Monday, August 12, 2013

मेरो देश मेरो जगदम्बाभन्दै सरकारलाई नै ठग्यो जगदम्बा स्टिलले, २५ करोड भ्याट छलीको पुष्टि - bizmandu

जगदब्बा स्टिल्सले मुल्य अभिबृद्धि कर (भ्याट)को नक्कली विल प्रयोग गरि २५ करोड १७ लाख ८७ हजार रुपैयाँ कर छलेको पुष्टी भएको छ । जगदम्बाले नक्कली विल प्रयोग गरि ११ करोड ४७ लाख ३१ हजार भ्याट र आयकरवापत १३ करोड ७० लाख ५६ हजार रुपैया छली गरेको राजस्व न्यायाधिकरणले पुष्टि गरेको छ, सोमवार नयाँ पत्रिकामा सचेन गौतमले लेखेका छन् ।

नक्कली भ्याट विल प्रकरणमा जगदम्बा सबैभन्दा बढी मूल्य बराबरको छली गर्ने कम्पनी हो । जगदम्बामा  शंकर ग्रुपका शंकर गोल्यान (अग्रवाल), उनका छोरा साहिल र सौरभ समूहका विष्णुप्रसाद न्यौपानेको लगानी छ । आन्तरिक राजश्व विभागले जगदम्बाले ११ करोड ४७ लाख ३१ हजार  भ्याट छलेको ठहर गर्दै बिगोको सतप्रतिशत  जरिवानासहित २२ करोड ९४ लाख ६२ हजार रुपैया“ कर निर्धारण गरेको छ ।
८८ करोड २५ लाख ४८ हजार रुपैयाँको १३ प्रतिशतले हुने ११ करोड ४७ लाख ३१ हजार रुपैयाँ विगो कायम गरि आन्तरिक राजश्व विभागले कानुनमा भएको व्यवस्थाअनुसार विगोको सतप्रतिशत जरिवाना कायम गरेको हो । विभागले २०६७ चैतमै भ्याटको विगो, जरिवाना, थप दस्तुर ३९ लाख ७२ हजार र ब्याज ५९ लाख ५७ हजार सहित २३ करोड ९३ लाख ९२ हजार कर निर्धारण गरेको थियो । यसमा आयकर वापतको रकम र ब्याज जोड्दा जगदम्बाले ३७ करोड ६४ लाख ४८ हजार रुपैयाँभन्दा बढी कर तिर्नु पर्ने छ ।
जगदम्बाले भ्याट र आयकरतर्फ गैर कानुनीरुपमा करको लाभ लिने उद्देश्यले सुनियोजितरुपमा विभिन्न फर्मबाट वस्तु प्राप्त नगरि कर विल प्राप्त गरेको थियो । त्यही विलबाट तिरेको रकम खर्चमा देखाएर भ्याट छलेको हो । विभागले गैर कानुनी र त्रुटीपूर्ण कर निर्धारण गरेको भन्दै जगदम्बाका अध्यक्ष शंकरलाल अग्रवाल बिगोको ५० प्रतिशत रकम तिरेर पुनरावेदनका लागि राजश्व न्यायाधीकरणमा गएको थियो । राजश्व न्यायाधीकरणले पनि जगदम्बाले नक्कली विलको प्रयोग गरि भ्याट र आयकर छली गरेको फैसला गरेको छ । न्याधिकरणका अध्यक्ष दीपक कार्की, यज्ञवल्क उपाध्याय र भोलाप्रसाद खकुरेलको इजलासले गत चैतमा गरेको फैसलाको पूर्ण पाठ केही दिन अघि आएको हो ।
‘जगदम्बाले मुल्य अभिबृद्धि कर खर्च दावी गर्न मात्रै विजक पेश गरेको, खरिद वास्तविक नभएको, आफ्नो दावी जिकीर पुष्टी हुने कुनै आधिकारिक फर्मको अस्तित्व देखाउन नसकेको र झुट्टा एवं नक्कली विजकबाट क्रेडिट दावी गरेको देखिंदा सुरु कार्यालयबाट भएको निर्णय अन्यथा मान्न मिलेन’, न्यायाधिकरणको फैसलामा उल्लेख छ ।
कसरी छल्यो जगदम्बाले भ्याट ?
जगदम्बा स्टिलले  ०६४ साउनदेखि ०६८ मंसिरसम्ममा नक्कली विलको प्रयोग गरि ८८ करोड २५ लाख ४८ हजार रुपैयाँको सेवा तथा वस्तु खरिद गरेको देखाएको थियो । अग्रवालले मर्कन्टाइल आयल सेन्टर सहित ३५ फर्मका नामबाट आफ्नो नाममा जारी गरिएका ७२६ थान विलबाट २७ करोड ०७ लाख ८० हजारको विभिन्न वस्तु तथा सेवा खरिद भएको जगदम्बाले देखाएको थियो ।
भ्याट ऐनमा भएको व्यवस्था अनुसार, जगदम्बाले तीन करोड ५२ लाख रुपैयाँ भ्याट कट्टी दावी लिएको थियो । जगदब्बाले वस्तु तथा सेवा खरिद गर्दा देखाएको विल जारी गर्ने फर्मको कारोबार स्थल, सम्पर्क व्यत्ति, सम्पर्क टेलिफोन वा अन्य साधन खुलाउन सकेको थिएन । भुत्तानी गर्दा जारी गरिएका चेक जगदम्बाले आफ्नै कर्मचारीको नामबाट काटेको थियो । भुत्तानी समेत आफ्नै कर्मचारीबाट लिई जगदम्बाकै खाता रहेको बैकमा पुन जम्मा गरिएको थियो । भ्याट विल जारी गर्न नपाउने फर्म समेतबाट वस्तु खरिद गरेको देखाई त्यस्तो विलबाट समेत कर कट्टी दावी लिएको थियो ।
जगदम्बाका अध्यक्ष अग्रवालले आन्तरिक राजश्व विभागसँग वयान दिंदा २८ फर्मसँगको खरिदमध्ये २५ सँगको खरिद वास्तविक नभएको र ती फर्मसँग वस्तु तथा सेवा नलिई विल मात्रै लिएको स्विकार गरेका थिए । अग्रवालले न्यु गुडविल इन्टरप्राइजेज, रियल इन्टरनेशनल र स्वेता आयलस“गको कारबोर वास्तविक भएको वयान दिएका थिए । बयानका क्रममा अग्रवाल विभागमा रोएका पनि थिए ।
वास्तविक करोबार गरेको भनी दावी गरेका न्यु गुडविलका प्रतिनिधिले सिमेन्टको आपूर्ति जगदम्बालाई नगरी विल माग गरेकाले विल मात्र दिएको वयान दिएका थिए । उता, रियलका प्रतिनिधीले पनि जगदम्बासँग कुनै कारोबार नै नगरेको बयान दिएका थिए । जगदम्बाले स्वेता आयललाई चेकबाट भुत्तानी दिएको थियो । तर, छानविनबाट स्वेता आयललाई दिइएको चेक आफ्नै कर्मचारीले बुझेको फेला परेको थियो ।
जगदम्बाले भ्याटको नक्कली विलको माध्यमबाट आयकर पनि छलेको छ । अग्रवाल मर्कन्टाइल आयल सेन्टरसमेत १५ फर्मका नामबाट जारि गरिएको विलबाट १९ करोड ८८ लाख ९३ हरा मुल्यका वस्तु तथा सेवा खरिद भएको देखाई कानुनमा भएको व्यवस्था अनुसार लागत खर्चकोरुपमा कर कट्टी जगदम्बाले लिएको थियो । तर, यसरी जारी गरिएका विल विभागले गरेको छानविनबाट झुट्टा पुष्टी भएको थियो । जगदम्बाले भुक्तानी गर्दा जारी गरिएका चेक आफ्नो कर्मचारीको नामबाट काटी भुत्तानी समेत आफ्नै कर्मचारीलाबाट लिई उद्योगकै खाता रहेको बैकमा पुन जम्मा गरेका थिए ।
भ्याट छल्लेलाई सम्मान
सरकारले करोडौं रुपैया“ भ्याट छल्ने जगदम्बा स्टिलका मालिक साहिल अग्रवाललाई भने उत्पादनमूलक उद्योगमा सबैभन्दा बढी लगानी गरेको भन्दै कमर्सियल्ली इम्पोर्टेन्ट पर्सन (सिआइपी)को सम्मान दिने घोषणा गरेको छ । उनले उत्पादनमूलक उद्योगमा करिब ४५ अर्ब लगानी गरी धेरै मानिसलाई रोजगारी दिएकोभन्दै सम्मान गर्न लागेका हो । भ्याट छलेकको व्यक्तिलाई सम्मान गर्न लागिएको भन्दै विरोध भइरहेको छ ।

------------------------------------------------------

सचेन गौतम/नयाँ पत्रिका



जगदम्बा स्टिल्सले देशलाई २५ करोड ठगेको पुष्टि भएको छ । नक्कली बिल बनाएर भ्याट र आयकर ठगेको जगदम्बाबाट बिगो र जरिवाना गरी ३७ करोड असुल गर्न राजस्व न्यायाधिकरणले आदेश दिएको छ ।

जगजम्बा स्टिल्सले नक्कली कम्पनीका नामबाट सामान किनेको बिल बनाएर देशलाई भ्याट छलेको थियो । नक्कली भ्याट बिल बनाएर ११ करोड ४७ लाख ३१ हजार ठगेको सो उद्योगले आयकरतर्फ १३ करोड ७० लाख ५६ हजार रुपैयाँ छलेको थियो ।

आन्तरिक राजस्व विभागले जगदम्बाले भ्याट छलेको ठहर गर्दै बिगोको शतप्रतिशत जरिवानासहित २२ करोड ९४ लाख ६२ हजार रुपैयाँ कर निर्धारण गरेको थियो । विभागले भ्याटको बिगो ११ करोड, त्यत्ति नै जरिवाना, थप दस्तुर ३९ लाख ७२ हजार र ब्याज ५९ लाख ५७ हजारसहित २३ करोड ९३ लाख ९२ हजार कर निर्धारण गरेको थियो ।
विभागले ०६७ को चैतमा गरेको निर्णयमा असन्तुष्टि जनाउँदै जगदम्बा स्टिल्स राजस्व न्यायाधिकरण गएको थियो । तर, न्यायाधिकरणले पनि विभागको अनुसन्धानलाई सही ठहर्‍याउँदै जगदम्बाबाट ब्याजसहित बिगो र जरिवाना उठाउन आदेश दिएको छ ।

स्टिल किन्ने उपभोक्ताबाट उठाएको भ्याट छल्न नक्कली बिल पेस गरेको जगदम्बाले उद्योगको आय कम देखाएर आयकर पनि ठगेको थियो । जगदम्बाले ठगेको १३ करोड ७० लाख ५६ हजार आयकर पनि असुल गर्न न्यायाधिकरणले आदेश दिएको छ । यसरी भ्याट, त्यसको जरिवाना र आयकर जोड्दा जगदम्बाले ३७ करोड ६४ लाख ४८ हजार रुपैयाँ सरकारलाई तिर्नुपर्ने भएको छ ।

आन्तरिक राजस्व विभागले गैरकानुनी र त्रुटिपूर्ण कर निर्धारण गरी आफूहरूमाथि अन्याय गरेको भन्दै जगदम्बाका अध्यक्ष शंकरलाल अग्रवाल पुनरावेदनका लागि राजस्व न्यायाधिकरणमा गएका थिए । तर, राजस्व न्यायाधिकरणले जगदम्बाले नक्कली बिल बनाएर कर ठग्ने नियत राखेको भन्दै उसमाथिको कारबाही जायज ठहर्‍याएको छ । न्यायाधिकरणका अध्यक्ष दीपक कार्की, यज्ञवल्क उपाध्याय र भोलाप्रसाद खकुरेलको इजलासले गत चैतमा गरेको फैसलाको पूर्ण पाठ अहिले आएको छ ।

‘जगदम्बाले मूल्य अभिवृद्धि कर क्रेडिट दाबी गर्न मात्रै विजक पेस गरेको, खरिद वास्तविक नभएको, आफ्नो दाबी जिकिर पुष्टि हुने कुनै आधिकारिक फर्मको अस्तित्व देखाउन नसकेको र झुटा एवं नक्कली विजकबाट क्रेडिट दाबी गरेको देखिँदा सुरु कार्यालयबाट भएको निर्णय अन्यथा मान्न मिलेन,’ न्यायाधिकरणको फैसलामा उल्लेख छ ।

सिइओ र महाप्रबन्धक जेलमाएक मुठी माटो मेरो धर्तीको भन्दै राष्ट्रवादको सन्देश फैलाउने जगदम्बाका सञ्चालकले देशलाई करोडौँ कसरी ठग्न सके होलान् ? सर्वसाधारणका मनमा प्रश्न उठ्छ, तर जगदम्बाका लागि यस्ता किर्ते सामान्य हुन् ।

जगदम्बा स्टिल्सले नक्कली बिल बनाएर भ्याट र आयकर मात्र छलेको होइन, अन्य धेरै किर्ते गरेको पुष्टि भएको छ । सरकारी कागज किर्ते गरेको अर्को आरोपमा जगदम्बाका प्रमुख कार्यकारी अधिकृत रोसित उनिन्थान र महाप्रबन्धक कमलजित बर्मा जेलमा छन् ।

वीरगन्ज भन्सारबाट लिलाम सकार गरेको गाडीको मोडल नम्बर ढाँटेर अर्को गाडी नामसारी गरेको आरोपमा प्रहरीले एक महिनाअघि उनीहरूलाई पक्राउ गरेको हो ।

‘भन्सार कार्यालयले लिलाम गरेको गाडीको पत्र किर्ते गरेकाले उनीहरूलाई पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी पीताम्बर अधिकारीले नयाँ पत्रिकासँग त्यतिवेला भनेका थिए, ‘सरकारी दस्तखत छाप किर्तेअन्तर्गत उनीहरूलाई मुद्दा चलाउँछौँ ।’

लिलामीमा खरिद गरेको गाडी यातायात कार्यालयमा दर्ता गर्न भन्सार कार्यालयको पत्र चाहिन्छ । तर, भन्सार कार्यालय वीरगन्जले दिएको पत्रको सट्टा सो कम्पनीले आफैँ नयाँ पत्र बनाई २००५ मोडलको गाडीको सट्टा सन् २०१० को गाडी नारायणी यातायात कार्यालयमा दर्ता गराएको थियो । सोही आधारमा यातायात कार्यालयले सो गाडीलाई ना.२ख ४६६२ नम्बरमा दर्ता गरिदिएको थियो ।

नयाँ मोडलको गाडीको कर छल्न उनीहरूले किर्ते कागजात बनाएका थिए । जगदम्बा प्रालिद्वारा करिब दुई महिनाअघि निष्काशित एचआर म्यानेजर ओमप्रकाश बैठाको बयानका आधारमा जगदम्बा स्टिल्सका सिइओ र महाप्रबन्धकलाई पक्राउ गरिएको हो ।




यसरी छलियो कर
नयाँ पत्रिका, काठमाडौं,२७ साउन/ जगदम्बा स्टिल्समा शंकर ग्रुपका शंकर अग्रवाल, छोरा साहिल र सौरभ ग्रुपका विष्णुप्रसाद न्यौपानेको लगानी छ । उद्योगले उत्पादन गर्ने स्टिल रडको मूल्यमा थप १३ प्रतिशत भ्याट हरेक उपभोक्ताले तिर्छन् । भ्याटबापत जनताबाट उठाएको रकम उद्योगले सरकारलाई बुझाउनुपर्ने हो । तर, देशको ढुकुटीमा जाने पैसा आफ्नो खातामा हाल्न उद्योगले नक्कली बिल बनाएको थियो ।

जगदम्बा स्टिल्सले ०६४ साउनदेखि ०६८ मंसिरसम्ममा उद्योगका लागि आवश्यक अर्बौँका सामान किनेको थियो । तर, यसबीचमा उसले सामान किनेको भनेर पेस गरेकामध्ये ८८ करोड २५ लाख ४८ हजार रुपैयाँका बिल नक्कली भेटिएका हुन् । हुँदै नभएका कम्पनीबाट ८८ करोडको सामान किन्दा ११ करोड भ्याट तिरेको भन्दै जगदम्बाले भ्याटबापतको रकम दाबी गरेको थियो । तर, आन्तरिक राजस्व विभागले छानबिन गर्दा जगदम्बाले सामान किनेका भनिएका ३५ वटा फर्म हुँदै नभएको पुष्टि भएको थियो ।

सरकारलाई भ्याट छल्न जगदम्बाले अग्रवाल मर्कन्टाइल आयल सेन्टरसहित ३५ वटा फर्म खडा गरेको थियो । तर, कतै दर्ता अथवा सञ्चालन नभएका कम्पनीबाट जगदम्बाले ७ सय २६ थान बिल जाली बनाएको थियो ।

आन्तरिक राजस्व विभागले छानबिन गर्दा जगदम्बाले बिल जारी गर्ने फर्मको कारोबार स्थल, सम्पर्क व्यक्ति, सम्पर्क टेलिफोन वा अन्य कुनै पनि जानकारी खुलाउन सकेको थिएन । बरु ती नक्कली कम्पनीबाट सामान किनेको भनेर भुक्तानीका लागि जारी गरिएका चेक पनि जगदम्बाले आफ्नै कर्मचारीको नामबाट काटेको भेटिएको थियो । कर्मचारीका नाममा काटिएका चेक जगदम्बाकै खाता रहेको बैंकमा जम्मा गरिएको थियो ।

जगदम्बाका अध्यक्ष शंकरलाल अग्रवालले आन्तरिक राजस्व विभागलाई बयान दिँदा २८ फर्मसँगको खरिदमध्ये २५ सँगको खरिद वास्तविक नभएको र ती फर्मसँग वस्तु तथा सेवा नलिई बिल मात्रै लिएको स्वीकार गरेका थिए । अग्रवालले न्यु गुडविल इन्टरप्राइजेज, रियल इन्टरनेसनल र श्वेता आयलसँगको कारोबार भने वास्तविक भएको बयान दिएका थिए ।
वास्तविक कारोबार गरेको भनी दाबी गरेका न्यु गुडविलका प्रतिनिधिले पनि जगदम्बाले सामान होइन, बिल मात्र माग गरेकाले दिएको बयान दिएका थिए । रियलका प्रतिनिधिले जगदम्बासँग कुनै कारोबार नै नगरेको बयान दिएका थिए ।

जगदम्बाले श्वेता आयललाई चेकबाट भुक्तानी दिएको बताएको थियो । तर, छानबिनबाट श्वेता आयललाई दिइएको चेक जगदम्बाका कर्मचारीले बुझेको फेला परेको थियो ।

जगदम्बाले भ्याटको नक्कली बिलको माध्यमबाट आयकर पनि छलेको छ । अग्रवाल मर्कन्टाइल आयल सेन्टरसमेत १५ फर्मका नामबाट जारी गरिएको बिलबाट १९ करोड ८८ लाख ९३ हजारका वस्तु तथा सेवा खरिद भएको देखाएर आय घटाएको थियो । तर, यसरी जारी गरिएका बिल पनि विभागले छानबिन गर्दा झुटा पुष्टि भएको थियो ।



सम्मान गर्ने सरकारको घोषणानक्कली बिल बनाएर ११ करोड भ्याट तथा १३ करोड आयकर छल्ने जगदम्बा स्टिल्सका मालिक साहिल अग्रवाललाई सरकारले सम्मान गर्दै छ । राजस्व ठगेको भनेर ११ करोड भ्याट, त्यत्ति नै जरिवाना र त्यसको ब्याज तिराउन राजस्व अनुसन्धान विभागले ताकेता गरिरहेका वेला सरकारले साहिललाई कमर्सियल्ली इम्पोर्टेन्ट पर्सन (सिआइपी)को सम्मान दिने घोषणा गरेको छ । एउटै व्यक्तिलाई ठग भनेर जरिवाना पनि गर्ने र सम्मानित पनि गर्ने चलन सायद नेपालमा मात्र होला ।