दाह्री जुँगा नियमित सफाचट पार्ने
मानिसलाई अलिकति दाह्री बढ्यो भने त कस्तो अप्ठेरो हुन्छ । तर अनुहारभरि
मौरीले ढाक्दा पनि यी तन्नेरीहरु ङच्िच हाँसिरहेका छन् । अनुहार मात्र होइन
जिउ नै मौरीको घार जस्तो भैसक्दा पनि उनीहरु झनै उत्साहित छन्, डराएका
छैनन् ।
क्यानडाको ओन्टारियोमा भएको क्लोभरमेड
मौरी दाह्री प्रतियोगितामा यो पटक तँ भन्दा म के कम ? भन्दै साहसी
तन्नेरीहरुले जिउभरी हजारौँ मौरी राखेर सबैलाई तर्साए । उनीहरुले मौरीले
ढाकेको अनुहार र जिउ त देखाए नै मौरीघार जस्तो अनुहार सहित क्याटवाक पनि
गरे ।
आफ्नो जिउमा मौरीलाई बसाउनका लागि
प्रतियोगीहरुले घाँटीमा रानी मौरी सहितको एक बाकस भिरेका थिए । रानी मौरीकै
कारण अरु कर्मी मौरी तथा भालेे मौरी ओरिएका थिए । मौरीको संख्या बढ्न नदिन
र जिउमा मिलाएर बसाल्नका लागि मौरी विज्ञहरु त्यहाँ खटिएका थिए । मौरीले
नटोकुन् भन्नका लागि मौरीलाई पहिले नै प्रसस्तै चिनी खुवाइएको थियो । साथै
मौरीहरुलाई धुवाँले लट्ठाइएको पनि थियो ।
यो पटकको मौरी दाह्री प्रतियोगिताको उपाधि
जस्टिन हिम्स्ट्राले जिते । उनले आफ्नो जिउमा सबैभन्दा धेरै मौरी
अठ्याएनन् मात्र मौरीबाट कलात्मक दाह्री समेत बनाए ।