Friday, August 9, 2013

काँचो लसुन घटाउँछ क्यान्सरको खतरा - onlinekhabar

लसुनमा औषधीय गुण हुन्छ भन्ने कुरा त हामी धेरैलाई थाहा छ । तर यसमा क्यान्सर प्रतिरोधी गुण समेत हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । पछिल्लो अध्ययनले लसुनका केश्राको नियमित सेवन गर्ने मानिसमा फोक्सोको क्यान्सरको खतरा लगभग आधा जसोले घट्ने देखाएको छ ।
garlic
चीनमा गरिएको अध्ययन अनुसार हप्तामा कम्तिमा पनि २ पटक लसुनका केश्रा खाने मानिसमा फोक्सोको क्यान्सरको खतरा ४४ प्रतिशत कम हुन्छ । फोक्सोको मुख्य कारक मानिएको धूमपान गर्ने मानिसमा समेत लसुनले क्यान्सरको खतरा ३० प्रतिशतले घटाउने अध्ययनको निष्कर्ष छ ।
यसअघिका विभिन्न अध्ययनले लसुनको नियमित सेवनले आन्ध्रा तथा पेटको क्यान्सरको जोखिम कम गर्ने तथ्य पत्ता लगाएका थिए । तर लसुनले केवल पेटको मात्र नभएर फोक्सोको क्यान्सरको जोखिम पनि कम गर्ने पछिल्लो अध्ययनले पत्ता लगाएको हो ।
यो निष्कर्षमा पुग्नका लागि चीनको जियांग्सु प्रान्तीय रोग नियन्त्रण केन्द
का वैज्ञानिकहरुले झण्डै ६ हजार मानिसमा परीक्षण गरेका थिए । ती मध्ये १५ सय फोक्सोको क्यान्सर रोगी र ४५ सय निरोगी मान्छे थिए ।
त्यसक्रममा क्यान्सरबाट पीडित मानिसहरुले लसुन नखाने वा खाएपनि निकै कममात्र खाने गरेको पाइयो भने निरोगी मानिसहरुमध्ये धेरैले लसुनको नियमित तथा पर्याप्त सेवन गर्ने गरेको पाइयो ।
शोधकर्ताहरुले काँचो लसुनले फोक्सोको क्यान्सरको जोखिम गर्ने कुरा पत्ता लागेको भएपनि पकाइएको लसुनले कस्तो प्रभाव पार्छ भन्ने कुराको बारेमा भने केही बताएका छैनन् । यद्यपि लसुनमा पाइने एलिसीन नामक तत्व पकाउँदा पनि नष्ट नहुने भएकाले काँचै खानु वा पकाएर खानुमा कुनै तात्विक भिन्नता नहुने कतिपय विज्ञहरुको भनाइ छ ।