दोलखा सदरमुकाम चरिकोटबाट ५० मिलिोमिटर उत्तरमा पर्ने मित्रराष्ट्र चीनको सीमावर्ती क्षेत्रस्थित लामाबगर गाविसमा निर्माण गर्न लागिएको ४५६ मेघावाट जलविद्युत गृहको प्रधानमन्त्री खनालले शिलान्यास गर्नु भएको हो ।
शिलान्यास कार्यक्रममा उपप्रधान एवम् गृहमन्त्री मन्त्री कृष्णबहादुर महरा, उर्जामन्त्री गोकर्ण विष्ट र सञ्चारमन्त्री अग्नि सापकोटालगायतको उपस्थिति थियो ।
प्रधानमन्त्री खनालसहित मन्त्रीहरको टोली भाडाको हेलिकोप्टर मार्फत बिहान साढे ११ बजे कार्यक्रम स्थल पुगेका थिए । शिलान्यास स्थलको सुरक्षार्थ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
यसअघि तात्कालीन कामचलाउ सरकारका प्रधानमन्त्री माधव नेपालले गर्ने भनिएको शिलान्यास माओवादी अवरोधका कारण रोकिएको थियो ।
कामचलाउ सरकारका प्रधानमन्त्रीले राष्ट्रिय स्तरको आयोजना शिलान्यास गर्न नमिल्ने भन्दै माओवदीले अवरोध पुर्याउने चेतावनी दिएपछि सम्पूर्ण तयारी पूरा भएपछि पनि शिलान्यास हुन नसकेको हो ।
आगामी २०७२ सालसम्ममा निर्माणकार्य सम्मन्न गर्ने लक्ष्य राखिएको उक्त परियोजना निर्माणमा नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको संयुक्त लगानी रहने छ ।