मे २१, २०११ को साँझ ६ बजे, जुनसुकै देशमा तपाईँ बस्नुहुने भए पनि महाभूकम्प जानेछ र सबैको चिहान खोल्नेछ। र्याप्चर हुनेछ- सच्चा क्रिस्चियनहरु मरे नि बाँचे नि परमात्मासँग बस्न पाउने छन्। बाँच्नेहरुले चाहिँ अक्टोबर २१, २०११ सम्म कष्ट खाएर जिउनु पर्नेछ। अक्टोबर २१ मा चाहिँ परमात्माले पृथ्वीलाई ध्वस्त पार्नेछन्।
यस्तो वाहियात भविष्यवाणी अमेरिकाको क्यालिफोर्नियामा मुख्य कार्यालय भएको क्रिस्चियन रेडियो नेटवर्क फेमिली रेडियोका संस्थापक ८९ वर्षका बूढा हारोल्ड क्याम्पिङले फैलाइरहेका थिए। छेवैको सूचना उनैको वेबसाइटमा राखिएको नेपाली भाषाको वाहियात प्रचारको एक अंश थियो। केही उपबुज्रुकहरुले नेपालमा पनि त्यस्तो हल्ला फैलाउन मद्दत गरिरहेका थिए। काठमाडौँ लगायत विभिन्न सहरमा यस्तो वाहियात भविष्यवाणीसहित त्रास फैलाउने होर्डिङ बोर्डहरु झुण्ड्याइएका थिए। इन्टरनेटमा पनि भक्कु विज्ञापन हालेका थिए उनीहरुले। तर पहिलेका अनेकौँ भविष्यवाणी जस्तै उनको यो भविष्यवाणी पनि व्यर्थ साबित भयो। एसियाबाट सुरु हुने भनिएको भूकम्प यहाँका कुनै देशमा गएन। “Judgment Day May 21, 2011, the Bible guarantees it!” भन्दै अफवाह फैलाएर फटाहा मोराले आफूलाई त झुटा साबित गराए नै, बाइबललाई समेत झुटो बनाइदिए। नेपालका विभिन्न सहरमा राखिएका होर्डिङ बोर्ड
यिनै खुस्केट बुढाले नै सन् १९९४ मा पनि यस्तै भविष्यवाणी गरेका थिए। त्यतिबेला नि केही भएन। अनि त बूढाले मैले पाएको जानकारी नै अपूर्ण थियो भन्देछन्। पत्याउनेहरु कस्ता ! हाम्रोमा भए भक्कुसँग चुटेर पुलिसकहाँ बुझाइदिन्थे, दोस्रो पटक त्यस्तो वाहियात भविष्यवाणी गर्नै नसक्ने गरी- याद छ नि तपाईँहरुलाई त्रिशुल बाबा कान्ड ! उनले नि चार वर्षअगाडि यसै गरी भूकम्प आउँछ भनेर भविष्यवाणी गरेका थिए। मान्छेहरु डराएर बिहानबिहानै टुँडिखेलमा। सवा छ बजे भूकम्प आउँछ भनेको नआएपछि गोंगबुका स्थानीय बासिन्दाले उनलाई बेस्कन भकुरे। पुलिसले नै बचाउनु पर्यो। पछि अफवाह फैलाएर आतंक मच्चाएको आरोपमा प्रहरीले नै उनलाई पक्र्यो। यो विषयमा विस्तृत पढ्न यहाँ क्लिक गर्नुस्।

उस् उस् उस्, खै त्यति बेला नि आएनन् तिम्रा देउता, अहिले नि आएनन्। तिमेरुका हल्ला अब कसैले पत्याउनेवाला छैनन्।
भविष्यवाणी फेल खाएपछि पूर्व सिभिल इन्जिनियर यी क्याम्पिङ बूढा शनिबार दिनभर चुप बसेछन्। हिजोसम्म हल्ला फैलाइरहेको उनको रेडियोले आज त्यो हल्लासम्बन्धी नभई बेग्लै रेकर्ड गरिएका कार्यक्रमहरु बजाइरहेको रहेछ। रेडियोको मुख्य अफिसमा अफिस बन्द छ भन्ने सूचना टाँसिएको रहेछ। यी बूढाले हल्ला फैलाएर अमेरिकीहरुलाई नि दिनु दुःख दिएका रहेछन् नि। अमेरिका भर २ हजार वटा होर्डिङ बोर्ड राख्न भ्याएका रहेछन् उनीहरुले। पोस्टर टाँसेर प्रचार गर्नेहरु त झन् कति कति नि। ६० वर्षका रबर्ट फिट्जप्याट्रिकले त जीवनभरको बचत एक लाख ४० हजार डलर यसै सम्बन्धी सबवे पोस्टर र बस सेल्टर विज्ञापनहरु बनाएर टाँस्नमा खर्च गरेको वासिङटन पोस्टमा लेखिएको थियो। सीएनएनका अनुसार यो संस्थाले यस्तै हल्ला फैलाएर मात्रै अहिलेसम्म ८० मिलियनभन्दा बढी अमेरिकी डलर चन्दा सोहर्न भ्याइसकेछ।
पाप त धूरीबाट कराउँछ नै। यस्ता हल्ला फैलाउनेहरुले विगतमा नराम्रो गति भोग्नु परेको थियो। यही क्याम्पिङ बुढाको १९९४ मा विश्व अन्त्य हुने भविष्यवाणी फेल खाएपछि न्युजर्सीमा एक जनाले आत्महत्या गरेका थिए। १९९७ मा विश्व अन्त्य हुने भविष्यवाणी गलत ठहरिएपछि हेभन्स गेट नामको समूहका ३९ सदस्यले सामूहिक आत्महत्या गरेका थिए।
हामीलाई विश्वास छ, नेपालका सच्चा इसाईहरु यस्ता वाहियात भविष्यवाणीमा विश्वास गर्दैनन्। उनीहरुले आफ्नो सम्प्रदायको विश्वासमा नै आघात पर्ने र आफ्नो पवित्र ग्रन्थप्रति नै अनास्था फैलाउने प्रचार गर्नेहरुविरुद्ध एकजुट हुनेछन् नै। हामी यस्तो वाहियात भविष्यवाणीलाई हाम्रो देशका ठाउँठाउँमा झुण्ड्याउँदै हिँड्ने त्यस्ता अन्धसमर्थकहरुलाई उनीहरुले नै बुझ्ने भाषामा दुई शब्दमात्र भन्न चाहन्छौँ- Shame ! Shame !!

संसार अन्त्य हुने भविष्यवाणी गर्ने ढोंगी बुढा Harold Camping यिनै हुन्।