Sunday, May 15, 2011

‘गर्लफ्रेन्ड’का पतिले कुटे भुवनलाई बिच सडकमै - onlinekhabar

सुस्मितासँगको सम्बन्धबिच्छेदपछि शर्मिला डंगोल नामकी एक बिबाहित युवतीलाई आफ्नी नयाँ प्रेमिका भनेर चिनाउँदै आएका भुवन केसीलाई तीनै प्रेमिकाका श्रीमानले बिच सडकमै भकुरेका छन् ।
पर्दामा हिरो बनेर सधैं गुण्डालाई पिटिरहने र सधैजसो जितिरहने भुवन केसीले सनिवार दिउँसो भने बिच सडकमै कुटाइ खानुपर्‍यो त्यो पनि फिल्मी शैलीमै । प्रत्यक्षदर्शीका अनुसार भुवनलाई शर्मिलाका पतिले पैसाको लोभमा आफ्नी श्रीमतीलाई बरालेको भन्दै सनिवार मध्यान्ह करिव पौने १२ बजे कोटेश्वर चोकमा गाडीबाट थुतेर कुटेका थिए ।
भुवन र शर्मिला गाडीमा कोटेश्वरबाट भक्तपुरतिर गइरहेका थिए । गाडी शर्मिलाले हाँकिरहेकी थिइन भने भुवन फ्रन्ट सिटमा थिए । तर उनीहरुको गाडीलाई एउटा मोटरसाइकलले पिछा गरिरहेको थियो । गाडी नजिकै पुगेपछि मोटरसाइकलमा सवार पुरुषले चिच्चाउँदै गाडी रोक्न भने । तर शर्मिलाले गाडी रोक्न मानिनन् । अन्ततः ती पुरुषले गाडीलाई ओभरटेक गरे र अगाडी लगेर मोटरसाइकल तेर्साए । अब भने शर्मिलाले गाडी नरोकि सुखै भएन् ।
मोटरसाइकलबाट ओर्लिएपछि ती पुरुषले हेल्मेट निकालेर गाडीको सिसा फोर्न खोजे । त्यसपछि भुवनले गाडीको सिसा खोले । सिसा खोलेपछि शर्मिलाका पतिले भुवनको कपाल भुत्लाउँदै हेल्मेटले उनको टाउकोमा हानिरहे । गर्लफ्र्रेन्डका पतिले यसरी तथानाम नाम गाली गदर्ैै मुक्का हानिरहँदा पनि भुवन सामान्य प्रतिकार गर्नेबाहेक अरु केही गर्न सकेनन् । यतिबेलासम्म त्यहाँ भीड जम्मा भइसकेको थियो । भुवनले भने यो बेफकुफ हो, यो पागल हो भन्दै कराईरहेका थिए । डंगोलले भने आफ्नो सम्पत्ति हडप्न श्रीमतिको पछि लागेको भन्दै अश्लिल गाली गरिरहेका थिए ।
त्यही शर्मिलाका पतिले शर्मिलालाई समेत दुई चार झापु दिइसकेका थिए । करिव १५ मिनेटको द्वन्द्वपछि भुवन त्यहाँबाट कोटेश्वर चोकतिर भागे । शर्मिलाले हाँकिरहेको गाडी डंगोल दम्पतीकै रहेछ । घटनाका प्रत्यक्षदर्शी बालकोट निवासी राजन ढुंगानाका अनुसार त्यसपछि डंगोलले हातमा हेलमेट लिएर पहिले भुवन बसेकै सिटमा बसे । डंगोलले पत्नीलाई सम्झाउन खोजेपनि शर्मिला भने होस उडेको अबस्थामा थिइन, उनी केही पनि सम्झन सक्ने अबस्थामा थिइनन् ।
उनी भागिसकेपछि प्रहरी पनि त्यहाँ पुग्यो । सुरुमा त दुर्घटना भएर भिडभाड भएको हो कि भनेर प्रहरी अलमलियो पनि । पछि डंगोल दम्पती र गाडीलाई कोटेश्वरस्थित ट्राफिक प्रहरी कार्यालय पुर्‍याइयो । शर्मिलाको लाइसेन्सबाट उनीहरु पतिपत्नी रहेको प्रमाणित भएपछि प्रहरीले छाडिदिएको थियो ।
महानगरिय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरिक्षक प्रेमराज जोशीले भने सामान्य पति-पत्नीको झगडा भएकाले छाडिएको बताउनुभयो । प्रहरी पुग्दा कुटाइ खाने ब्यक्ति भागिसकेको र डंगोल दम्पतीले पछि मान्छे पठाएर गाडी फिर्ता लगेको जोशीले जानकारी दिनुभयो । भुवन केसी भने यो घटनापछि मिडियाको सम्पर्कमा आएका छैनन् ।
शर्मिलाका दुई छोरी र श्रीमान छन् । केही दिनअघि ललितपुर प्रहरीको रोहवरमा भएको छलफलमा शर्मिला र उनका पतिवीच सम्बन्ध बिच्छेद गर्ने सम्पत्ति अंशबण्डा गर्ने सहमति भएको थियो । डंगोलको अधिकांश सम्पत्ति पत्नी शर्मिलाकै नाममा भएकाले प्रहरीले उनका बैंक खाता रोक्का गर्ने प्रकृया समेत थालेको छ ।


  • अजय शर्मा wrote on 15 May, 2011, 4:05
    भुवन के सि ले धेरै पहिलेनै कुटाइ खानु पर्ने भर्खर खाएछन । फिल्मी कलाकारहरुले समाज मा राम्रो छाप छोड्नु पर्छ । किनकी उनिहरु सधै मिडियामा छाइ रहने हुनाले धेरै ले उनिहरुको अनुकरण गर्छन । त्यसैले उनिहरुले आफ्नो प्रतिस्ठा जोगाउन जान्नु पर्छ । समाज लाई राम्रो बनेर देखाउनु पर्छ । ईन्डिया मा साहरुख खान को कहिले पनि कुनै अरु केटी सँग नाम जोडिएको छैन । हाम्रो भुवन जि लाई केटी देख्नै नहुने के गर्नु, अलि धेरै कुटाइ खानु पर्ने कम भएछ ।
    Like or Dislike: Thumb up 36 Thumb down 1
    अन्दाज गिरी Reply:
    कुरा एकदम ठिक हो । कलाकारहरुले समाज परिबर्तनको लागी सकारात्मक भुमिका खेल्नु पर्छ । तर यसरी अर्का कि श्रीमती, त्यहि पनि २-२ वटा बच्चाकी आमा संग लागेर भुबन के.सी.ले अझैपनि कलाकार हुँ भनेर हिड्न सुहाँउछ ? गाँउघर तिर ब्याड को लागी भनेर पालेको राँगो जस्तै रहेछन भुबन के.सी. त । पर्दामा समाजको लागी सकारात्मक भुमिका उजागर गरेपनि, बास्तबिक जिबनमा चाँही समाजमा नपच्ने, मोजमस्तीको लागी अर्काको घरबार बिगार्ने भुबन के. सी. जस्तो रण्डो को फिल्म आजैका मितीबाट बहिस्कार गरौं ।
    Like or Dislike: Thumb up 9 Thumb down 1
    Geeta Amatya Reply:
    He did very bad thing. So he should be punished. I agree with Ajaya Sharma’s opinion.
    Like or Dislike: Thumb up 3 Thumb down 2
    chandi bhandari Reply:
    dangol did right we sapport guys
    Like or Dislike: Thumb up 1 Thumb down 0
  • Deepak Paudel wrote on 15 May, 2011, 4:31
    Bhuwan jee lai ajhai pugena ki jasto lagyo . Des ko kalakar le janamanas lai kala ko madhyam bat ramra kura haruko jankari garnu ko sato aru ko ghar bhadne jasto kubichar ra kubebahar garnelai mukka thorai bhayo..
    Like or Dislike: Thumb up 0 Thumb down 1
  • prakash budhathoki wrote on 15 May, 2011, 4:52
    bhuwan lai sidhai goli hannu par6a sala arkako gharbar bigarne susmita ko ta bigaryo dangol samma ko pani bigarna khojne lai goli hana baru dangol,,,,,,,,,,,,
    Like or Dislike: Thumb up 1 Thumb down 1
  • Deepak Thapa wrote on 15 May, 2011, 5:35
    Bhuwan le junga katda chahi yo sabai ramro hunchha. ya sabai bhuwan ko galti nai chhaina sabai junga ko ho
    Like or Dislike: Thumb up 0 Thumb down 1
  • Nabin Karki wrote on 15 May, 2011, 6:57
    Thanks Mr husband dangol of sarmila you did very great task.Mr Bjuwan k.c.who is really sarcastic and erotic guy. How he has earned so many credits because he doesn’t have any good part as human.This is sin of susmita he has made so hurt to susmita eventually ending point of life Mr Bhuwan will not die easily he will suffocate and hardly die if god is some where definitely he punish him…….Mr Bhuwan is vulgar guy hearing this news surely it made to susmita very pleasance.Just this is casting guys u see what kind of situation bhuwan will have tackle in his later days………Thank Mr Hero Bhuwan wish u all the best for ur super bad luck………If still u have little bit humanity u go directly with susmita and excuse for ur worst task i hope susmita will make free u from the quicksand because she has kind heart ………………..God may provide good wish to Mr chuman k.c.
    Like or Dislike: Thumb up 0 Thumb down 0
  • Nishan Rana wrote on 15 May, 2011, 7:05
    Actually, Bhuwan is not a hero. People comment him as to be a play boy. Sharmilaji what a irresponsible mother of two kids and wife of a gentleman. God may bless them to come back to their happy family life.
    Like or Dislike: Thumb up 0 Thumb down 0
  • krishna wrote on 15 May, 2011, 7:13
    bhuvan lai bich sadak ma jhapad hanne bangol ji lai dherai dhanabaad.kharab kam garne lai yesari nai sarbajanik thau ma sajaya dinu par6.bhuvan ko film lai sabai le bahiskar garnu par6.yesta kharab acharan bhaye ka kalakar le garda nepali cinema ko yo durgati bhaye ko ho.
    Like or Dislike: Thumb up 0 Thumb down 0
  • Harka Raj wrote on 15 May, 2011, 7:20
    Dherai ramro news aajhai ramdhulai garnu parne thiyo bhuwanlai ta kam bhayo yastalai ta hiro re nepal ko yaslai ta ziro bhannu par6 …
    Like or Dislike: Thumb up 0 Thumb down 0