काठमाडौं, जेठ १० । अन्तर्राष्ट्रिय आतंकवादी संगठन 'अलकायदा' का नेता ओसामाबिन लादेन मारिएको झन्डै तीन सातापछि राजधानी काठमाडौंमा 'अलकायदा' सँग आबद्ध एक शंकास्पद व्यक्ति पक्राउ परेका छन्। काठमाडौंको गोल्फुटारस्थित हेपाली हाइटबाट जेठ २ गते सोमबार नेपाल प्रहरीले उक्त व्यक्तिलाई पक्राउ गरेको बुझिएको छ। स्रोतका अनुसार हारुल अहमद मनवर नामक उक्त व्यक्ति विगत अढाई वर्षदेखि राजधानी काठमाडौंमा बस्दै आएका थिए।
दृष्टिले गत वैशाख ६ गते को अंकमा काठमाडौंमा 'अलकायदा' को सञ्जाल शीर्षक दिएर समाचार प्रकाशित गरे पछि कूटनैतिक नियोग र प्रहरीका गुप्तचरहरूले तिनको खोजी तीव्र पार्ने क्रममा एक विदेशी नागरिक नरसुल्लाह को सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो। 'अलकायदा' सँग आबद्ध हुन सक्ने हारुल अहमदबाट प्रहरीले एउटा ना. १ च ३२३६ नम्बरको चोरीको टायटा कोरोला गाडी र नक्कली ब्लु बुक र लाइसेन्स बरामद गरेको छ। अहमदले घर भक्तपुर ७ लेखाएर नेपाली नागरिकता समेत २०५१ सालमा लिएको स्रोतको दाबी छ। एकातिर नेपाली नागरिकता र अर्कोतर्फ उनले पाकिस्तानी शरणार्थीको कागज बनाएर युएनएचसिआर मातहत आफू रहेको दाबी गरेका छन्। युएनएचसिआर मा सम्पर्क राख्दा कसैले पनि यसबारे बताउन चाहेनन्। यहाँसम्म कि कति विदेशी शरणार्थीका रूपमा काठमाडौंमा छन् भन्नेसमेत बताइएन। युएनएचसिआर स्रोतका अनुसार काठमाडौंमा २१२ जना पाकिस्तानी शरणार्थी का रूपमा बस्दै आएका छन्। अन्तर्राष्ट्रिय आतंकवादी संगठन र लागू औषधको कारोबारमा संलग्न रहँदै आशंका गरिएका हारुल अहमदसँग विदेशी शरणार्थीको नाममा गाडी समेत हुनुले अनुसन्धान झन पेचिलो बनेको छ। प्रहरीले अभियुक्तको हेपाली हाइट गोल्फुटार डेरामा छापा मारेर दुइ वटा कम्प्युटर र सी.पी.यु. बरामद गरेको छ। प्रहरी विशेष स्रोतका अनुसार बरामद कम्प्युटरबाट उनी जाली नोट र लागू औषधको कारोबारमा संलग्न देखिन्छन्। स्रोतका अनुसार नक्कली भारतीय नोटको कारोबारमा कैद भुक्तान गरिरहेका मोहमद जमिललाई गंगालाल हस्पिटलबाट २०६७ साल चैत्र १३ गते उपचारका क्रममा भगाइएको आरोप पनि छ। यस सम्बन्धमा उपत्यका महानगरिय प्रहरी कार्यालयका आयुक्त एआइजी अर्जुनजंग शाहीसँग सम्पर्क राख्दा 'मान्छे पक्राउ परेको हो, अनुसन्धान भइरहेकाले थप विवरण दिन नमिल्ने' भनी केही बताउन चाहेनन्। महाराजगञ्ज प्रहरी बृत्तका प्रमुख दीपक थापाले 'मान्छे शंकाको घेरामा छ' भनी प्रतिक्रिया दिए। स्मरण रहोस्, भारतीय विदेश मन्त्री एसएम कृष्णाले केही साता अघि तीनदिने नेपाल भ्रमणका क्रममा काठमाडौं स्थित भारतीय दूतावासका कर्मचारीमाथि खतरा भएको र भारतीय सुरक्षा विषयमा प्रधानसेनापतिदेखि प्रधानमन्त्री खनालसँग चासो र चिन्ता व्यक्त गरेका थिए। लादेनको हत्यापछि अलकायदाले तीन साता पछि सैफ अल अदेललाई 'अलकायदा' को अन्तरिम नेताको रूपमा घोषणा गरेको छ। बाहिरी रूपमा सैफ अललाई अन्तरिम नेता चुने पनि भित्री रूपमा लादेनको हत्यापछि आयामान अल जवारीलाई नेतृत्व दिएको अन्तर्राष्ट्रिय समाचारबाट पुष्टि हुन्छ। अप्रेसन प्रमुखमा भने मुस्तफा यमनीलाई नियुक्त गरिएको चर्चा छ। स्रोत भन्छ, पाकिस्तानमा अमेरिकी सेनाले लादेनको हत्या गरेपछि 'अलकायदा' को हेडक्वाटर इरानमा सारेर सुडान र अफगानस्तानमा फौजी तालिम केन्द्र राखेको छ। लादेनको हत्याले थुप्रै लादेन जन्मिने आशंका गरिएको छ। संभावित आतंकवादी हमलालाई मध्यनजर राख्दै भारतीय सुरक्षा एजेन्सी 'रअ' तथा बिएसएफले सीमावर्ती क्षेत्र र काठमाडौंमा ह्वात्तै आफ्नो गतिविधि बढाएको छ। माओवादी समर्थित झलनाथ खनालको सरकारलाई भारतले अविश्वास गरिरहेको अवस्थामा गृहमन्त्रीसमेत माओवादीलाई दिएपछि भारत संस्थापन पक्ष संशकित भएको छ। स्मरण रहोस् भारतीय सुरक्षा एजेन्सी र संस्थापन पक्षले माओवादीका केही वरिष्ठ नेता 'अलकायदा' निकट लस्कर ए तोयवा र हरकत उल अन्सारसँग निकटस्थ र सम्पर्कमा रहेको आरोप लगाउँदै आएका छन्।