Friday, August 9, 2013

मुस्लिम समुदायमा इदउल फित्रको रौनक (फोटोफिचरसहित) - onlinekhabar

मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व इद उल फित्र शुक्रवार देशभर मनाइदैछ । मुस्लिम समूदायले हिजरी सम्बतको रमजान मुबारक महिनाभर ब्रत बसिसकेपछि हर्षोल्लासपूर्वक इदउल फित्र मनाउने गर्दछन् । हिजरी सम्बको आठौ साबान महिनाको अन्तिम दिन आकाशमा चन्द्रमा उदाएपछि रोजा सुरु हुने गर्दछ ।
ramadan1
इदुल फित्रका दिन विहान नुहाई धुवाई गरी सेवई, खजुर, फलफूललगायत मिठा मिठा परिकार खाने खुवाउने प्रचलन रहि आएको छ । यस्तै सफा कपडा लगाएर मस्जिदमा गएर इदको नमा पढिन्छ । नमाज पढेपछि एक आपसमा शुभकामना आदान प्रदान गर्दै भाइचार र आत्मियता साटा गर्ने गरिन्छ । इदुल फित्रका दिन शुक्रवार सरकारले सार्वजनिक विदा समेत दिएको छ ।
यसैवीच इद उल फित्रको अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति डा रामबरण यादवले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजु भाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा मुलुकमा प्रचलित सबै प्रकारका चाडपर्व, भाषा, भेषभुषा, संस्कृति र परम्पराहरूको संरक्षण र सम्बर्द्धन गर्दै समाजमा आपसी एकता, सद्भाव र सहयोग एवम् भाइचाराको अभिवृद्धि गर्नका निम्ति इद उल्ल फित्र पर्वले सबैमा प्रेरणा प्रदान गर्न सकोस् भनी हार्दिक कामना गर्नु भएको छ ।
ramadan2
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले इस्लाम धर्मावलम्बीको महान् चाड ईद् उल फित्रको अवसरमा मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले नेपालको सांस्कृतिक विविधतालाई चीरकालपर्यन्त संस्थागत गर्न सामाजिक सद्भाव, सहकार्य र एकतालाई मजबुत पार्नु आजको आवश्यकता भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।
ramadan3
ramadan4
ramadan5