२६ तलाको अजंगको घर । निकै सुन्दर त्यो महलको उचाइँ त्यत्तिमा मात्र सिमित छैन । घरको छतमा मनमोहक तथा अनौठो पहाड पनि छ ।
घरको छतमा पहाड ? सुन्दै अपत्यारिलो
लाग्ने । पहाडको काखमा घर त हुने कुरा भयो । तर घरको छतमा पहाड कसरी हुन्छ ?
आखिर मान्छेले आँट्यो भने हुँदोरहेछ ।
चीनमा एक जना प्राध्यापकले घरको छतमा पहाड
बनाएका छन् । बेइजिङमा रहेको एक २६ तले अपार्टमेन्टको छतमा झांग लिनले
स्प्नील पहाड खडा गरेका छन् ।
६ वर्ष लगाएर कैयौँ टन चट्टान छतमा ओसारेर
उनले कलात्मक तथा देख्दै असम्भव लाग्ने पहाड तयार पारेका हुन् । छतमाथिको
त्यो पहाड निकै मनमोहक छ । त्यसमा पौडी पोखरी, बगैचा लगायतका धेरै संरचना
बनाइएका छन् । त्यो साँच्चीकै कुनै चट्टानी पहाड जस्तो देखिन्छ ।
उक्त २६ तले भवनको माथिल्लो अपार्टमेन्ट
किनेका ती प्रोफेसरले छतमा पहाड खडा गरेपछि त्यो घरको अरु तलामा बस्नेहरु
भयभित बनेका छन् । छतको पहाडका कारण घर भत्किन सक्ने भन्दै उनीहरु चिन्तित
छन् । साथै पहाड बनाउने नाममा प्राध्यापकले निकै डिस्टर्ब गरेको पनि
उनीहरुको अनुभुति छ । अरु छिमेकीलाई पनि छतमा पहाड बनाउने काम चित्त बुझेको
छैन ।
तर त्यो छतमाथिको पहाड अब धेरै समय रहने
छैन । स्थानीय प्रशासनले त्यो पहाडको निर्माण अवैधानिक भएको भन्दै त्यसलाई
भत्काउन निर्देशन दिएको छ ।