संविधान सभाको म्याद सकिनै लाग्दा नेताहरुको नाटक चरम चुलीमा पुगेको छ। नबुझ्नेलाई त रिङ्ग्याउँछ होला के भइरा’को होला यो भनी। तर अलिकति मात्र बुझ्ने हो भने हाँसउठ्दो नाटक बाहेक केही होइन यो। नाटकका केही नमूना हेरौँ न त-
आज फोरम फेरि फुटेछ। भर्खरैको मधेस आन्दोलनको तातो लागेकोले मधेसी जनअधिकार फोरम संविधान सभाको निर्वाचनमा चौथो ठूलो दल बनेर उदाएको थियो। तर माधव नेपालको सरकार बनाउन सभासद नपुगेसि विजयकुमार गच्छदारले फोरमको ५१ सभासदमध्येबाट २६ जना फुटाएर फोरम लोकतान्त्रिक पार्टी बनाए। अस्तिको जति निर्वाचन भए नि प्रधानमन्त्री नचुनिने निर्वाचन ताका प्रचण्डलाई भोट दिन खुट्टा उचाल्नेहरुका कारण झण्डै त्यो फोरम फुटेको थियो। यस पटक भने त्यो लोकतान्त्रिकवाला फोरम हैन यतापट्टीको माउ पार्टी फुटेछ। फुटाउने परे जेपी गुप्ता। नाम राखिएछ फोरम गणतान्त्रिक। यिनले ल्याएछन् १३ सभासद। उपेन्द्र यादवको पक्षमा रह्यो अब जम्मा १२ सभासद। त के भयो, उपप्रधानमन्त्री छन् यार उनी।
अरु बेला भए सरकारमा जाने बेलामा फुट्ने पार्टी यस पटक भने संविधान सभाको म्याद सकिन लागेको बेलामा फुटेको छ। यसो हेर्दा संविधान सभाको म्याद दुई तिहाई बहुमतले थप्न नदिन पार्टी फुटेको झैँ लाग्न सक्छ। तर हैन, अलिकति घोरिने हो भने थाहा हुन्छ, यो पनि सीधै सत्तासँग जोडिएको कुरा हो।
फुटेर बनेको फोरम गणतान्त्रिकमा लागेका जुन सभासदहरु छन् नि, तिनीहरुलाई थाहा छैन होला र- यो संविधान सभाको म्याद नथपिए आफ्नै जागिर गुम्छ, आफ्नै सभासद पद गुम्छ भनेर ? आफ्नो खुट्टामा आफै बञ्चरो हान्ने काम यिनीहरुले किन गर्लान् र ? सुनको अण्डा पार्ने कुखुराजस्तो संविधान सभाको म्याद नथपेर किन मार्थे होलान् र ? यी त उपेन्द्र यादवले सरकारमा गएपछि मन्त्री बनाउँछु भनेर मन्त्री नबनाएपछि बिच्केका हुन्। अनि संविधान सभाको म्याद थप्नुअघि झलनाथ खनाललाई राजीनामा दिन लगाउने अनि अर्को सरकार बन्दा मन्त्री बन्न पाउने आशमा झुम्मिएका हुन्।
यो फुटाइले बाघ-बाघसँग र बाख्रा बाख्रासँग पनि भएको छ फोरमको मामिलामा। माधव नेपालको कांग्रेस गठबन्धनसहितको सरकारमा जान पार्टी फुटाउने विजयकुमार गच्छदार पहिले कांग्रेस कै नेता थिए र मन्त्री भइसकेका थिए। अहिले त्यही कांग्रेस नेतृत्वको प्रतिपक्षी गठबन्धनमा जान पार्टी फुटाउने जेपी गुप्ता पनि पहिले कांग्रेस कै नेता थिए र बहुदल कालमा मन्त्री भइसकेका थिए। अहिले माओवादीसहितको झलनाथ खनालको सरकारमा जाने फोरमका अध्यक्ष उपेन्द्र यादव चाहिँ पहिले माओवादी हुन्।
दुई जना रहेसम्म फोर्न पाइन्छ पार्टी
माओवादीमा तीन तीन धार छन्। एमालेमा दुई पक्षको संघर्ष हुन्छ। तर पनि यी ठूला पार्टी फुट्दैनन्, फोरम चाहिँ किन फुटिरहेको होला भन्ने तपाईँलाई लाग्यो होला। फोरम मात्र हैन अरु पार्टी नि फुटेका छन्। अर्को मधेसवादी पार्टी तमलोपा पनि फुटेर तमलोपा नेपाल बनिसकेको छ। माले फुटेर माले समाजवादी बनिसकेको छ। माले समाजवादी पनि मन्त्री बन्ने कुरा नमिलेर एकअर्काबीच पोलापोल भइरहेको छ र फेरि फुट्ने स्थिति देखिइसकेको छ। चुरे भावर त कति पटक फुट्यो फुट्यो। पार्टी फुट्ने सम्बन्धी व्यवस्था भएको दल त्याग ऐन अनुसार २ जना सांसद रहँदामात्र पनि पार्टी फोर्न पाइन्छ।
ऐनको दफा ५ को (घ)मा कुनै दलको संसदीय दलको कम्तीमा चालीस प्रतिशत सदस्यहरु आफनो दलबाट छुट्टिई नयाँ राजनैतिक संगठन वा दल बनाउन वा भइरहेको अर्को दलमा प्रवेश गर्न पाइने व्यवस्था छ। त्यसैमा तर एक पटक विभाजन भएकोमा विभाजित संसदीय दलका सदस्यले सोही कार्यावधिमा पुनः विभाजित हुन पाउने छैन त भनिएको छ तर त्यसको व्याख्यामा विवाद छ। अहिले गुप्ताको गणतान्त्रिक फोरमले टुक्रिएर गएको पो फेरि फुट्न नपाइने भनेको, माउ पार्टी त फेरि फोर्न पाइहालिन्छ नि भन्ने दावी गरेका छन्। यो अनुसार अब उपेन्द्र यादवको फोरममा दुई जना सांसद रहँदासम्म पनि एक जना सांसदले पार्टी फोर्न पाइन्छ। किनभने दुई जना सदस्य भएको संसदीय दलमा एक जना निस्कनु भनेको ५० प्रतिशत सदस्य भइहाल्यो!