विदेश बसे पनि, सम्पत्ती आर्जन गरे पनि
फेरी माया त जन्म दिने देशकै लाग्छ । त्यसैले त उनले यसै वर्ष विश्वव्यापी
चेन सेराटनसँग काठमाडौंमा पाँच तारे होटल खोल्न सम्झौता गरे, उनको सात अर्ब
लगानी हुने यो परियोजना आगामी केही महिनामा सुरु हुनेछ
...
...
एसएलसी पास भएपछि पहिलोचोटी काठमाडौ आएका
उनलाई यो सहर कत्रो भव्य लागेको थियो तर संसारभरिका ठूला सहर घुमेपछि उनलाई
अहिले लाग्छ काठमाडौं त सानै पो छ
...
जागिर निरन्तर गरेको भए उनी सडकको महानिर्देशक÷सचिव पनि हुनसक्थे, तर जागिरको तीन वर्षपछि काठमाडौं आउँदाको एउटा कार्यक्रमले उनको बाटो अन्यत्रै मोडियो, उनले भएको जायजेथा वेचे, एमबिए पढ्न मेलवर्नका लागि उडे
...

धनाढ्य अष्ट्रेलियनको सूचीमा शेष घले यो वर्ष १८० औं स्थानमा छन् ।
अष्ट्रेलिया सरकारले प्रत्येक वर्ष मार्च–अप्रिलमा ५० मिलियन अष्ट्रेलियन
डलरभन्दा बढी सम्पत्ति हुनेको खोजी गरेर सूची सार्वजनिक गर्छ । सरकारी
अभिलेखमा लमजुङको नाङी गाउँमा जन्मिएर संघर्ष गर्दै त्यहाँ पुगेका घलेसँग
२६५ मिलियन अष्ट्रेलियन डलर (झण्डै २४ अर्ब नेपाली रुपैयाँ) बरावरको
सम्पत्ति छ । गत साता मेलवर्नबाट काठमाडौं उत्रिएको बेला उनले आफ्नो
संघर्षको कथा सुनाए ।...
जागिर निरन्तर गरेको भए उनी सडकको महानिर्देशक÷सचिव पनि हुनसक्थे, तर जागिरको तीन वर्षपछि काठमाडौं आउँदाको एउटा कार्यक्रमले उनको बाटो अन्यत्रै मोडियो, उनले भएको जायजेथा वेचे, एमबिए पढ्न मेलवर्नका लागि उडे
...

मेलबर्नको चौकाचौधमा पनि उनले रमाइलो घले वस्ती नाङी बिर्सेका छैनन् । बर्सेनि धनाढ्य अष्ट्रेलियनमा सूचीकृत हुँदा पनि गाउँबेसी, रोपाई, भेंडीगोठका कुरा ताजै छन् । लमजुङको रमाइलो घले वस्तीमा २०१४ सालमा सामान्य किसान परिवारमा उनी जन्मिए ।
दुई छोरामा जेठो उनी, एक दिदी दुई बहिनी । ‘बुवा पात्रोसम्म हेर्न सक्ने साक्षर तर शिक्षामा एकदम सचेत,’ उनी भन्छन्, ‘छोराछोरीलाई पढ्न प्रेरित गर्ने ।’ ४० घर धूरीको सानो गाउँमा रहेको प्राइमरी स्कुलमा ७ वर्षको उमेरमा भर्ना भएका थिए । बज्यै (हजुरआमा) उनलाई डो¥याउदै स्कुल लिएर जान्थिन । बज्यै फर्केपछि उनी फर्किन्थे । ‘बज्यै लट्ठी टेक्दै घरतिर फर्किदा म उहाँले नदेख्ने गरी पछिपछि फर्किरहेको हुन्थें,’ उनी सम्झिन्छन् । एकदिन घरमा यो कुरा थाहा भयो । अब बज्यै, नातिको कक्षा नसिद्धिउन्जेल स्कुलमै धर्ना कस्न थाल्नु भयो । अनि उनको पढ्ने बानी बस्यो । बानी पर्न मात्र गाह्रो भएको थियो, परेपछि उनी पढाईमा रत्तिए । कक्षामा फस्र्ट, सेकेण्ड हुन थाले ।
गाउँको प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरेपछि मिडिल स्कुल पढ्न टाढा जानुपथ्र्यो । तर सानै भएकाले आमा उनलाई टाढा पठाउन तयार हुनु भएन । तर एक वर्ष घरमै शिक्षक राखेर पढाईलाई निरन्तरता दिइयो । त्यसपछि सात कक्षा पढ्न टाढाको दूराडाँडा जाने भए । दूराडाँडा जान घर छाडेको दिन उनी अहिलेपनि घरीघरी सम्झिन्छन् । ‘कतै नगएको म घर छाडेर टाढा जान पर्दा ग्वाँ–ग्वाँ रोएको थिएँ,’ उनी सम्झिन्छन्, ‘घर देखुन्जेल फर्कि फर्कि हेर्दै दूराडाँडातिर लागियो ।’ घले नै घलेले बनेको उनको गाउँ । आफ्नै भाषा र संस्कृति । बाहुनबहुल मिश्रीत वस्तीको दूराडाँडामा सुरुमा ‘एडजस्ट’ हुन गाह्रो प¥यो उनलाई । दूराडाँडामा उनी भर्ना भएको स्कुल २००९ सालमै हाइस्कुल भइसकेको थियो । गाउँमा एमए पास गरेका एक से एक थिए । उनी नेपाली पनि प्रष्ट बोल्न नजान्ने । ‘विदेश नगएको नेपाली एकैचोटी विकसित देशमा पुगे जस्तो भएको थियो,’ उनी भन्छन् । क्रमशः घुलमिल हुदै गएँ, नेपाली भाषमा पकड दह्रो हुदै गयो । संस्कृति बुझ्दै गएँ । पढाईमा उनी सुरुदेखि नै राम्रा थिए । तर उनीभन्दा अव्वल साथीहरु पनि थिए । तर ति गाउँतिरै हराए÷बरालिए ।
‘तिनको बुवाआमा मेरा जस्तै पढाईमा सचेत भइदिएका भए धेरै उन्नती गर्ने थिए भन्ने उनलाई लाग्छ । दूराडाँडामा शेषसहित ४÷५ जना डेरा लिएर बस्थे । खानको लागि चामल, दाल, नून, तेल घरबाटै आउथ्यो । आफै पकाएर खानुपथ्र्यो । वर्षा, जाडोको छुट्टीमा एकदिन पुरै हिंडेर घर आउँथे । वर्षे छुट्टीमा रोपाईमा सघाउँथे । रोपाई पहाडको गाउँको जीवन शैली अन्यत्रभन्दा फरक खालको हुन्छ । डाँडामा घर हुन्छ, बेसीमा खेती । वर्षा लागेपछि रोपाई गर्न सबैजना खेतमा जान्छन् । गोठमै बसोवास हुन्छ । भदौ लागेपछि गाउँ फर्किने तिहारपछि फेरी बेसी जाडोमा न्यानो हुने भएकाले बेसीमा बास । गर्मी सुरु भएपछि गाउँ अनि वर्षायाममा फेरी बेसी । वर्षायाममा छुट्टी हुने भएकाले दुई महिनाजति रोपाईमा व्यस्त हुन्थे । अरु बेलामा घाँस दाउरा गर्न स्वेच्छिक थियो । मन लागे गयो, नलागे कर हुन्नथ्यो । बाल्यकालमा गाउँमा यस्तै ढुंगा हानेर खेल्थे । ‘गुच्चा पनि बजार नजिकका भुराभुरीले मात्र खेल्न पाउँथे,’ उनी भन्दै थिए, ‘हाम्रो गाउँतिर गुच्चा किन्न पाइन्थेन ।’ तर अलि ठूलो भएपछि भलिबल खेलेको उनलाई याद छ ।
२०३० सालमा दूराडाँडाबाट एसएलसी दिनेमा उनी पनि थिए । स्कुल राम्रो भएपनि फस्र्ट डिभिजन कसैले ल्याउन सकेको थिएन । तर त्यही वर्ष उनीसहित तीनजनाले फस्र्ट डिभिजनमा पास गर्दा जिल्लामै हल्लीखल्ली भएको थियो । तर एसएलसी पास भएकै वर्ष कलेज जान पाएनन्, छिमेकी गाउँमा पढाउन थाले । सानैमा घर छाडेर पढ्न गएकाले आफ्नो संस्कृतिका कुरा धेरै थाहा थिएन । ‘मैंले एक वर्ष गाउमा पढाउँदा रोदीघर लगायतका आफना संस्कृति बुझने मौका पाएँ,’ अहिले सम्झिदा उनलाई त्यो एक वर्ष खेर गएन, बरु उपलब्धीमुलक भयो भन्ने लाग्छ । स्कुलमा नाटक गर्ने, कविता गीत रचना गर्ने जस्ता सिर्जनात्मक काममा पनि उत्तिकै सक्रिय थिए । तर उनीसँगै फस्र्ट डिभिजनमा पास भएका दुई साथी कलेज पढ्न सहर गइसकेका थिए । यसैले उनी पनि अर्को वर्ष पढ्न काठमाडौं हान्निए ।
एसएलसी पास भएपछि पहिलोचोटी काठमाडौ आएका उनलाई यो सहर कत्रो भव्य लागेको थियो तर संसारभरिका ठूला सहर घुमेपछि उनलाई अहिले लाग्छ काठमाडौं त सानै पो छ । पढ्नमा अव्वल उनले पुल्चोक इन्जिनियरिङमा नाम निकाले । कलेजमा पनि छात्रवृत्ति भेटाएपछि होस्टेलमा बस्न पाए । त्यतिबेला तत्कालिन सोभियत संघमा इन्जिनियरिङ पढ्ने मौका पाइन्थ्यो । सोभियत संघमा इन्जिनियरिङलाई अर्जुन दृष्टि बनाएर उनी मेहनत गर्न थाले । प्रमाणपत्र पास गरेपछि लामोसाँघु–जिरी सडक निर्माण परियोजनामा एक वर्ष जागिर खाएका थिए, उनले । २० वर्षकै उमेरमा छिमेकी गाउँकी जमुनासँग विहे भयो

छात्रवृत्ति पाएपछि १९७९ मा उनी तत्कालिन सोभियत संघ पुगेका थिए । पढ्दा पढ्दै दूर्घटनामा खुट्टा भाँच्चिएर १८ महिना अस्पतालमा गुजार्न परेपछि उनलाई इन्जिनियरिङ सिध्याउन ७ वर्षभन्दा बढी लाग्यो । ‘खुट्टा ठिक नभएको देख्दा खुट्टा काटिन्छ कि जस्तो लाग्थ्यो,’ उनी भन्छन्, ‘डिप्रेसनपनि भएको थियो ।’ हाइवे इन्जिनियर बनेर १९८७ मा स्वदेश फिरेका उनले दार्चुला–बैतडी सडक परियोजनामा जागिर पाइहाले । सबै कुरा ठिकठाक चलिरहेको थियो । जागिर निरन्तर गरेको भए उनी सडकको महानिर्देशक÷सचिव पनि हुनसक्थे । तर जागिरको तीन वर्षपछि काठमाडौं आउँदाको एउटा कार्यक्रमले उनको बाटो अन्यत्रै मोडियो । एभरेष्ट होटलमा एजुकेशन फेयर हेर्न उनी गएका थिए । अष्ट्रेलियामा पढ्न आकर्षित गर्न फेयर गरिएको थियो । मेलबर्नको ठूलो तस्वीर टाँगिएको थियो । जोडेको जग्गा जमिन बेचेर उनले मेलवर्न जान आवेदन गरे ।
मेलबर्नमा उनी साताको सातै दिन काम गर्थे, कलेजमा पनि नियमित विद्यार्थी थिए । एमबिए गरेपछि अलि राम्रै काम पाए । तैपनि उनी थप कमाईका लागि फलफूल टिप्न टाढासम्म पुग्थे । सन १९९५ मा अष्ट्रेलिया सरकारले त्यहाँ पढेका विद्यार्थीहरुलाई परमानेन्ट रेसिडेन्ट दिने योजना ल्यायो । उनी सजिलै पिआर भइहाले । दिनरात मेहनत गरिरहेका उनले सन २००२ मा बन्द भएको कलेज किनेपछि सफल व्यवसायीको सिंढी उक्लिन थालेको उनी बताउँछन ।
जुन कलेजमा अहिले साढे दुई हजार विद्यार्थी पढ्छन । शिक्षाको व्यवसायबाट आर्जित सम्पत्ति रियलस्टेटमा लगानी गर्न थालेपछि उनले कमाईमा अहिलेको उचाई भेट्टाएका हुन् । विदेश बसे पनि, सम्पत्ती आर्जन गरे पनि फेरी माया त जन्म दिने देशकै लाग्छ । त्यसैले त उनले यसै वर्ष विश्वव्यापी चेन सेराटनसँग काठमाडौंमा पाँच तारे होटल खोल्न सम्झौता गरे, उनको सात अर्ब लगानी हुने यो परियोजना आगामी केही महिनामा सुरु हुनेछ । त्यसबाहेक उनी समाजसेवामा पनि छन्, जहाँबाट उनले देशलाई सम्झिरहेका छन् ।