा लाग्न आह्वान गर्छु।
शोककै यस घडीमा पनि हामीलाई सान्त्वना दिने, समवेदना दिने र बाँच्न प्रेरित गर्ने सम्पूर्ण आफन्तजन, बन्धुबान्धव, मित्रजन, सामाजिक संघसंस्था, राजनीतिक व्यक्तिहरु तथा सीताजीलाई पछिल्लो समयमा उहाँको उपचारमा संलग्न शिक्षण अस्पतालका डाक्टर तथा नर्सहरुप्रति हार्दिक कृतज्ञता अर्पण गर्छु।