काठमाडौ, वैशाख २३ -
नेपालको पश्चिम पोखरा क्षेत्रबाट अन्नपूर्ण हिमालको फेदीको घान्द्रुक गाउँबाट हिँडेका, बाटामा डाँफे-मुनालको स्वर सुन्दै आनन्दित हुँदै अगाडि बढेका आफ्नो बाबुको पिठ्यूँमा निधारमा नाम्लोले अठ्याएको र डोकोको पिँधमा पराल थुप्राएर सजिलोसित बस्न सकिने ठाउँमा एउटी १० वर्षे गुरुङसेनी केटी काठमाडौं जाने बाटोमा हिँडिन् । हिमालको फेदीमा रहेको गाउँमा जन्मेकी ती केटी किञ्चित श्यामा तर साह्रै सुन्दरी थिइन् । केटाकेटी उमेरदेखि नै तिनी आफ्नो गाउँ छेउको रोधीघरमा आफ्नो पितासँगै जाने गर्थिन् । कहिलेकाहीँ तिनले त्यो रोधीघरमा हुने गरेको दोहोरी गीतमा ८ वर्षको उमेरदेखि नै फाट्टफुट्ट सहभागी हुन थालिन् । रोधीघरमा आउनेहरूले दोहोरी गीतमा त्यो केटीको सहभागितालाई गम्भीर रूपमा लिने गरी प्रशंसा गर्न थाले । त्यो केटीको बाबुले पनि आफ्नी छोरीको गलाबाट निस्केको स्वर, धून र शुद्धतालाई प्रशंसा गर्न लाग्यो ।
त्यस्तैमा १ दिन त्यो रोधीघरमा कुरा उठ्यो, 'यो केटीको गला अत्यन्तै शुद्ध र राम्रो छ, हाम्रो गाउँघरमा अहिले नै यसलाई कसैले उछिन्न नसक्ने भइसके । यस्तोमा दाइ, यो केटीलाई काठमाडौं लैजानुस् र त्यहाँका कुनै भाइभारदारको घरमा राम्ररी गाउन सिकाउने ठाउँमा राखिदिनुस् ।' यो सल्लाह दिएको थियो बिदामा दुई महिनाका निम्ति घरमा आएको बि्रटिस गोर्खा सिपाहीले ।
गुरुङ दाइले केही दिन लगाएर २ जनाले काठमाडौं जाँदा बिहान-बेलुका खाने खाजा र वास बस्ने ठाउँको बन्दोबस्त मिलाएर छोरीलाई डोकोमा राखी आफूले नाम्लोले बोकेर काठमाडौंको बाटोतिर हिँड्यो । बाटाभरि जहाँ बस्यो त्यहीँ छोरीले गीत गाउँदै सबैलाई मख्ख पार्दै प्रसन्न तुल्याएर आफूले नमागीकनै वास बस्नुपर्दाको खर्च घरपट्टीले खुसीसाथ छोडिदिने गरे । उता गुरुङ दाइ भने पोखराबाट हिँडेदेखि भेटेका र बाटोमा वास बस्दा भेटिएकासित 'काठमाडौंको कुन भाइभारदारको घरमा राम्रो दोहोरी गाउन यो छोरीलाई म लगूँ' भनी रायसल्लाह गर्दै आइरहेको थियो । यो घटना इस्वी सन् १९१० को थियो । त्रिशूली नदी पार गरेर धादिङमा आइपुगेर तिनीहरू 'बि्रटिस गोर्खा सेना' मा काम गरेको र २ महिने घर बिदामा धादिङमा बसेको गुरुङ पल्टनको एउटा घरमा वास बस्दा बि्रटिस गोर्खा सेनाको त्यो कप्तानले भन्यो, 'दाइ तपाई सरासर सिंहदरबारको मूल ढोकामा जानुस् र श्री ३ महाराज चन्द्रशमशेरमा झन् राम्रो दोहोरी गीत गाउन यो छोरीलाई सिकाइपाउ“ महाराज' भनी बिन्ती चढाउनुस् । यो काम दिउँसो ४ बजे चाकरी खुल्दा तपाईले गर्नु बेस हुनेछ भनी सल्लाह दियो ।
३ दिनपछि सिंहदरबारको ढोकाअगाडि ३-४ सय चाकरीदारहरूमध्ये पोख्रेली गुरुङ र त्यसको छोरी पनि थिए । डोकोमा बसेकी छोरी पर्वतीय गीत गाउँदै थिई । सिंहदरबारका सिपाहीहरूले चाकरीको समयमा गीत गाउनु हुँदैन भनी त्यो १० वर्षे गुरुङसेनी केटीलाई रोक्न खोजे तर चाकरीदारहरूले राजाको सवारी नहुञ्जेल गाना गाए हुन्छ भनी केटीलाई उत्साहित गरे । डोकोमा बसेकी त्यो केटीको गीत सुनेर ती चाकरीदारहरू आपै+ मख्ख पर्दै थिए ।
४ बजेको चाकरी खुल्यो । सबै चाकरीदारहरू
'महाराज ! महाराज !' र डोके गुरुङले पनि 'महाराज' भनी चिच्याउँदा त्यसकी छोरीले भने रोधीघरमा केटा र केटीहरूका भेट हुँदा केटाले आफूले गाउने गरेको दोहोरी गीतलाई चन्द्रशमशेरप्रति लक्षित गर्दै ती चाकरीदारबीच गाई । अत्यन्त चलाख चन्द्रशमशेरले डोकोमा बोकेको गुरुङ र गुरुङकी छोरीलाई भोलिपल्ट सिंहदरबार आउनू भनी आदेश दिए ।
त्यो साँझपछि चन्द्रशमशेरको खोपीमा पहिले सधैँभै+ ७ जना सल्लाहकारहरू र चन्द्रशमशेर बसेर त्यो दिनको दिनचर्याबारे कुराकानी गर्न थाले । खोपीको त्यो बैठकमा मेरा पितामह श्री काशिनाथ आचार्य दीक्षित पनि थिए । त्यस्तैमा, दिनचर्याबारे कुराकानी हुँदाहुँदै चन्द्रशमशेरले आफै भने, 'अघि दिउँसो डोकोमा बसेकी केटीको स्वर त मलाई निकै राम्रो लाग्यो नि ! यो के भएको हो ?' खोपीका मानिसहरूले चन्द्रशमशेरको झिनोजस्तो देखिने तर त्यो केटी पक्षको मनसायलाई बुझी माइला पुरेतले भने, 'महाराज त्यो गुरुङ केटीलाई यो दरबारभित्रै गीतको तालिमेको रूपमा राख्नुपर्ने देखिन्छ महाप्रभु सरकारको जो हुकुम ।' प्रधानमन्त्रीले भने, 'पुरेत
बाजे ! त्यो छोरीलाई देखेपछि मलाई पनि त्यस्तै लागेको थियो त्यसैकारण मैले भोलि बिहान १० बजे यो दरबारमा आउनु भनेको हुँ । तिनीहरू बिहान आए भने राम्ररी विचार गर्नुपर्नेछ ।'
दोस्रो दिन आफ्नी १० वर्षे छोरीलाई हात समातेर डोर्याउँदै गुरुङ दाइले चन्द्रशमशेरसामु पुर्यायो र आफ्नोबारे सबै विवरण बतायो । चन्द्रशमशेर भने त्यो केटीको मुख उज्यालो र हँसिली छ, घाँटी पनि निकै सफा रहेछ तँ हुन्छ भन्छस् भने यो केटीलाई म दरबारको तालिमेअन्तर्गत ८ राग गाउने र यहाँका तालिमेहरूलाई निकै माथि उठाउन सक्ने श्रीधरलाई यो केटी सुम्पिदिनेछु । तिनले यसलाई यो दरबारको तालिमेको रूपमा सिकाउनेछन् । त्यो छोरीको बाबु गुरुङ चन्द्रशमशेरको कुरा सुनेर निकै खुसी भयो । तालिमेमा बस्दा त्यो केटीको नाम भनी चन्द्रशमशेरले 'मेलवा' राखेर दैनिक लगाउनुपर्ने २ जोर छिटको धोती, चोलो र २ दिनमा १ मोहोर बकस पाउने गरी २ वर्षनिम्ति केटीलाई सिंहदरबारमा राख्ने भए । ती सबै कुरा सुनेर पोखराको गुरुङ हर्षविभोर भयो र चन्द्रशमशेरलाई जदौ गर्दै बिदा भयो ।
सिंहदरबारमा श्रीधरले मेलवा नानीलाई संगीतबारे ८ वटा रागको विभाजन तथा ती रागका आफ्ना पृथक् समय र राग गाउने उच्च र मध्यम स्वर र सुर तालबारे सिकाउन थाले । मेलवा नानीको उमेर बढ्दै गयो राग गाउनुको साथै तिनले पोखराको रोधीघरमा आफूले गाउने गरेको दोहोरी गीत स्तरलाई पनि माथि उठाउँदै लग्ने कोसिस छोडिनन् । समय समयमा चन्द्रशमशेर पनि मेलवा नानीको गीत सुन्न आउँथे र केहीबेर बसेर फर्किन्थे ।
मेलवा नानीको तालिमको ५ वर्षे अवधिलाई श्रीधरले -यो रचनामा गीत सिकाउनेको यथार्थ नाउँ के थियो भन्ने मलाई थाहा छैन । लेखमा श्रीधरको काल्पनिक नाउँ हो- मदनमणि दीक्षित) पूरा गरे र चन्द्रशमशेरमा जानकारी टत्रयाए । सिंहदरबारका गाना गाउने नारीहरूको सामूहिक उपस्थिति र श्रीधर र चन्द्रशमशेरको पर्यवेक्षणमा ४ जना गायिकाहरूले संगीतका ४ वटा रागहरू अलाप गरे । त्यो अलापमा मेलवा नानी पनि गाइरहेकी थिइन् । श्रीधरले मनमनै ठहर गरे- त्यो गायक समूहमा मेलवा नानीको प्रस्तुति सर्वश्रेष्ठ छ । तिनले आफ्नो अनुभवबारे चन्द्रशमशेरलाई बताउन त्यतातिर मुख फर्काउनासाथ ती चन्द्रले बुझे र श्रीधरले बोल्नेभन्दा पहिले आप+ैले भने,
'मास्टर मित्रसेनले भारतको धर्मशाला बजारबाट आएर सुनाएका संगीत पनि हामीले सुनेका हौं । मेलवादेवीले मित्रसेनभन्दा माथिको उपलब्धि आज सुनाइन् । यिनको स्वर स्वर्गकी अप्सराभन्दा कम रहेनछ । यिनलाई दिइने गरेको लुगाफाटो र सुविधाहरू तथा तलबमा खोपीमा सबैसित विचार गरेर म ठूलै वृद्धि गरिदिनेछु । भन्दै चन्द्रशमशेरले मेलवा नानीबाट मेलवादेवीमा पदोन्नति पाएकी त्यो १५ वर्षे केटीलाई आफू नजिक बोलाएर केटीको आङ र शिर सुमसुम्याउँदै र देब्रे हातले आफ्नो दाह्री मुसार्दै भने, 'मेलवा, यसैगरी तिमी गायन सिक्दै जाऊ र तिमीले गाउने गरेकी पोखरा, त्यहाँको रोधीघर र यो देशको इज्जत बढाऊ ।'
त्यो संगीतसभामा चन्द्रशमशेरकी कान्छी बडामहारानी बालकुमारी देवीको पनि उपस्थिति थियो । तिनले पनि मेलवाको प्रशंसा गरिन् तर चन्द्रशमशेरले त्यो १५ वषर्ीया केटीको आङ र शिर सुमसुम्याएको तिनलाई चित्त बुझेन । मेलवाप्रति अबदेखि ध्यान बढाउँदै जानुपर्नेबारे मनमनै तिनले विचार गरिन् । उता चन्द्रशमशेरमा मेलवा देवीप्रति प्रशंसाभाव बढ्दै गयो । त्यही दिनदेखि
श्रीधरमा मेलवाप्रति अनुराग बढ्न थाल्यो । मेलवामा पनि संगीत गुरु श्रीधरप्रति सुखबोधको वृद्धि हुन थाल्यो । चन्द्र शमशेरले मेलवादेवी भन्न थालेपछि सुन्दर पोसाक र मोतीका माला तथा दाहिने औंलामा लगाइदिएका मूल्यवान औंठीलाई हेर्दै मेलवादेवीको हर्ष पनि बढ्दै जान थाल्यो ।
४ जनाबीचको त्यो भाव गहनता आउँदो ४ वर्षभित्र झनझन गम्भीर हुँदै गयो । एक दिन चन्द्रशमशेरले मनमनै विचार गरे यी गायिकालाई राति
आफ्नो पाउ दाप्न बोलाएमा यिनको संगीतले मलाई मीठो निन्द्रामा पुर्याउला । उनले त्यसै गरे पनि । कान्छी बडामहारानी बालकुमारी भने मीठो निद ल्याउन मेलवादेवीकै गीत किन सुन्नुपर्यो त्यसबेला दरबारका केटीहरूमध्ये जसले गाए पनि हुने हो- स्वर्गकी अप्सराले इन्द्रको पाउ दापेकी त थिइनन् । मेलवादेवीलाई लाग्यो, 'यी बूढा चन्द्रशमशेरको पाउ दाप्नु मेरा निम्ति बूढाप्रति श्रद्धाभाव मात्र हो । श्रीधरले पनि त्यस्तै विचार गरे र सिंहदरबारमा मेलवा सुखी र सम्पन्न छ सबै केटीहरूसित मित्रता राख्छे मप्रति श्रद्धा छ मैले अन्यथा ठान्नु हुँदैन ।
मेलवाको उमेर बढ्दै गयो । साथै संगीतका आठै रागमा पारङ्गत हुँदै जान थाली । दरबार पसेको १० वर्षपछि सन् १९२० मा एक रात चन्द्रशमशेरको पाउ दाप्दा चन्द्रशमशेरले त्यसलाई अंगालोमा च्यापेर ओठ र गालामा चुम्बन गर्दै बढेको स्तनमा हातले सुमसुम्याए । मेलवाका निम्ति ती सबै कुरा पूर्णतया नयाँ अनुभव थिए । आफू यौवनमा प्रवेश गरिसकेकी बारे संगीत गायनमा चुर्लुम्म डुबेकी मेलवादेवीलाई त्यो दिन मात्रै थाहा भयो । त्यो रात उसमा हर्षोन्मादका साथै चन्द्रशमशेरको खेलौनाजस्ती भएँ कि जस्तो अनुभव गर्दै आपै+ पीडित पनि भएको उसलाई अनुभव भयो । त्यो दिनदेखि मेलवादेवीले आफूमा नयाँ जीवन सुरु हुन थालेको अनुभव गर्न थाली ।
मेलवामा यो अनुभव हुन थाल्नु के थियो त्यो अनुभवले त्यसका मुहार र ओठमा त्यसका हास्य र विनोदमा भाव परिवर्तन हुन थालेजस्तो दरबारका सबैले अनुभव गरे । रानी बालकुमारीमा मेलवाप्रति द्वेष, घृणा र क्रोध बढ्दै गयो तर चन्द्रशमशेरसित केही भन्ने साहस भएन । वर्ष दिनपछि मेलवाले २१ औं वर्ष प्रवेश गर्दा उसले गीत गाउनुभन्दा पहिले खाने गरेकी बनारसी पानको बिडामा हालिने चुन, खयर, कोमल सुपारीका साना काटिएका केस्राहरूमा निधारमा लगाउने सिन्दुरको केही मात्रा हालेर एउटी सुसारे केटीले मेलवालाई खान दिइछ । थाहै नपाई मेलवाले दुईपटक पानको त्यो खिल्ली खाई र १५ मिनेटपछि पिकदानमा ओकलिदिई । उसको गायन अघि बढ्दै गयो । सारे ग म को 'कोमल' मा गीत गाउँदै जाँदा उसले नचाहे तापनि रागले कोमलबाट मध्यमतिर स्वरलाई बढाएको हो कि भन्ने अनुभव गर्न थाली । दोस्रो दिन बिहान बिउँभि“दा मेलवाको स्वर राम्रैसित धोद्रो हुँदै गएको उसले अनुभव गरी । त्यो साँझ सिंहदरबारको खोपीको बैठक अन्त्य भएर रातको भोजन सिद्धिएपछि संगीत कार्यक्रम सुरु हुँदा मेलवाको संगीत सधैँ कोमलबाट सुरु हुनेजस्तो नभई मध्यम स्वर, धोद्रो स्वर अघि बढ्न थाल्यो । चन्द्रशमशेरले सोधे मेलवाको घाँटीमा के भएको हो ? कोमलमा गाउँथी आज धोद्रो स्वर सुनियो । तिनले वैद्य र काठमाडौंका डाक्टरहरूलाई बोलाएर मेलवाको जाँच गराए । त्यसबेला काठमाडौंमा कलकत्ताबाट पास गरेका डाक्टर सेन गुप्ता नामक एक मात्र बंगाली एलोपेथिक औषधोपचारका डाक्टर थिए । ती डाक्टर र वैद्यहरूले निदान गरेअनुसार नेपाल र भारतमा मेलवाको घाँटीको उपचार हुन सक्दैन । अत: सकिन्छ भने बेलायतबाट घाँटी रोग विशेषज्ञ डाक्टरलाई बोलाउनुपर्छ । महिना दिनपछि लन्डनबाट डाक्टर आए तिनले मेलवाको घाँटीको उपचार सुरु गरे र धोद्रो भए पनि मीठो स्वरमा मेलवाले गाउन थालिन् । डाक्टरले ठूलै पुरस्कार प्राप्त गरे । २ महिनापछि फर्केर बेलायत गए ।
पानमा अखाद्य वस्तु मिसाएर कसैले मेलवालाई खुवाइदियो भन्नेमा दरबारभित्र सबैको चित्त बुझेको थियो । दरबारमा चन्द्रशमशेरको सल्लाहकार र प्रशासकीय अधिकृत भई काम गरिरहेको हाम्रो मणि परिवारको टिम सदस्यमा भने पान खुवाउने त्यो षड्यन्त्रमा कान्छी बडामहारानी जाजरकोटकी बालकुमारीको संलग्नता छ, चन्द्रशमशेरले मेलवादेवीलाई रानीमा पदोन्नति गर्न आँटे भन्ने शंका लिएर मेलवादेवीको घाँटीलाई बिगारिदिएकी हुन् भन्ने विश्वास थियो ।
घाँटीबाट धोद्रो स्वरमा राग गाउँदा मेलवादेवीको राग गायन झन् मीठो र निकै माथिल्लो स्तरमा प्रस्तुत हुन थाल्यो । श्रीधर अत्यन्तै खुसी भए । तिनले मेलवादेवीको मोटो स्वरलाई मिल्ने गरी 'सा रे ग म ' को रे ग म ध्वनि मिल्दो बनाउन थाले चन्द्रशमशेरले सुन्ने गरिरहेकै थिए । मेलवादेवी र गुरु श्रीधरको सम्बन्धमा मेलवाको नयाँ धोत्रे स्वरको रागले ती दुवैका साख्यमा थप वृद्धि गर्दै प्रेम भन्ने सम्बन्धतिर उचाल्न थाल्यो । चन्द्रशमशेरलाई त्यो प्रेम मन परेन । तिनले सिंहदरबारमा श्रीधरको प्रवेशलाई रोकिदिए र केही महिनापछि बन्दै गरिदिए ।
मेलवादेवीले प्रेममा त्यो हस्तक्षेप भएकोलाई सहन सकिनन् । ती देवीको गायनको गुणस्तरमा वियोगको पुट थपिएजस्तो सिंहदरबारका सुसारेहरूले अनुभव गरे र चन्द्रशमशेरलाई आफ्नो कुरा बताए । आफ्नो असन्तोष र क्रोधलाई प्रकट हुन नदिई नियन्त्रण गर्नेमा चन्द्रशमशेर अभ्यस्त थिए । तिनले सबै कुरा हाँसेर टारिदिए । त्यस्तैमा १ दिन वसन्त पञ्चमीको २ दिन अगाडि दरबारमा ५ वर्षभन्दा बढी काम गरिसकेका नानी र सुसारेहरू निम्ति 'राजी-विराजीमा रोजेर विराजी भन्नेहरूले वसन्त पञ्चमीको दिन सिंहदरबार छोडेर जानुपर्ने' भनी घोषणा गरे । भोलिपल्ट मेलवादेवीले गाना गाइसकेपछि राति चन्द्रशमशेरलाई भनिन्, 'सरकारबाट भोलि श्रीधरलाई बोलाउन बिजेश्वरी मन्दिरमा सिपाही पठाइबक्सियोस, म अब त्यसैको घर जान्छु ।' चन्द्रशमशेरले निकै धैर्यसाथ सुने र मसिनो स्वरमा मेलवालाई भने, 'हुन्छ तिमी जाउ श्रीधरसँगै बस तिमी जाँदा तिम्रो भारी-तारी नखोली दरबारबाट जान दिनु भनी म रक्षकहरूलाई भनिदिनेछु ।' दोस्रो दिन सिंहदरबार थर्कियो । त्यत्रो इनाम बक्सिस पाएकी गरगहनाले सुसज्जित भएकी राजाको निगाहले धन सम्पदाले भरिपूर्ण भएकी र राजाले रानी पद दिन आँटेका मेलवादेवीले दरबार छोडेर जाने भइन् ! उता मेलवादेवी भने सन्तुष्ट र प्रशन्न थिइन् । वसन्त पञ्चमीको अघिल्लो दिन मेलवादेवीले आफूसित रहेको गरगहना र धन सम्पत्तिहरूलाई दरबारका आफूभन्दा जेठी सुसारे र गायिकाहरूबीच हाँसीहाँसी बाँडिदिई र भोलिको दिन आफ्नो निम्ति तामदान बोलाइदिन जेठी सुसारेलाई भनिन् ।
त्यही साँझ सुसारेहरूबाट मेलवादेवीबारे चन्द्रशमशेरले सम्पूर्ण कुरा सुने । मेलवा जाने भएकी छ भन्नेमा तिनी दु:खी थिए तर मेलवादेवीमा त्यस्तो अपरिग्रह र दानशीलता रहेको थाहा पाएर चन्द्रशमशेर मनमनै अत्यन्तै खुसी भए । 'म त्यस्तो गर्न सक्दिनँ तर अन्नपूर्ण हिमालको फेदीमा रहेको घान्द्रुक गाउँकी यो गुरुङसेनी गायिकाले लोकको परित्याग गरी र यहाँ पाएको सबै धन सम्पत्ति दान गरिदिई यो सिंहदरबार छोडेर ढोकामा बोलाएका श्रीधरसँगै मेलवादेवी काठमाडौंको विज्येश्वरी मन्दिरको सत्तलमाथिको पौवामा श्रीधरसँगै सुखीसाथ रहन बस्न थालिन् । यो केटी जहाँ गए पनि सन्तुष्ट, सुखी र आनन्द रहोस् ।'
वसन्त पञ्चमीको दिन दिउँसो २ बजेपछि सिंहदरबारको दोस्रो तलाको उत्तर कुनामा रहेको बुर्जामा कुर्सी हालेर चन्द्रशमशेर बसेका थिए । त्यो लङमा सुसारेहरू बस्थे । चन्द्रशमशेरसँगै तिनको हजुरिया सुब्बा भरतमणि आचार्य दीक्षित पनि उभिएका थिए । मेलवादेवी आफ्नो एउटा भरिया लिएर तामदानमा बसी छाता ओढेर सिंहदरबारलाई छोडेर जान थालिन् । उत्तर बुर्जामा कुर्सीमा बसेका चन्द्रशमशेरको आँखा रसायो सुब्बा भरतमणिले बुझेर बिन्ती गरे, 'महाराज, सरकारको हुकुम भए अहिले म गएर त्यो गीत गाउने केटीलाई जगल्ट्याउँदै, घिसार्दै ल्याएर सरकारको पाउमा थचारिदिनेछु, जो हुकुम' चन्द्रशमशेरले आँखामा कसिङ्गर परेजस्तो गरी रुमालले पुछ्दै भरतमणितिर फर्केर कुर्सीबाटै भने, 'माइला, हेर स्वतन्त्रता मानिसको जीवन हो, स्वतन्त्रताको स्वर्गमा जान चाहनेलाई यो
नर्कजस्तो ठाउँमा रोक्नु हुँदैन, जान देऊ यिनी सुखी होऊन् ।'
त्यही वर्ष हो नवरात्रको नवमीको दिन कान्छी बडामहारानी बालकुमारी देवीले सदाभै+ सिंहदरबारमा पञ्चकन्याको पूजा गर्ने भइन् । चन्द्रशमशेरको स्वास्थ्य क्षीण हुँदे गएको हुँदा बालकुमारीमा चन्द्रशमशेरको सुस्वास्थ्य निम्ति पञ्चकन्याको विशेष पूजा गर्ने इच्छाअनुसार तिनले मणि परिवारका ५ वटी कन्याकुमारीलाई र साथमा गणेश देउता भएर पूजा ग्रहण गर्न ६ वर्षको उमेरमा पुगेको म मदनमणि दीक्षितलाई बोलाउन आदेश दिइन् । तिनको आदेशबाटै मेलवादेवीलाई पनि पञ्चकन्याको पूजा हुँदा राग गाउन दरबारमा बोलाइएको थियो । त्यो पूजा हुँदाहुँदै 'श्री ३ माहाराज चन्द्रशमशेर' लाई तिनको खोपीबाट आफ्नो कम्मरमा काठी बाँधेर दुईपट्ट िरिकाप झुन्ड्याई चन्द्रशमशेरलाई बोकेर बालकुमारीको पूजा कोठामा बलवान भन्ने नोकरले ल्यायो । मान्छेको कम्मरमा बाँधेको काठीबाट चन्द्रशमशेर ओर्लिए र बालकुमारीसँगै बसे तिनले पञ्चकन्या र मेरा पूजा गरे र कुन परिवारका को-को हुन् यी ६ जना भनी प्रश्न गरी यिनीहरूलाई राम्रोसित दक्षिणा दिनू भनी कान्छी बडामहारानीतिर फर्केर भने । त्यसोभन्दा तिनको काममा चिरपरिचित नारी स्वर परेको थियो तिनले हेरे र मेलवादेवीको स्वर पनि चिने । ए तैपनि मेलवाले मलाई बिर्सेकी रहिनछ भनी साह्रै हर्ष गद्गद् भएर तिनका आँखाबाट आँसु झरे । त्यही दिन मदनमणि दीक्षितले पहिलोपटक चन्द्रशमशेर र मेलवादेवीलाई देखेको र तिनको गायन सुनेको थियो ।
सन् १९२९ को भाइटीकापछि चन्द्रशमशेरको अवसान भयो, भीमशमशेरको उदय भयो । चन्द्रशमशेरतिरका यावत् मानिसप्रति नयाँ राजा भीमशमशेरको कुदृष्टि फैलिन थाल्यो । निकै मानिसका सर्वस्वहरण भए । श्रीधरले नेपाल छोडेर भारत कलकत्ता जाने निर्णय गर्दै मेलवाको कानमा साउती गरे, मेलवाले पनि भनिन् हुन्छ हामी कलकत्ता जाउँ त्यहाँ आफ्नो गायनलाई 'हिज मास्टर्स भ्वाइस' मा रेकर्ड गराएर भारतीयहरूलाई पनि सुनाउन मद्दत पाउनेछु । सन् १९३१ मा ती दम्पतीले नेपाल छोडे, नेपाल छोड्दा तिनकी एउटी छोरी जन्मिइसकेकी थिइन् । विमला नाम रहेकी ती बच्चीलाई लिएर तिनले नेपाल छोडेका थिए । सन् १९४५ मा म कलकत्ता जाँदा विमला कानपुरमा बस्छिन् भन्ने कुरा मैले सुनेको थिएँ । विमलापछि मेलवादेवीले अर्को एउटी छोरी पाइछन् तर ती दोस्री छोरीले दीर्घायु पाउन सकिनछन् ।
समय बित्दै गयो मेलवादेवीका गीत र गायनलाई कलकत्ताको कम्पनीले डिस्कमा रेकर्ड गर्यो । नेपाली गीतमा मित्रसेनभन्दा माथिको शास्त्रीय गायनको रूपमा भारतमा बस्ने नेपालीहरूले र कलकत्ताका युवतीहरूले समेत मेलवाको प्रशंसा गर्न थाले ।
सन् १९३६ तिर कान्छी बडामहारानी बालकुमारीले काशी वासनिम्ति वाराणसीको दक्षिणतिर भोलनपुर दरबार किनेर बस्न थालिन् । त्यहाँ तिनले सुवर्ण तुला दान गरिन्, त्यसपछि त्यसको केही वर्षपछि काठमाडौंबाट केही पण्डितहरूलाई बोलाएर र वाराणसीका निकै ठूलो सङ्ख्यामा पण्डितहरूलाई बोलाएर आफ्नो घरको छेउमा चारैतिर बार हाली अग्लो छाप्रो हालेर 'कोटिहवन' गराउन थालिन् । त्यो कोटिहवन समाप्तिको दिन म पनि गएको थिएँ । त्यो ठूलो छाप्रोको अलिकति पर कलकत्ताबाट श्रीधर र मेलवादेवी पनि बोलाइएका रहेछन् । बालकुमारीसँगै कोटिहवनको समापन हवन चल्दा कान्छी बडामहारानीसँगै बनारसमा रहेका राणाजी र तिनका परिवारहरू पनि छाप्रोको परिक्रमा गरिरहेका थिए । त्यसबेला त्यो परिक्रमामा श्री केदारमणि आचार्य दीक्षितलाई क्यामेराले तस्बिर खिचिरहेको मैले देखेको थिएँ । त्यसबेला अर्को सानो छाप्रोमा मेलवादेवी शास्त्रीय राग गाउँदै रहेकी मैले सुनेको थिएँ ।
फेरि पनि समय बित्दै गयो म बनारस हिन्दु विश्वविद्यालयको छात्र थिएँ । नेपालबाट हाम्रो परिवारलाई बनारसमा भेट्न आउनेहरूसित मेलवादेवी कलकत्तामा के गरिरहेकी छन् भनी सोध्ने गर्थें । कलकत्ताको चितपुर रोडसँगको घरमा मेलवादेवी एक्लै बस्दिरहिछन् । तिनका पति श्रीधरको अवसान भइसकेको रहेछ । छोरी विमलाले कानपुरमै विवाह गरिछन्, कलकत्ताको आफ्नो डेरामा मेलवादेवी कलकत्तामा बेश्यावृत्ति गरिरहेका नारीहरूलाई शास्त्रीय संगीतको शिक्षा दिने गरेर आफ्नो एकान्त बैधव्यको न्यास्रोपनलाई मेट्ने प्रयास गर्दिरहिछन् । मेलवादेवीले भारत स्वाधीन हुने समयमा भारत सरकारबाट शास्त्रीय गायनसम्बन्धी सर्वोच्च पदक र सम्मान प्राप्त गरिछन् । उत्तर भारतमा निकै बढ्ता र दक्षिण भारतका शास्त्रीय संगीत विसारदहरूबीच मेलवादेवीको प्रतिष्ठा झन्झन् बढ्दै गएछ । त्यस्तैमा सन् १९५१ को जनआन्दोलनले यो देशबाट जहानियाँ शासनलाई अन्त्य गर्यो । मेलवादेवी खुशस भइन् भन्ने मैले सुनें । आफ्नो ५४ वर्ष जतिको उमेरमा कलकत्तामा १ दिन सन् १९५४ मा मेलवादेवी आफ्नो भोजन पकाउन स्टोभमा दम दिँदै थिइन्, त्यो एकान्त कोठामा स्टोभ पड्कियो, मेलवादेवीको छातीमा गहिरो घाउ लाग्यो, तिनको अवसान भयो । भन्नेहरू भन्छन् मेलवादेवीले जति सुखान्त जीवन भोगेकी थिइन तिनको एकान्त जीवनमा केही क्षणको दु:खान्त अनुभव भयो । मेलवाले नेपाली संगीत क्षेत्रको निकै ठूलो सेवा गरिन् । जहानियाँ शासनले त्यो सेवालाई बिस्र्यो बिस्र्यो । प्रजातन्त्रको उदयपछि पनि नेपालले बिर्सिंदा भारतले भने आफ्नो निकै ठूलो सम्मान र प्रतिष्ठा मेलवादेवीमा अर्पित गर्यो ।