Thursday, August 15, 2013

बैंकहरुले गरे १८ अर्ब ४२ करोड नाफा, दुई बैंकको नाफा घट्यो, ६ बैंकको अर्ब नाघ्यो (तालिकासहित) - bizmandu

बाणिज्य बैंकहरुले ४० प्रतिशतले नाफा बढाएका छन् । ३१ वटा बैंकमध्ये गत आर्थिक बर्षको वित्तीय विवरण प्रकाशित गरेका २८ बाणिज्य बैंकको नाफा ४० प्रतिशतले बढेको हो । हिमालयन, किष्ट र नेपाल बैंक लिमिटेडबाहेक सबै बैंकले वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।

वाणिज्य बैंकहरुले १८ अर्ब ४२ करोड ६१ हजार रुपैयाँ नाफा गरेका छन् । अघिल्लो बर्ष २८ बाणिज्य बैंकले १३ अर्ब ८ करोड नाफा गरेका थिए । वित्तीय विवरण प्रकाशित गरेका बैंकमध्ये दुई बाणिज्य बैंकले नाफा दुई अर्ब कटाएका छन् । कृषि विकास बैंक र नबिल बैंकले नाफा दुई अर्ब कटाएका हुन् । एक अर्ब नाफा ६ बैंकले कटाएका छन् । गत बर्ष एक अर्ब नाफा कटाएको हिमालयन बैंकले अहिलेसम्म वित्तीय विवरण प्रकाशित गरिसकेको छैन ।
अर्ब कटाउनेमा नबिल र कृषि विकास बैंकसहित नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट, स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय बाणिज्य बैंक छन् । दुई बाणिज्य बैंकको नाफा घटेको छ । लुम्बिनी बैंक र नेपाल बंगलादेश बैंकको नाफा घटेको हो ।  नयाँ आएका मेगा, सेन्चुरी, कमर्ज, जनता र सिभिल बैंकले नाफा बृद्धि गरेका छन् । यि बैंकको निक्षेप र कर्जा पनि विस्तार भएको छ ।

Banks (000) Net profit % eps (Rs) pe (Times) psn (Rs)
2069-70 2068-69
Citizens 399608 224794 77.77 19.01 14.04 126.98
Sanima 304950 121770 150.43 15.13 17.19 120.76
NCC 370896 177621 108.81 25.23 8.84 156.03
Globle IME 552487 265316 108.24 22.84 19.29 138.48
Sunrise 319189 111194 187.06 15.84 14.58 122.2
Kumari 291548 275505 5.82 18.18 14.3 166.39
Prime 479790 269449 78.06 20.5 15.8 131.2
Grand 200534 182773 9.72 10.03 17.55 118.06
NMB  360394 55452 549.92 18.02 13.98 131.2
Nabil 2223323 1696276 31.07 91.24 19.89 314
Siddhartha 490488 330456 48.43 30.29 9.9 165.12
Investment 1992603 1039276 91.73 52.85 14.83 213.49
Everest 1471117 1090565 34.89 91.88 17.32 342.06
Nepal SBI 775990 480106 61.63 32.94 25.8 168.67
Machhapuchre 148045 38213 287.42 5.97 33.99 112.8
Commerz 58620 15186 286.01 2.93 7.77 104.86
Mega 177377 71868 146.81 7.61   114.24
ADBN 2259947 1839925 22.83 58.55 3.62 267.88
NIC Asia 619986 391779 58.25 26.82 20.66 210.09
SCBN 1217941 1168968 4.19 65.7 27.7 289.07
BOK 617090 607662 1.55 36.64 15.09 196.93
Lumbini 149530 193464 -22.71 9.34 21.42 136.3
NB 590729 809470 -27.02 29.4 10.2 176
RBB 1517531 1184485 28.12      
Century 67661 2994 2159.89 6.26 0 0
Civil 121264 27235 345.25 7.56 19.7 107.55
Janta 197334 57262 244.62 9.87 17.03 112.89
Laxmi 450205 356390 26.32 26.74 11.56 162.39
Total Profit 18426177 13085454 40.81      



बैकहरुले गत बर्षको सुरुवातदेखि नै उच्च नाफा आर्जन गर्दै आएका छन् । गत बर्षको असोज मसान्तमा बैंकको नाफा ४१ प्रतिशतले बढेको थियो । दोस्रो त्रैमास अर्थात पुस मसान्तमा नाफा ५० प्रतिशत र तेस्रो त्रैमास चैत मसान्तमा नाफा ४५ प्रतिशतले बढेको थियो । बैंकहरुको नाफा बढेका कारण यसपाली लाभांस पनि बढ्ने सम्भावना छ । आठ वाणिज्य बैंकले पुँजी बृद्धि गर्नु पर्ने कारणले गर्दा  वोनस सेयर अनिवार्य रुपमा जारी गर्नु पर्ने हुन्छ ।